इटहरी । सुनसरीको बर्जू  गाउँपालिका वडा नं १ वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बिच वडा नं  १ र २ का करिब २५०   विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । पछिल्लो केही दिन देखि तराईमा चलेको शीत लहर सँगै चिसो अत्यधिक बढेपछि  फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, बर्जू  गाउँपालिका वडा नं १ र स्वर्गीय  मुक्तिनाथ घिमिरे तथा स्वर्गीय रोमन घिमिरेको स्मृतिमा बर्जू  ५ निवासी गोविन्द प्रसाद घिमिरेको संयुक्त आयोजनामा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको हो ।  कार्यक्रम सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सङ्घीय सांसद तथा पूर्व महिला बालबालिका ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो भने  अतिथि बर्जू गाउँपालिका अध्यक्ष जिवछ राय, १ नं  वडा अध्यक्ष दिलकुमार गुरुङ लगायतको उपस्थिति रहेको थियो ।