इटहरी । धनकुटाको विभिन्न स्थानबाट नियन्त्रण गरीएको करिब १ सय ५० किलोग्राम भन्दा बढी अवैध लागूऔषध गाँजा प्रहरीले नष्ट गरेको छ । धनकुटा नगरपालिका–९ मुलघाट स्थिती तमोर नदि किनारमा उक्त अवैध लागूऔषध गाँजा नष्ट गरको हो । धनकुटाको साँगुरीगढी गाउँपालिकाको विभिन्न स्थानबाट प्रहरीले गाँजा बरामत गरेको थियो । साँगुरीगढी गाउँपालिका वडा नं.–६ भेडेटार र वडा नं.–९ चादीबजारबाट विक्रिका लागि लौजादै गरेको गाँजा नियन्त्रणमा लिएको उक्त अवैध लागूऔषध गाँजा जलाएर नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक सुमन खड्काले बताउनु भयो । उहाँले धनकुटाको साँगुरीगढी गाउँपालिकाबाट नियन्त्रणमा लिएको करिब १ सय ५२ केजी गाँजा जलाएर नष्ट गरीएको बताउनु भयो । धनकुटाको विभिन्न स्थानमा अवैध रुपमा लगाउँदै आएको गाँजा नष्ट समेत गरेको र जिल्लाका विभिन्न स्थानबाट सवारी साधनमा राखी विक्रिका लागि लैजादै गर्दा पक्राउ गरीदै आएको प्रहरीले जनाएको छ ।