इटहरी  । सघं संस्थाहरुमा सहि नेतृत्व नहुदा पछिल्लो समय विवाद बढ्दै गएको कोशी प्रदेशका राज्य मन्त्री श्रृजना राइले बताउनु भएको छ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नम्बर  १२ स्थित  – नेपाल रेडक्रस सोसाइटी, खनार उपशाखाको २१ औ वार्षिक साधारण सभाको उदघाटन गर्नु हुदै प्रमुख अतिथि तथा राज्यमन्त्री राइले सो कुरा बताउनु भएको हो । कोशी प्रदेशको विभिन्न जिल्लाहरुमा रहेको संघ संस्था सहि नेतृत्व गर्ने व्यत्तिहरुको हातमा जानु पर्ने उहाँले बताउनु भयो । यस्ता संस्थाहरुको आर्थिक पारदर्सितमा समेत चनाखो हुनु पर्ने उहाँले बताउनु भयो । शनिबार भएको वार्षिक साधारण सभामा संगठनका विगत वर्षका गतिविधिहरूको समीक्षा, साथै, सभाले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेको थियो । उदघाटन कार्यक्रममा प्रदेश सभासद रोेहित वहादुर कार्र्की,उपशाखाका सभापती सुर्य नारायण चौधरी लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु,जनप्रतिनिधि तथा रेडक्रस कर्मिहरुले मनतव्य राखेका थिए । वार्षिक सधारण सभा सगैं नया नेतृत्वको चयन समेत गरिनेभएको छ । रत्तदान,विपद व्यवस्थापन तथा दैविक प्रकोपमा रेडक्रसले विषेश भुमिका निर्वाह गर्दै आएको छ ।