मिलन अधिकारी 

संखुवासभा / नेपाल महिला स्वस्थ्य स्वयं सेविका  संघ मादी र मादी नगरपालीकाको संयुक्त आयोजनामा  महिलामा लगानी सभ्य र समुन्नत समाजको थालानी भन्ने मुल नारालाई आत्मसात गर्दै, फागुन २४ र २५ गते मादी नगरपालीकाको कवर्डहलमा २ दिवशीय “नमुना महिला नगरसभा अभ्यास“  गरिएको हो । 

कार्यक्रमको  दोस्रो दिनको सुरुवाती चरणमा प्रभातफेरी कार्यक्रम समेत गरिएको थियो । महिलाहरुलाई लोकतान्त्रिक पद्धति अनुसार नगर सभा संचालन गर्न गराउन र संसदिय अभ्यासको बारेमा  ज्ञान   दिने उद्देश्यले २ दिने नमुना नगर सभा कार्यक्रमको प्रशिक्षण सन्ध्या लिंथेपले गर्नु भएको थियो ।  संखुवासभा जिल्ला मै पहिलो पटक  नमुना नगर सभा अभ्यास गरिएको हो ।

महिलाहरुलाई लोकतान्त्रिक पद्धति अनुसार नगर सभा संचालन गर्न गराउन र संसदिय अभ्यासको बारेमा  ज्ञान   दिने उद्देश्यले २ दिने नमुना नगर सभा कार्यक्रमको प्रशिक्षण सन्ध्या लिंथेपले गर्नु भएको थियो ।  संखुवासभा जिल्ला मै पहिलो पटक  नमुना नगर सभा अभ्यास गरिएको हो ।

कार्यक्रमको उद्घाटन सत्र“मादी नगरलाई भैतिक विकास मात्र नभै सामाजिक विकास सगै, चेतना विकास गराउनु मादी नगरको दायीत्व हो “ महिला नेतृत्व बिकास मादी नगरको आवश्यकता रहेको मादी नगर प्रमुख जीवन लिंथेपले बताउनु भयो । मादी नगरपालीकाका सम्पूर्ण भूगोलबाट समन्वय गरेर नमूना नगरसभामा महिलाहरुको सहभागीता रहेको थियो ।

मादी नगरपालीकाका महिला मात्र नभै देशै भरीका महिलाहरु नेतृत्वमा आउनु पर्ने मादी नगरपालीका उपप्रमुख सुनिता देवि दाहाल भट्टराईले  बताउनु भयो । कार्यक्रमको अध्यक्षता नेपाल महिला स्वस्थ्य स्वयं सेविका मादीनगर  उपाध्यक्ष  देवी कुमारी गुरुङको रहेको थियो भने प्रमुख अतिथि मादी नगरउपप्रमुख सुनिता देवि दाहाल भट्टराई रहनुभएको थियो ।

अतिथि मादी नगरपालीकाका प्रशासकिय प्रमुख जितमान जीमी,  मादी नगरपालीकाका कार्यपालीका सदस्यहरु, नगरसभा सदस्यहरु, नेपाल महिला स्वस्थ्य स्वयं सेविका मादीनगर  पदाधिकारी, मादी नगरपालीकाका कर्मचारी, मादी नगरपालीकाका ९ वटै वडाका प्रशिक्षकहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न गरिएको हो ।1709901909359