सुनसरी / हिसान जिल्ला सुनसरीको छैटौं औँ अधिवेशन कार्यक्रम गरिएको छ ।
प्रत्यक वर्ष विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को छैटौं औँ सुनसरी जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
हिसानका केन्द्रीय अध्यक्ष रमेश शिलवालको प्रमुखको आथित्यता तथा हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे ।
हिसान सुनसरीले नयाँ कार्यसमिति बनाएर शिक्षामा जोड दिएर अगाडि बढाउन हिसानका केन्द्रीय अध्यक्ष रमेश शिलवालले सुझाव दिए ।
हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईले हिसानले सुनसरीमा शिक्षा काम गर्दै आएकाले अबको नयाँ कार्य समितिले शिक्षालाई जोड दिन अनुरोध गरे ।
“गुणस्तरीय शिक्षा विकाशको अभियान, हिसान सुनसरीको पहिचान” भन्ने मूल नाराका साथ उक्त अधिवेशन सम्पन्न भएको थियो । हिसान सुनसरीले नयाँ कार्यसमिति बनाउने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड विराटनगरका प्रमुख जीवन गड्तौला ,हिसानका केन्द्रीय उपाध्यक्ष युवराज शर्मा , हिसान कोशी प्रदेश बरिष्ठ उपाध्यक्ष गणेश दुलाल , हिसान सुनसरीका संस्थापक अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष लेखनाथ घिमिरे ,हिसान सुनसरीका सचिव हेमन्त भण्डारी ,हिसान सुनसरीका वरिष्ठ उपाध्यक्ष पेशल पोखरेल , हिसानका सदस्य अर्जुन प्रसाद न्यौपाने, मुक्तिराज सुबेदी, बिशाल कार्की, रितेश चौधरी, अनिल श्रेष्ठ शान्तिराम गौतम, सुवास लुईटेल, फडिन्द्र थापा, करन चेम्जोंग र केशव भट्टराई लगाएत हिसानका विभिन्न जिल्लाका प्रतिनिधिहरूको सहभागीता रहेको थियोे ।


