सुनसरी / सुनसरीको इटहरी वडा नम्बर ८ मा रहेको कस्तुरी सेकेन्डरी स्कुलले आफ्नो १७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ ।
बिहीबारदेखि एक कार्यक्रमबीच विद्यालयले आफ्नो अभिभाक दिवसमा अभिभावकको छत्रछायाँमा हुर्किएका छोराछोरीहरुले विभिन्न जात जातिका नृत्य , नाटक साथै गायन प्रस्तुति देखाइएका थिए ।
इटहरी उपमहानगरपालिकाकि उप प्रमुख संगिता कुमारी चौधरीको प्रमुखको आथित्यता तथा कस्तुरी सेकेन्डरी स्कुलका अध्यक्ष प्रेम प्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे ।
सोही कार्यक्रममा विद्यार्थीहरु शैक्षिक , विज्ञान प्रविधिका सामाग्रीहरु वनाएर प्रर्दशनीमा राखेका थिए । सामाजिक तथा पत्रकारीता क्षेत्रमा योगदान पुर्याउने पत्रकार सुमन पुरी , दिपक कार्की र साहित्यकार टीका आर्त्रय , गायक तथा संगितकार सत्यनारायण चौधरी र महिला राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक श्याम मानन्धरलाई सम्मान गरिएको थियोे ।
नियमित पढाइका सँगै अतिरिक्त विभिन्न क्रियाकलापले गर्दा विद्यार्थीमा भएका प्रतिभा प्रष्फुटित हुने अवसर मिल्ने कस्तुरी सेकेन्डरी स्कुलका प्रधानाध्यापक भूपेन्द्र न्यौपानेले बताए ।
नगरले शिक्षालाई जोड दिएर अगाडि बढेका संस्थागत र सामुदायिक विद्यालयलाई समान व्यवहार गर्दै अगाडि बढ्ने इटहरी उपमहानगरपालिकाकि उप प्रमुख संगिता कुमारी चौधरीले बताइन् । अभिभावकहरू भेला गराए आयोजना गरिएको कार्यक्रमले विद्यार्थीको क्षमता देख्न सकिने उनले बताइन् ।
विद्यालयमा पढाइ मात्र नभएर विद्यार्थीहरूलाई मनोरञ्जन दिन सांस्कृतिक नृत्य र विद्यार्थीको प्रस्तुति देखाउन कार्यक्रम आयोजना गरिएको कस्तुरी सेकेन्डरी स्कुलका अध्यक्ष प्रेम प्रसाद न्यौपानेले बताए । स्कुलले यस्तो कार्यक्रम गर्दा विद्यार्थीहरूलाइ पढाइ सँगै आफ्नो नाचगानमा महत्त्वपूर्ण भुमिका खेल्ने उनले बताए ।
विद्यार्थीहरूबीच पारिवारिक सम्बन्ध सुमधुर बनाउन पनि उक्त कार्यक्रमले सहयोग पुग्ने कस्तुरी कलेजका प्रधानध्याकक कमलेश शर्मा पौडेलले बताए ।
सो कार्यक्रममा नागरिक समाज इटहरीकी अध्यक्ष बालिका खड्का भट्टराई ,इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्की, जनता बहुमुखी क्याम्पस इटहरीका सहायक क्याम्पस प्रमुख टोलनाथ काफ्ले , विद्यालयका शिक्षक , विद्यार्थी ,अभिभावक स्थानीय टोल विकास संस्थाका प्रतिधिनि लगाएतको सहभागीता रहेको थियोे ।
विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याउनुमा विद्यार्थीसँगै अभिभावक, शिक्षक र संस्थापकहरूको भूमिका पनि उत्तिकै रहेको छ । गरिब, दलित, जेहेन्दार, पिछडिएको वर्ग, दुर्गम क्षेत्र, असहाय लगायतका छात्र छात्राहरूलाई पूर्णदेखि आंशिक छात्रवृत्तिको समेत व्यवस्था गरिएको न्यौपानेले बताए ।
विभिन्न समयमा हुने खेलकुद प्रतियोगितामा सहभागी भएर कलेजका विद्यार्थीले सफलता हासिल गरेका छन् । यस्तै, सांस्कृतिक र अन्य कार्यक्रममा पनि स्कुलका विद्यार्थीहरुले सहभागिता जनाउने गरेका छन् ।


