सुनसरी / इटहरीको सरस्वती माध्यमिक विद्यालय विद्यार्थीको आकर्षण र अभिभावको रोजाइ परेको छ ।

२०२६ सालदेखि स्थापना भएको इटहरी - ३ स्थित सरस्वती माध्यमिक विद्यालयमा  मनोरञ्जनका लागि खेल प्रायप्त मात्रमा खेल मैदान , दक्ष तालिम प्राप्तकर्मचारी, भौतिक गुणस्तर, विज्ञान शाला , सभा हल, खानेपानीको व्यवस्थापन, उत्कृष्ट विद्यार्थीलाई प्रोत्सान, अतिरिक्त क्रियाकला, दुई तले दुई वटा भवन भएको विद्यालयमा नर्सरी देखि १२ कक्षा सम्म सञ्चालन रहेको छ ।

७ सय ६५ जना बढी अध्ययनत विद्यालयलाई वडा कार्यलय ,विद्यालय व्यवस्थापन समिति , विद्यालय प्रशासनले सबै कक्षामा विद्यार्थीलाई अङ्ग्रेजी माध्यमद्वारा विद्यार्थीहरू पढ्दै आएका छन् ।

विद्यालयमा नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट शिक्षण सिकाइ हुने भएकाले दक्ष तालिम प्राप्त कर्मचारी, विद्यार्थीहरुलाई  छात्रावृत्ति प्रदान , विभिन्न संघ गठन गरि विद्यार्थीलाई शिक्षामा जोड दिदै आएको विद्यालयका प्रधानध्यापक लेखनाथ भट्टराईले बताउनु भयो ।

विद्यालयमा विद्यार्थीलाई पढ्न भौतिक पुर्वाधार ,  अतिरिक्त क्रियाकल ,कक्षा कोठा व्यवस्थित स्थल देखि विद्यालयमा कक्षा १ देखि १२ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रूद्र बहादुर कठेतले बताउनुभयो ।

विद्यालयको शैक्षिक गुणस्तरका लागि वडाले आवश्यक बजेट र सहयोग गर्ने इटहरी ३ का वडा अध्यक्ष उमेश सुवेदीले बताउनुभयो । वडा र नगरकै उत्कृष्ट विद्यालय बनाउने योजना रहेको उहाँको भनाइ छ । 

विद्यालयलाइ एउटा राम्रो ढंगले सञ्चालन गरेर विद्यार्थीहरू पढ्ने सक्ने वातावरण बनाएर अगाडि बढ्ने विद्यालयको योजना रहेको छ । गरिब, दलित, जेहेन्दार, पिछडिएको वर्ग, दुर्गम क्षेत्र, असहाय लगायतका छात्र छात्राहरूलाई पूर्णदेखि आंशिक छात्रवृत्तिको समेत व्यवस्था गरिएको  छ ।

विद्यार्थीहरूलाई छात्रवृत्ति दिलाउन सफल इटहरीकै सुन्दर सान्त वातावरणमा सन्चालित  विद्यालयमा अध्ययन सँगसँगै आफु भित्रको प्रतिभालाई अतिरिक्त क्रियाकलाप तथा शैक्षणिक क्रियाकलापका माध्यमबाट बाहिर ल्याउन विशेष प्रोत्साहन गरिरहेको छ। 

नेपाल सरकार शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा मिति २०७९ मा कार्य सम्पादन परीक्षण भई इटहरी उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरु मध्य व्यवस्थापकीय शैक्षिक सुधारमा उत्कृष्ट नतीजा ल्याएर पुरस्कृत प्राप्त भएको हो । 

सफल तथा देशकै आवश्यक मानिएको छोरी बुहारी शिक्षा अभियान ल्याएर समाजको मन जित्न सफल, पारिवारिक वातारवरण भएको अनुशासित रुपमा पठनपाठन गराउने  विद्यार्थीहरुलाई  छात्रावृत्ति प्रदान गराउने लगायतले अभिभावकहरुलाई सहज वनाउने देखि लिएर उत्कृष्ट पठन पाठन गराउने गरेको प्रधानध्यापक भट्टराईले बताए ।

विद्यालयले ५ बर्से योजना परिमार्जन गरेको छ ।विद्यालयका विद्यार्थीको शैक्षिक भविष्य सुनिश्चित गर्नका लागि दैनिक शिक्षण सिकाए बाहेक बिहान बेलुका ८ कक्षा र १० कक्षा अतिरिक्त कक्षा सञ्चालन गराउदै आएको प्रधानध्यापक भट्टराईले बताए । विद्यालयमा समय समय अभिभावक भेला समेत  हुने गरेको उहाँले बताउनु भयो । विद्यालयका जम्मा ४१ जना शिक्षक कर्मचारी रहेका छन् । विज्ञान शाला कक्षमा पढाइ अनुसार शिक्षकले विज्ञानको प्रयोग गराउने विद्यार्थीले बताउछन् । 

शिक्षक कर्मचारी , विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, ,आमा समूह , जनप्रतिनिधिहरूको सहयोगमा विद्यार्थीहरूलाई उच्च शिक्षा दिएर गुणस्तर शिक्षा दिने योजना रहेको प्रधानध्यापक भट्टराईले बताउनु भयो । सांस्कृतिक र अन्य कार्यक्रममा पनि विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाउने गरेका छन् ।