इटहरी / इटहरी वडा नम्बर –४ मा रहेको सिटि मन्टेश्वरी स्कुलले अभिभावक दिवस मनाएको छ ।
शनिबार एक कार्यक्रमबीच विद्यालयले आफ्नो अभिभाक दिवस मनाएको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्ना अभिभावकका अगाडि नृत्य प्रतुत गरेका थिए । विश्व आर्दश कलेज इटहरीका प्रार्चाय गणेश दुलालको प्रमुख आतिथ्यता तथा सिटि मन्टेश्वरी स्कुलकका प्रधानध्यापक निर्मला गुरागाँई (घिमिरे)को अध्यक्षतामा कार्यक्रम गरिएको थियोे ।
विद्यार्थीहरूलाई पढाइ सँगै अभिभाकले संस्कार संस्कृति सिकाउन आवश्यक रहेको विश्व आर्दश कलेज इटहरीका प्रार्चाय दुलालले बताउनुभयो । अभिभावकको छत्रछायाँमा हुर्किएका छोराछोरीहरुले नृत्यका साथै गायन प्रस्तुति देखाइएका थिए ।सो अवसरमा ज्ञानेन्द्र फुयाल र रूद्र कडेललाई सम्मान समेत गरिएको थियोे ।
विद्यालयमा पढाइ मात्र नभएर विद्यार्थीहरूलाई मनोरञ्जन दिन सांस्कृतिक नृत्य र विद्यार्थीको प्रस्तुति देखाउन कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानध्यापक गुरागाँइले बताउनुभयो । विद्यार्थीहरूबीच पारिवारिक सम्बन्ध सुमधुर बनाउन पनि उक्त कार्यक्रमले सहयोग पुग्ने उहाँले बताउनुभयो ।
आफ्ना छोराछोरीको प्रस्तुति हेर्दा आमन्त्रितहरू प्रफुल्ल भएका थिए । विद्यार्थीहरूको स्थर उन्नति गर्न र विद्यार्थीको चौतर्फी विकास गर्न लागि पर्ने स्कुलका अध्यक्ष लेखनाथ घिमिरेले बताउनुभयो । सो कार्यक्रममा सङ्गीत साधना प्रतिष्ठान इटहरीका संचालक राजु केसी ,विद्यालयका शिक्षक , विद्यार्थी ,अभिभावक स्थानीय टोल विकास संस्थाका प्रतिधिनि लगाएतको सहभागीता रहेको थियोे ।


