इटहरी । शैक्षिक तथा अतिरिक्त क्रियाकपालका कारण पुर्व क्षेत्रमै नाम कमाउदै आएको इटहरीमा रहेको विश्व आर्दश एकेडेमीले विभिन्न प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

    हालै हिसान सुनसरीले आयोजना गरेको हिसान स्पोर्टस मिट तथा इटहरी उपमहानगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजयी विद्यार्थी तथा टिमलाई एक कार्यक्रमको आयोजना गरि विश्व आर्दश एकेडेमीले सम्मान गरेको हो ।

   विश्व आर्दश एकेडेमीले बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरी विद्यार्थी खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ ।

Screenshot_2024_0229_234715

सम्मान कार्यक्रममा प्रतियोगितामा विजयी टिम तथा विद्यार्थी , प्रशिक्षण लगायतलाई कार्यक्रमका प्रमुख अथिती इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख द्रोण दाहाल , एकेडेमीका अध्यक्ष लेखनाथ घिमीरेले सम्मान गरेका थिए ।

सो कार्यक्रममा वोल्दै एकेडेमीका अध्यक्ष घिमीरेले एकेडेमीले समसामयिक शिक्षामा जोड दिदै विद्यार्थीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने वनाउने ध्यान दिएको वताए।

बधाई तथा सम्मान कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख दाहालले विश्व आर्दश एकेडेमी पुर्व क्षेत्रमै नाम कमाएको शैक्षिक संस्था भएको र त्यसका लागि विद्यार्थीहरुको योगदान समेत महत्वपुर्ण रहेको वताए ।

कार्यक्रममा एकेडेमीका प्राचार्य गणेशकुमार दुलालले कार्यक्रमको औचित्य माथि प्रकास पार्दै आफना विद्यार्थीहरुले एकेडेमीक तथा खेलकुद लगायतका अन्य अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्टता हासिल गर्दै आएको जानकारी गराए ।

सो अवसरमा हिसान सुनसरीले आयोजना गरेको ४०वटा विद्यालय सहभागी रहेको हिसान स्पोट्र्स मिटमा ५ गोल्ड मेडल सहित एकेडेमी प्रथम भएको र गत वर्ष देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन थालेको एकेडेमीले अघिल्लो वर्ष दोस्रो स्थान हासिल गरेको र यस वर्ष प्रथम भएको समेत जनाइयो । कार्यक्रममा रामधुनी नगरपालिका वडा नम्बर १का वडाध्यक्ष महेश चौधरी , एकेडेमीका सहायक प्राचार्य रितेश चौधरी , निर्देशक हरि खतिवडा लगायतको सहभागिता रहेको थियो ।