इटहरी / इटहरी वडा नम्बर ४ मा रहेको कचना बुढीगंगा महादेव माध्यमिक विद्यालयको नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्माले  उद्घाटन गरेका छन् ।

कचना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढिक बहादुर राईको सभापतित्व तथा नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्माको प्रमुख अतिथिमा कार्यक्रम भएको थियोे ।

कार्यक्रममा बोल्दै नेता ओलीले इटहरी र सुनसरीलाई सहयोग गर्न आफू सधै तयार रहेको बताए । ‘योजनामा राख्न, बजेट पार्नका लागि मलाई सम्झनुहोस्,’ उनले भने, ‘उद्घाटन ठूलो कुरा होइन, वडाध्यक्षले गरेपनि हुन्छ ।’

उनले सबैका लागि गुणस्तरीय शिक्षा उपलब्धताका लागि आफूले सक्दो सहयोग गर्नेसमेत बताए । ‘सरकारमा भएपनि नभएपनि म तपाईहरुलाई सहयोग गर्न सधै तयार छु,’ उनले भने ।

उनले शिक्षा विकासको लागि पुर्वाधारकले मात्र केही नहुने बताउँदै शिक्षक शिक्षिकाहरुसमेत दक्ष हुनुपर्ने विचार राखे । 

नेपाल सरकारको विशेष अनुदान कार्यक्रम अन्तर्गत विद्यालय ९ करोड ४६ लाख ८ हजार ५ सय ७८ रूपैयाँमा निर्माण सम्पन्न भएको हो ।

विद्यालय उद्घाटन हुँदा शिक्षा क्षेत्रमा सहयोग पुग्ने वडा अध्यक्ष भक्त लामाले बताए । इटहरीका शिक्षा क्षेत्रमा इटहरी सरकार योजना लिएर अगि बढेको इटहरी उपमहानगरपालिकाकि उप प्रमुख संगिता कुमारी चौधरीले बताइन् ।

सो उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिकाकि पुर्व उपप्रमुख लक्ष्मी गौतम , इटहरी उपमहानगरपालिकाकि नगर प्रमुख संगिता कुमारी चौधरी , प्रतिनिधि सधाका पुर्व मन्त्री रामकुमार सुब्बा ,प्रतिनिधि सभा सदस्य तथा पुर्व कोशी प्रदेशका मुख्यमन्त्री भिम आचार्य ,प्रतिनिधि सभा सदस्य ,पुर्व मन्त्री भगवती चौधरी,कोशी प्रदेश सभा प्रमुख सचेतक रेवती रमण भण्डारी, विभिन्न वडाका वडा अध्यक्ष , एमालेका प्रतिनिधि लगाएतको सहभागीता रहेको थियोे ।