इटहरी / इटहरी वडा नम्बर -४ मा रहेको लालि गुराँस एकेडेमी स्कुलमा अभिभावक दिवस मनाइएको छ ।

शनिबार एक कार्यक्रमबीच विद्यालयले आफ्नो अभिभाक दिवस मनाएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्ना हजुरबा–हजुरामाका अगाडि प्रस्तुति देखाएका थिए ।

इटहरी वडा नम्बर ४ का वडा सदस्य विश्वेश्वर शर्माको प्रमुखको आथित्यता तथा लालि गुराँस एकेडेमी स्कुलकि प्रधानध्यापक मुना कार्कीको अध्यक्षता कार्यक्रम गरिएको थियोे । जेष्ठ नागरिक हजुरबा–हजुरामाको छत्रछायाँमा हुर्किएका नाति–नातिनाको प्रस्तुति देखाइएका थिए ।

स्कुलले यस्तो कार्यक्रम गर्दा विद्यार्थीहरूलाइ पढाइ सँगै आफ्नो नाचगानमा महत्त्वपूर्ण भुमिका खेल्ने वडा सदस्य विश्वेश्वर शर्माले बताउनुभयो ।

विद्यार्थीहरूबीच पारिवारिक सम्बन्ध सुमधुर बनाउन पनि उक्त कार्यक्रमले सहयोग पुग्ने विद्यालयकी प्रधानध्यापक मुना कार्कीले बताउनुभयो ।

विद्यालयमा पढाइ मात्र नभएर विद्यार्थीहरूलाई मनोरञ्जन दिन सांस्कृतिक नृत्य र विद्यार्थीको प्रस्तुति देखाउन कार्यक्रम आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम कार्कीले बताउनुभयो । आफ्ना नाति–नातिनाको प्रस्तुति हेर्दा आमन्त्रितहरू प्रफुल्ल भएका थिए । विद्यालयले पिजि देखि कक्षा ५ सम्म विद्यार्थीलाई पढाउदै आएको छ ।

सो अभिभावक दिवस कार्यक्रममा सुनाखरी टोल संस्थाका अध्यक्ष झलक वन ,उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली,सङ्गीत साधना प्रतिष्ठान इटहरीका संचालक राजु केशी ,विद्यालयका शिक्षक , विद्यार्थी अभिभावक स्थानीय टोल विकास संस्थाका प्रतिधिनि लगाएतको सहभागीता रहेको थियोे ।IMG_20240224_112955