सुन्दरहरैंचा । सुन्दरहरैंचा मा मेलमिलाप सम्बन्धी आठ दिवसिय ४८ घण्टे आधारभुत तालिम फागुन १ गतेबाट सुरु भएको छ । ‘हाम्रो समस्या, हाम्रै समाधान’ भन्ने मुल नाराका साथ सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा भएको कार्यक्रम सुन्दर हरैंचा नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयाेजक  अकली चाैधरीकाे अध्यक्षतामा सुरु भएको छ ।

426606980_913491007445415_3221930469468714737_n copy copy

 तालिमकाे उद्घाटन नगरप्रमुख केदारप्रसाद गुरागाईँ, जिल्ला न्यायाधीश ध्रुबराज कार्की, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चाैलागाईंले संयुक्त रूपमा गर्नुभएको थियो । तालिम नगरभित्रका १२ वटै वडाहरुबाट जम्मा ३६ जना नयाँ  मेलमिलाप कर्ताहरुको सहभागिता रहेको थियो ।

427899835_913490977445418_4053831131240020750_n 1

समुदायमा हुने विवादहरु मेलमिलामकर्ता मार्फत निरुपण हुने वातावरण सिर्जना गर्नुपर्न तालिममा विवाद, मेलमिलापको पद्धती, मेलमिलाप सम्वन्धी प्रचलित कानुनी व्यवस्था, मेलमिलापको शिप, मेलमिलाप प्रक्रिया, विवाद छनौट, मेलमिलापकर्ताका गूणहरु र मेलमिलापका आचारसहिंता, सहमतीय निकास लगायतका विवीध बिषयमा प्रशिक्षण हुने जिल्ला न्यायीक समितिकि संयोजक तथा नगर उप–प्रमुख अकलि चौधरीले बताउनुभयो ।