सुनसरी / इटहरी वडा नम्बर ५ मा रहेको ज्योति माध्यमिक विद्यालय विद्यार्थीको आकर्षण केन्द्र बनेको छ ।
विद्यार्थीहरूको मन मुटुको माझ बस्न सफल भएको ज्योति माध्यमिक विद्यालयमा बाल विकास देखि १२ सम्मका कक्षा सञ्चालनमा रहेको विद्यालयमा ८ सय जना भन्दा बढी विधार्थी अध्यनरत विद्यालयमा ९ देखि १२ कक्षा सम्म सिबिल इन्जिनियर समेत पढाइ हुन्छ भने ११ ,१२ मा विज्ञान विषय पढाइ हुदै आएको छ ।
आगामी सत्र २०८१ साल देखि बाल विकास र ६ देखि ९ कक्षा सम्म अङ्ग्रेजी माध्यममा पढाउने योजना रहेको विद्यालयका प्रधानध्यापक चिरञ्जीवी भट्टराईले बताउनु भयो ।
विद्यार्थीलाई मनोरञ्जनका लागि खेल प्रायप्त मात्रमा मैदान , दक्ष तालिम प्राप्तकर्मचारी, भौतिक गुणस्तर, सभा हल, खानेपानीको व्यवस्थापन, उत्कृष्ट विद्यार्थीलाई प्रोत्सान, अतिरिक्त क्रियाकला, रसायनशास्त्र, कम्प्युटर कक्षा, तिन तले भवन भएको विद्यालय हो ।
पहिला भन्दा अहिले विद्यालयमा राम्रो पढाइ भइरहेको विद्यार्थी स्मृति कालाखेतीले बताइन् । आगामी वर्ष अङ्ग्रेजी माध्यममा पढाइ हुदा पढाइमा सहज हुने विद्यार्थी कालाखेतीले बताइन् ।
एसईईमा सुनसरी जिल्ला भरि कै उत्कृष्ट अंक ३.८४ जिपिए ल्याएको थियो । कक्षा १२ मा समेत जिल्लाकै उत्कृष्ट अंक सहित सत प्रतिशत बिध्यार्थी पास गराउन विद्यालय सफल भएको छ ।
विद्यालयलाई शैक्षिक गुणस्तरिय बनाउनका लागि विगत १ वर्ष देखि समितिले अगाडि बढेको र आगामी दिनमा शैक्षिक गुणस्तरलाई जोड दिएर अगाडि बढ्ने योजना बनाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर विक्रम शाहले बताउनुभयो ।
विद्यार्थीहरूको मनोरञ्जन सँगै बाहिर ज्ञानका लागि शैक्षिक भ्रमण समेत लाने गरेको प्रधानध्यापक भट्टराईले बताउनु भयो ।विद्यालयका शिक्षकहरु, व्यवस्थापन समितिका सदस्यहरु, अविभावकहरु र स्थानीय राजनीतिक दलका नेतृत्वहरु सबैको साथ सहयोग हुने हो भने, विद्यालयलाई देश कै अब्बल बनाउन सकिने व्यवस्थापन समितिका अध्यक्ष शाहले बताउनुभयो । विद्यार्थीहरुलाई व्यवहारिक र उपयोगि शिक्षा दिनु पर्नेमा ज्योती मा.वि ले जोड दिएर अगाडि बढेको छ । सरस्वती पुजाको दिनबाट विद्यार्थी भर्ना खुलाउने भएको छ ।


