इटहरी / कस्तुरी कलेज इटहरीले आफ्नो २५ औ वार्षिकोत्सव सुक्रबार कस्तुरी एकेडेमी इटहरी ८ मा सम्पन्न गरेको छ । पू्र्वाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका डिन डा. सन्देश दास श्रेष्ठकाे प्रमुख आथित्य तथा कस्तूरी कलेज अफ म्यानेजमेन्टका अध्यक्ष रामचन्द्र अधिकारीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थापनाकालका विद्यार्थीहरू साथै १५ वर्ष सेवा गरेका शिक्षक तथा कर्मचारीलाई समेत सम्मान गरेको कमलेश सर्मा पौडेलले बताउनुभयो। 

received_923398292560520

उत्कृष्ट शिक्षक कर्मचारी साथै परीक्षामा उत्कृष्ट हासिल गर्ने तथा आन्तरीक खेलकुद प्रतियोगितामा विजय हुने विद्यार्थी हरु लाई पुरस्कार वितरण समेत गरिएको भुपेन्द्र न्याैपानेले बताउनुभयो ।

कस्तुरी कलेजले शैक्षिक परिणामसँगै विद्यार्थीहरुमा अतिरिक्त क्रियाकलाप समेत अगाडि बढाउन, सामाजिक गतिविधिमा समेत उत्कृष्ट र उदाहरणीय काम गर्दै यस क्षेत्रमा शिक्षामा एक अब्बल संस्थाको रुपमा आफ्नो पहिचान बनाएको प्रमुख अतिथि  डिन डा. सन्देश दास श्रेष्ठले बताउनुभयो ।

समयसापेक्ष र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले यस कलेजको स्थापना गरिएको बताउँदै केदार प्रसाद पौडेलले समयको आवश्यकता र माग बमोजिमको शिक्षा कसरी प्रदान गर्न सकिन्छ भन्नेतर्फ कलेज सञ्चालकहरुले विभिन्न योजना बनाउँदै आएको र यस लागि सम्पुर्ण सरोकार पक्ष र अभिभावकहरु संगको राय,सल्लाह र सुझावको अनुसार अघि बढ्ने बताउनुभयो।

received_976594110650390