दुहवी । सुनसरीको दुहवी नगरपालिका वडा नं.५ अवस्थित रहेको श्री सरस्वती माविको विज्ञान प्रयोग शाला भवनको उद्घाटन गरीएका छन् ।
विध्यालयको ६७ औ बार्षिकोत्सवको अवसरमा दुहवीका नगर प्रमुख गच्छदारले स्कुलको सुविधा सम्पन्न नव निर्मित दुई कोठे विज्ञान प्रयोग शाला भवनको उद्घाटन गरेका छन । कार्यक्रमा विध्यालयका प्रधानाध्यापक तेज प्रसाद तिम्सिनाले स्वागत गर्दै, विध्यालय वि २०१३ सालमा स्थापना भई यस क्षेत्रमा विध्यालयले राष्ट्रका लागी महत्वपुर्ण जनशक्ति उत्पादन गरेसँगै शैक्षिक जागरण ल्याउन सफल भएको बताए ।
दुहवी नगरपालिकाको नमुनाकै रुपमा रहेको यस विध्यालयमा स्थानिय , प्रदेश तथा सँघिय सरकारले दिईरहेका अनुदान तथा सेवा सुविधा प्रति अबको वर्ष देखी विध्यार्थीहरुको चाप बढ्ने विश्वास रहेको प्रधानाध्यापक तिम्सिनाले बताए ।
प्रमुख अथिति दुहवी नगर प्रमुख गच्छदारले शुभकामना मन्तव्य राख्दै, आफुहरुको पालामा गाउँ घरका मानिसहरुलाई पठन पाठन गर्न निकै गाह्रो अवस्था रहेको थियो तर अहिले तिनै तहको सरकार र घरका अभिभावक शिक्षित हुदाँ हुदै पनी नगरपालिकाले चालेको कदम वा देखाएको बाटोमा सम्म पुग्न नसकिरहेको अवस्थामा सरस्ती मा.वि.लाई प्रयाप्त सेवा सुविद्या हुंदा पनी शैक्षिक प्रगती कम रहेको बताए । दुहवी नगरपालिकाका शिक्षा प्रमुख निलमणी खनालले विद्यार्थीको आचरण सुधार गर्नको लागी आउने शैक्षिक शत्र देखी कक्षा १ देखी कक्षा ८ सम्म हाम्रो दुहवी आचरण शिक्षा पाठ्यक्रमको तयारी हुँदै आएको जानकारी गराए । 
अबको कुनै पनि विध्यार्थी स्कुलमा विना सुचना नदिई लगातार अनुपस्थिती भइरहेको छ भने उक्त्त विध्यार्थीहरुको अनुगमन गर्न दुहवी नगरपालिकाको शिक्षा शाखाले स्वयंम गर्नु पर्ने नगरप्रमुख शिक्षा शाखालाई निर्देशन समेत दिएका छन् ।
नगरप्रमुखले दुहवी नगरभित्र उच्च शिक्षा बाट बञ्चति नहुनका लागी दुहवीमै पुर्वाञ्चल विश्वविध्यालसँग सम्वन्ध प्राप्त गरी आउने शैक्षिन शत्रबाट व्याचलर , वि एड का कार्यक्रमहरु सरस्वती मा वि मा सञ्चालन गरीने बताए ।


