इटहरी / इटहरीको पकली माध्यमिक विद्यालयमा विद्यालयका अभिभावक एवम सरोकारवालाहरू बिच बृहत भेला कार्यक्रम सम्पन्न भएको छ ।

इटहरी वडा नम्बर १७ मा रहेर विगत ७१ वर्ष देखि सञ्चालनमा रहेको पकली माध्यमिक विद्यालयले विद्यालयका अभिभावक एवम सरोकारवालाहरू बिच बृहत भेला कार्यक्रम गरिएको छ । 

विद्यालयका विद्यार्थीहरूका अभिभावक ,विद्यालयक व्यवस्थापन समितिका प्रतिनिधि , शिक्षक , स्थानीय सरकारको सहभागीमा विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिने , अङ्ग्रेजी माध्यममा पढाइ गरिने ,शिक्षक अभिभावक विच सुमधुर सम्बन्ध बनाएर विद्यार्थीलाई शिक्षा दिने र अङ्ग्रेजी माध्यमद्वारा विद्यार्थीहरूलाई छुट्टै योजना लिएर शिक्षा दिलाउनु पर्छ भन्ने उदेश्य सहित बृहत भेला कार्यक्रम गरेको थियोे । विद्यालयकमा अङ्ग्रेजी माध्यमद्वारा पढाउन एउटा समिति गठन गरि योजना बनाउने भएको छ । 

कार्यक्रमको प्रमुख अतिथि रहनु भएको इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरीले विद्यालयलाई अङ्ग्रेजी माध्यम बनाउने योजना आफ्नो सर सहयोग गर्ने उहाँले बताउनुभयो । पकली स्कुल नमुना विद्यालय बनाउन पहिलो प्राथमिकता रहने उहाँले बताउनु भयो । 

विशिष्ट अतिथि रहनु भएको इटहरी उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष प्रभात कुमार आचार्यले वडा नम्बर १७ ले यस विद्यालयलाइ आर्थिक , भौतिक , सामाजिक सहयोग गर्ने प्रतिवद्दता रहेको उहाले बताउनुभयो ।

यस विद्यालयलाई इटहरी उपमहानगरपालिकाको शिक्षा शाखाले आर्थिक भौतीक  सहयोग गर्ने प्रतिवद्दता रहेको इटहरी उपमहानगरपालिकाका शिक्षाशाखा प्रमुख फागुनी प्रसाद काफ्ले बताउनु भयो । 

विद्यार्थीलाई अङ्ग्रेजी माध्यम द्वारा मात्र शिक्षा नभएर अङ्ग्रेजी नेपाली दुवै भाषामा पढाउने भएको  माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदकुमार झाले बताउनुभयो ।

सो कार्यक्रममा पकली माध्यमिक विद्यालयको विद्यालयका प्रधानध्यापक यज्ञप्रसाद ढकाल ,इटहरी उपमहानगरपालिकाका शिक्षाशाखा प्रमुख फागुनी प्रसाद काफ्ले , संविधान सभा सदस्य एवम् विद्यालयका सल्लाहकार समितिका संयोजक मोहम्मद जाकिर हुसैन ,जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कासिनाथ दंगाल लगाएतले आफ्नो भनाइ व्यक्त थिए । सो विद्यालयमा कुल ६ जना ३४ जना विद्यार्थी अध्यनरत छन् । IMG_20231219_125038