लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ सञ्चालन हुँदै आएको छ ।
१६ औं दिनको अवसरमा सुन्दरहरैचा नगरपालिकाले बृहत ¥याली, सहित लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान बिभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै सम्पन्न गरिएको छ । उक्त ¥याली सुन्दरहरैचाको नगरकार्यालयबाट अघि बढदै,विराट चोक, हाईबे हुँदै सुकुना चौरीमा आएर, गीत, नाटक, नृत्य, सम्मन कार्यक्रम सहित सम्पन्न गरिएको हो ।
नाट्कमा घरेलु हिंसाको बारेमा प्रस्तुत गरिएको थियो ।र्यालीमा सुन्दर हरैचाका विधालयका विधार्थी, विभिन्न सघं संस्थाका व्यक्तिहरु, सुन्दर हरैचाका स्थानिय बासीको सहभागिता थियो । उक्त कार्यक्रममा लैङ्गिक हिंसाका लागि उत्कृष्ट काम गर्ने हिमचुली सांस्कृती समूह, बाँसबारी भजन समुहलाई ७ हजार ५ सयका दरले सम्मान गरेको हो । साथै प्रत्यक वडाबाट उत्कृष्ट काम गर्ने २४ जना व्यक्तिहरुलाई सम्मान गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख केदारप्रसाद गुरागाईंले सामाजिक सस्थाले राम्रोे काम गरेको जिकिर गर्दै, सम्मानित हुने दुई सस्थालाई थप रामा्र, रामा्र काम गर्न समेत हौसला दिनु भयो । "लैङ्गकि हिंसाको अभियान, समापन भएको होइन शुभारम्भ भएको हो, १६ दिन बाहेका बाँकी रहेका ३४९ दिन निरन्तर लैङ्गकि हिंसाको अभियानमा लाग्ने " लाग्न समेत गुरागाईले निर्देशनु दिनु भयो ।

कार्यक्रमको अध्यक्ष सुन्दरहरैचा नगर उपप्रमुख अकली चौधरी, हुनुहुन्थ्यो भने, प्रमुख अतिथि नगर प्रमुख केदारप्रसाद गुरागाईं हुनुहुन्थ्यो । विशेष अतिथि प्रमुख प्रशासकिय अधिकृत अबिका प्रसाद चौलागाईं अतिथिहरु वडा अध्यक्ष, विभिन्न राजनितिक दलका प्रतिनिधि, विभिन्न सघं सस्थाका प्रतिनिधि, विधार्थी, स्थानिय लगायतको उपस्थितमा कार्यक्रम सप्पन्न भएको हो ।
लैङ्गिक हिंसाको १६ दिने अभियान कसरी सुरु भयो ?
डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन साहसी दिदी बहिनीहरू पेट्रिया, मिनर्भा र मारियाको तत्कालिन त्रुजिलो तानाशाही सरकारले सन् १९६० नोभेम्बर २५ मा गरेको हत्यासंग जोडिएको छ त्यसैले यसलाई ल्याटिन अमेरीकी देशमा महिला हिंसा विरुद्धको दिवसको रुपमा मनाउन थालिएको हो । यसरी यी तीन दिदी बहिनीहरूको हत्यालाई महिला विरुद्धको हिंसाको रूपमा लिई महिलावादीहरू द्वारा उनीहरूको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गर्दै मनाउने परम्पराको सुरुवात गरिएको हो पछि, सन् १९९९ मा संयुक्त राष्ट्रसंघद्वारा यसलाई आत्मसात गरी नोभेम्बर २५ को दिनलाई संसारभर नै महिला विरुद्धको हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा स्थापित गरियो ।
नेपालमा लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७१ अनुसार “लैङ्गिक हिंसा” भन्नाले सार्वजनिक वा निजी जीवनमा लैङ्गिक आधारमा कसै प्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पु¥याउने कार्य सम्झनु पर्छ र सो शब्दले लैङ्गिक आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप वा स्वेच्छाचारी रुपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समेतलाई जनाउँछ ।


