सुनसरी / इटहरी ६ मा रहेको कस्तुरी कलेजमा विद्यार्थीको आकर्षण र अभिभावको पनि रोजाइ परेको छ ।
विद्यालयले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको छ । यस विद्यालयमा करिब एक हजार चार सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।
स्थापनकालमा २६ जना विद्यार्थीबाट सुरु भएको र हाल विद्यार्थीको चाप बढेको छ । स्थापनाकालदेखि उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको कलेजले यसअघि दुईपटक नेपाल प्रथम भइ स्वर्ण पदक समेत प्राप्त गरिसकेको कलेजका प्रधानाध्यापक भूपेन्द्र न्यौपानेले बताए ।
आगमी दिनका समाज र विद्यार्थीहरूको माग अनुसार विषयहरू थप गर्दे जाने लक्ष्य रहेको उनले बताए । कलेजले २५ बर्ष पार गरेको शुखद अवसरमा १ सय बढि बिद्यार्थीहरुलाई पुर्ण रुपमा छात्रबृति दिने अभियान समेत सुरु गरेको जनाएको छ ।
‘हामीले कक्षा ११ देखि स्नातकोत्तरसम्म एक हजार चार सयभन्दा बढी विद्यार्थीलाई अध्यापन गराइरहेको छ । व्यवस्थापन विषयका लागि कस्तुरी कलेज आम मानिसको रोजाइको छ । व्यवस्थापनसँगै बिबिए, विज्ञानजस्ता विषय पनि अध्यापन हुँदै आएको उनले बताए ।
विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याउनुमा विद्यार्थीसँगै अभिभावक, शिक्षक र संस्थापकहरूको भूमिका पनि उत्तिकै रहेको छ । प्लस टुमा कम्प्युटर साइन्स, व्यवस्थापन र विज्ञान विषयको अध्यापन हुने उनको भनाइ छ ।
‘सुविधा सम्पन्न भवन, पुस्तकालय, साइन्स ल्याब, कम्प्युटर ल्याब समेत छ, जसकारण विद्यार्थीलाई सहज हुनेछ,’ उनले भने, ‘पहाडी जिल्लाबाट इटहरीमा कोठाभाडामा बसेका होस् वा अरु जिल्ला नै । कोसी प्रदेशका सबैजसो ठाउँबाट यहाँ पढ्न विद्यार्थी आकर्षित छन् ।’
उनका अनुसार गरिब, दलित, जेहेन्दार, पिछडिएको वर्ग, दुर्गम क्षेत्र, असहाय लगायतका छात्र छात्राहरूलाई पूर्णदेखि आंशिक छात्रवृत्तिको समेत व्यवस्था गरिएको न्यौपानेले बताए ।
नियमित पढाइका अतिरिक्त विभिन्न क्रियाकलाप सञ्चालन गर्ने गरिएको छ । यसले गर्दा विद्यार्थीमा भएका प्रतिभा प्रष्फुटित हुने अवसर मिल्ने अनुभव कलेजको छ । विभिन्न समयमा हुने खेलकुद प्रतियोगितामा सहभागी भएर कलेजका विद्यार्थीले सफलता हासिल गरेका छन् । यस्तै, सांस्कृतिक र अन्य कार्यक्रममा पनि कलेजका विद्यार्थीहरुले सहभागिता जनाउने गरेका छन् ।


