सुनसरी / इटहरी ६ रहेको मोडर्न प्रिपेटरी सेकेण्डरी बोर्डिङ स्कूलले २ सय १० भानु औं जयन्तीको अवसरमा कविता प्रतियोगिता गरेर मनाएको छ ।


कविता प्रयोगितामा कक्षाका ३० जना बढी विद्यार्थीले आ-आफ्नो कविता प्रस्तुत गरेका थिए ।  विद्यालयका शिक्षकले समेत आ-आफ्नो कविता प्रस्तुत गरेका थिए ।


कविता प्रतियोगितामा प्रथम कक्षा ६ मा अध्यनरत रूस्मिता खत्री , दोस्रो कक्षा १० मा  अध्यनरत रेहान कार्की , तेस्रो कक्षा १० मा अध्यनरत उज्ज्वल निरौला भएका हुन् ।


पढाइ सँगै विद्यार्थीलाई सीप ज्ञान आवश्यक हुन्छ । विद्यार्थीको सर्वाङ्गिण विकास गराउने शिक्षक अभिभावक हुन् हामिले आफुमा रहको क्षमता देखाउन आवश्यक रहेको विद्यालयका प्रधानध्यापक मनि कुमार पौडेलले बताए ।


कार्यक्रममा विद्यालयका सञ्चालक सन्जिव वाग्ले , विद्यालयका प्रधानध्यापक मणि कुमार पौडेल ,विद्यालयका शिक्षक , विद्यार्थी लगाएतको उपस्थिति रहेको थियोे । 

Itahari