इटहरी।इटहरी स्थित सुनसरी सेन्ट जेभियर सेकेण्डरी इङलिस बोडिङ स्कुलले २४ औ वार्षिक खेलकुद तथा शैक्षिक पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ । 

शनिवार विद्यालयको प्राङगणमा आयोजित एक कार्यक्रमका बिच विद्यालयले २४ औ वार्षिक कार्य खेलकुद तथा शैक्षिक पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको हो ।              335582489_1557902028026257_6146157265693596021_n

विद्यालयका संस्थापक प्रधानाध्यापक कबिन्द्र मण्डलको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिवश पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा समाज सेवी बुद्दिजिबी कमल राई, सुनिल कार्की, बेनु प्रसाद पौडेल, रत्न कार्की, संजिब ढुंगाना लगायत विद्यार्थी, अभिभावक संचारकर्मीको उपस्थितिमा  विद्यालयले वर्षभरी सञ्चालन गरेका अतिरिक्त क्रियाकलाप अन्तरगत विभिन्न खेलकुद तथा शैक्षिक कार्यक्रमका विजेता तथा उत्कृष्ट विद्यार्थीहरुलाइ प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।
335074592_1021419782165124_3150912529502019177_n

म्याथ रेस,भलिबल,फुटबल लगायत खेलकुद गतिविधिका वीजेता तथा सरसफाइ,अनुसासन,मेहेनत लगायतका विधामा समेत विद्यार्थीहरुलाइ पुरस्कृत गरिएको हो । 

कार्यक्रममा विभिन्न जात जातिका भेषभुष सहितको सांस्कृतीक प्रस्तुती गरिनुका साथै नाटक,अभिभावक हाजिरीजवाफ लगायतका कृयाकलाप गराइएको थियो । सो अवसरमा विद्यार्थीहरुले  यन्त्र उपकरण सहितको विज्ञान प्रदर्शनी समेत गरेका थिए ।