इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १३ ले मंगलबार बालबालिकासँग जनपतिनिधि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यालयको आयोजनामा भएको सो कार्यक्रममा वडाभित्रका विद्यालयका दिद्यार्थी, शिक्षक र अभिभावकहरुको उपस्थिति रहेकोे थियो ।
कार्यक्रममा वडाले बालकालिकाका क्षेत्रमा गरेका काम, बालबालिकाका समस्या, त्यसको समाधान र बालबालिकासँग सम्बन्धीत समस्याहरुको विषयमा छलफल भएको थियो । उपस्थित बालबालिकाले वडा कार्यालयले गरेको कामका विषयमा सवाल गरेका थिए । बालबालिकाहरुको जवाफ दिँदै वडाध्यक्ष शिवनारायण चौधरीले आफ्नो कार्यकालमा सकेसम्म बालकालिकाका लागि उत्कृष्ट काम गर्ने पयत्न गरेको जानकारी दिनुभयो ।

उहाँले निजि विद्यालयलाई चाहिँ वडाले किन केहि गरेर भन्ने बालबालिकाको पश्नमा जवाफ दिँदै संस्थागत वा निजि विद्यालय सरकारको क्षेत्राधिकार भन्दा बाहिर रहेकाले काम गर्न नसकिएको बताउनुभयो । तर, केहि अतिरिक्त क्रियाकलाप र अन्य गुणात्मक सहयोगमा भने वडाले सकेको सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा आफु विद्यालय अध्ययनबाट वञ्चित भए पनि छोराछोरीलाई विद्यालय पठनपाठनमा सहयोग गरेको भन्दै पाँच जना अभिभावकलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा वडाध्यक्ष चौधरीसहित वडा सदस्यहरु तायोकुमारी ढकाल, मोहमद ऐयुव हुसैन प्रेम कुमार चौधरीले पाँच वर्षे कार्यकालमा बालबालिकाका लागि गरेका कामका विषयमा जानकारी गराउनुभएको थियो ।


