नेपाल बुद्धिजिवी परिषद् सुनसरीले डा. विन्दा पाण्डेद्वारा लिखीत धर्तीमाथिको दाबी पुस्तक्को परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ ।

पाण्डेद्वारा लिखीत धर्तीमाथिको दाबी पुस्तकमा महिलाको हक, महिलले पाउन नसकेको अधिकार र समाजामा महिलाहरुले नपाएको न्याय को बिषयमा लीखित पुस्तक माथी परिचर्चा गरिएको हो  । नेपाल बुद्धिजीवी परिषद् सुनसरीका अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीे डा.केदार प्रसाद पौडेल , विसीष्ट अतिथि लेखक डा. विन्दा पाण्डे, ईटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम, लगाएत नेपाल बुद्धिजीवी परिषद् सुनसरीका पूर्व अध्यक्ष, महिला अधिकार कर्मी, महिला उद्ययमी जिल्ला अध्यक्ष, महिला संञ्जाल, रेडकस्रका उपसभापती सामाजीक अभीयानता, पत्रकार र सामाजीक संस्थाका प्रतिनीधीहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले पुस्तकमाथी प्रकास पार्नुभएको थियो भने डा. रमेश घिमीरे र टीका यात्रीले टिपनी गर्नु भएको थियो ।