स्वास्थ्य

    Showing ५१-६० of ५९९ items.
  • टेम्केमैयुङ गाउँपालिकामा दुर्गम ६ स्थानमा आधारभूत स्वास्थ्य इकाइ स्थापना

    इटहरी । भौगोलिक विकटताका कारण समस्या भोग्दै आएका स्थानीयलाई सहज रुपमा आधारभूत स्वास्थ्यसेवा पु¥याउन टेम्केमैयुङ गाउँपालिकाले आवश्यक पहल गरेको छ । आधारभूत स्वास्थ्यसेवा लिन स्थानीयले पाएको सास्तीलाई ध्यानमा राख्दै यहाँका दुर्गम ६ स्थानमा आधारभूत स्वास्थ्य इकाइ स्थापना गरिएको हो । यहाँका नौवटै वडामा एक÷एक वटा स्वास्थ्य चौकी रहे पनि स्वास्थ्य चौकीसम्म पुग्न टाढा दूरी पार गर्नुपर्ने नागरिकलाई लक्षित गरेर आधारभूत स्वास्थ्य इकाइ सञ्चालनमा ल्याइएको छ । दुर्गम तथा भौगोलिक रुपमा ठूलो रहेको यस गाउँपालिकाका स्थानीयले स्वास्थ्यसेवा लिन तीनदेखि पाँच घण्टासम्म पैदल हिँड्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै गाउँप

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • १९२ पटक पढिएको
  • खोटाङ जिल्ला अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया सुरु

    इटहरी । खोटाङ जिल्ला अस्पतालमै  पाठेघर खस्ने समस्यासम्बन्धी निःशुल्क शल्यक्रियासहितको उपचार सेवा सुरु गरिएको छ । अबदेखि सो समस्याका लागि राजधानी पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । सेवा सुरु भएलगत्तै दुई महिलाको सफल उपचार गरिएको अस्पताल प्रमुख एवं डा अमिताब ठाकुरले जानकारी दिनुभयो । अस्पतालमा पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार, बाँझोपनको उपचार र पहिलोपटक शल्यक्रियामार्फत सन्तान जन्माएकी महिलाको दोस्रोपटक पनि शल्यक्रिया गर्ने सेवासमेत सुरु गरिएको जनाइएको छ । अस्पतालमा पाठेघरसम्बन्धी समस्याको निःशुल्क उपचार सेवा उपलब्ध भएपछि लामो समयदेखि पीडित महिलाहरु उपचारमा आउन थालेको स्वास्थ्यक

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • २२८ पटक पढिएको
  • षडानन्द नगरपालिकाद्वारा आङ्ग खस्ने समस्या न्यूनीकरण अभियान, पाँच महिलाको सफल शल्यक्रिया

    भोजपुर | षडानन्द नगरपालिका ले महिलाहरूमा देखिने आङ्ग (पाठेघर) खस्ने समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले पाँच जना महिलाको सफल शल्यक्रिया गराएको छ।“महिलाहरूको आङ्ग खस्ने समस्या मुक्त नगर” बनाउने लक्ष्यसहित सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत यस वर्ष नगरपालिकाका चौध वटै वडाका स्वास्थ्य चौकीहरूमा स्क्रिनिङ अभियान सञ्चालन गरिएको थियो। स्क्रिनिङपछि शल्यक्रिया आवश्यक पर्ने पाँच जना महिला पहिचान भएका थिए।पहिचान भएका सबै महिलाले शल्यक्रियामार्फत उपचार गराउने निर्णय गरेपछि जिल्ला अस्पताल धनकुटा का चिकित्सकहरूको प्राविधिक सहयोग र भोजपुर जिल्ला अस्पताल को समन्वयमा सफल शल्यक्रिया  गरिएको हो।अस्पताल प्रश

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • ३७२ पटक पढिएको
  • खोटाङको दिप्लुङमा विवाह भोजपछि सामूहिक बिरामी, फुडपोइजनको आशङ्का

    इटहरी। खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबैजना बिरामी भएपछि घटनाको अवस्था बुझ्न कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूसहितको विज्ञ टोली आज यहाँ आएको छ । विवाह भोज खाएको १२ घण्टापछि सुरुमा ज्वरो आउने, काम्ने र झाडापखाला लाग्नेजस्ता समस्या निवारण नभएपछि सो टोली घटनास्थल दिप्लुङ आएको हो । दिप्लुङकै निगालावासस्थित भञ्ज्याङका रामकुमार राईको घरमा स्वास्थ्य शिविर आयोजना गरेर उपचारको प्रबन्ध मिलाइए पनि बिरामीको चाप अधिक बढेपछि कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय विराटनगरको टोली झिकाइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलले बत

    • प्रकाशित मितिः माघ २६, २०८२
    • २५९ पटक पढिएको
  • भ्रम र चेतनाको कमीले खोप अभियानमा चुनौती, किशोरीहरूलाई HPV खोपमा समेट्न जोर

    इटहरी । नेपाल सरकारले पाठेघरको मुखको क्यान्सर रोकथाम र न्यूनीकरण गर्नका लागि किशोरीहरूलाई लक्षित गरी ह्युमन प्यापिलोमा भाइरस’ ९एचपिभी० विरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ । सरकारी प्राथमिकता भएपनि समुदायमा व्याप्त विभिन्न भ्रम, चेतनाको अभाव र समन्वयको कमीका कारण यो अभियानले सोचेअनुरूपको सहयोग पाउन सकेको छैन । विशेषगरी अभिभावक र कतिपय विद्यालयहरूले यस अभियानलाई गम्भीरतापूर्वक नलिँदा लक्षित किशोरीहरूलाई खोपको दायरामा ल्याउन चुनौतीपूर्ण देखिएको हो ।विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वभर महिलाहरूमा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर चौथो ठूलो समस्या हो भने नेपालमा यो दोस्र

    • प्रकाशित मितिः माघ २६, २०८२
    • १८५ पटक पढिएको
  • खोटाङमा बिहे भोज खाएका बेहुला र बेहुलीसहित करिब डेढ सय जना बिरामी

    इटहरी ।  खोटाङमा बिहे भोज खाएका बेहुला र बेहुलीसहित करिब डेढ सय जना बिरामी परेका छन् । जन्तेढुङ्गा गाउँपालिका–६, दिप्लुङमा बिहे भोज खाएका स्थानीय र पाहुना गरी करिब डेढ सय जना बिरामी परेका हुन् । माघ २१ गते विवाह भोज खाएका स्थानीयवासी माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका हुन् । उनीहरुमा ज्वरो आउने, पेट दुख्ने, उल्टी हुने, झाडापखाला लाग्ने समस्या देखिएको जन्तेढुङ्गा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यबहादुर कार्कीले बताउनुभयो । भोज खाएपछि उनीहरूलाई ‘फुडपोइजन’ भएको आशङ्का गरिएको उहाँको भनाइ छ । सुरुमा केही व्यक्तिहरू बिरामी भएको खबर आएपछि स्वास्थ्यकर्मीले घरघरमा गएर उपचार गरेका थिए

    • प्रकाशित मितिः माघ २५, २०८२
    • २८६ पटक पढिएको
  • ताप्लेजुङमा एक हजारभन्दा बढी किशोरीलाई एचपीभी खोप दिइने

    इटहरी । ताप्लेजुङमा करिव एक हजार तीन सय किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप दिइने भएको छ । यही माघ २८ देखि फागुन १ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुने भएको हो । खोप अभियानमा एक हजार ३४२ जनालाई एचपीभी खोप प्रदान गरिने लक्ष्य रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप अधिकृत दिनेश रायले जानकारी दिनुभयो । उहाँका अनुसार १० देखि १४ वर्ष उमेर समूहका विद्यालयमा अध्ययनरत किशोरी र विद्यालय बाहिर रहेकालाई समेत खोप अभियानमा समावेश गरिने छ । ताप्लेजुङमा अघिल्लो वर्षको अभियानमा दुई जना मात्र किशोरी खोप लगाउनबाट छुटेका थिए । एचपीभी खोप अभियानका लागि ताप्लेज

    • प्रकाशित मितिः माघ २५, २०८२
    • २५६ पटक पढिएको
  • उदयपुरमा ३ हजार ८ सय ४८ किशोरीलाई एचपिभी खोप लगाइँदै

    इटहरी । उदयपुरमा तीन हजार ८ सय ४८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ । आगामी माघ २६ गतेदेखि २९ गतेसम्म कक्षा ६ मा अध्ययनरत तथा विद्यालयबाहिर रहेका किशोरीहरूलाई उक्त खोप लगाइने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । जिल्लाका आठवटै पालिकामा सञ्चालन हुने उक्त अभियान अन्तर्गत चौदण्डीगढी नगरपालिकामा ५ सय ४९, त्रियुगा नगरपालिकामा एक हजार १ सय १९, कटारी नगरपालिकामा ७ सय १६ र बेलका नगरपालिकामा ६ सय ६२ जना किशोरीलाई खोप लगाइने कार्यालयले जनाएको छ । त्यसैगरी, उदयपुरगढी गाउँपालिकामा २ सय ६१, रौतामाई गाउँपालिकामा २ सय १६, ताप्ली गाउँपालिकामा १ सय ४४ तथा लिम्चुङबुङ ग

    • प्रकाशित मितिः माघ २४, २०८२
    • २४४ पटक पढिएको
  • धनकुटामा माघ २७ देखि एचपिभी खोप अभियान सञ्चालन हुने

    इटहरी ।  धनकुटामा माघ २७ देखि  एचपिभी खोप अभियान सञ्चालन हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले विद्यालय केन्द्रित एचपिभी खोप सञ्चालन तथा पूर्ण खोप सुनिश्चितता र दिगोपनसम्बन्धी समीक्षा तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरी जानकारी दिएको हो । यो वर्ष १४१ वटा विद्यालयका एक हजार दुई सय ५७ जना, विद्यालय बाहिर रहेका २ जना तथा गत वर्ष छुट भएका ५७ जना गरी कुल एक हजार दुई सय ८६ जना किशोरीलाई खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ । गत आर्थिक वर्षमा जिल्लाभर कुल ६ हजार नौ सय ११ जना किशोरीलाई एचपिभी खोप लगाइएको थियो । जनस्वास्थ्य अधिकृत सिर्जना बन्जाडेका अनुसार एचपिभ

    • प्रकाशित मितिः माघ २३, २०८२
    • १७३ पटक पढिएको
  • पाठेघरको क्यान्सरविरुद्ध इलाममा खोप अभियान

    इटहरी । इलाममा बालिकाहरुलाई लक्षित गरी यही माघ २५ गते देखी २९ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने भएको छ । सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने क्रममा इलाममा पनि खोप अभियान सञ्चालन हुने भएको हो  । जिल्ला स्वास्थ्य कार्यालय इलामका खोप सुपरभाइजर गंगाधर पण्डितका अनुसार गएको वर्ष छुटेकाहरुलाई पनि खोप लगाइने छ । विद्यालयका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी खोप अभियान सञ्चालनका लागि काम अगाडी बढाइएको समेत जनाइएको  छ । इलामका सबै विद्यालयमा प

    • प्रकाशित मितिः माघ २३, २०८२
    • १८९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]