अछाम- बयालपाटा अस्पतालका तत्कालिन स्वास्थ्य सेवा निर्देशक डा. विकास गौचनको बिदाई गरिएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले डा. गौचनको एक कार्यक्रमकाबीच बिदाई गरेको होएक दशकभन्दा बढी समय अछामको बयालपाटा अस्पतालमा कार्यरत रही जनतालाई गुणस्तरिय स्वास्थ्य सेवा तथा समग्र जिल्लाको स्वास्थ्य सुधारका लागि उल्लेखनिय काम गरेको भन्दै उनको सम्मानसहित बिदाई गरिएको पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीले बताए। डा. गौचनले बयालपाटा अस्पतालबाट केही सयम पहिले नै राजिनामा दिएको भएपनि देश कोभिड महामारीले आक्रान्त हुँदा उनी गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालमा कार्यकारी निर्देशक पद
तनहुँ- तनहुँमा क्षयरोगका २०१ बिरामी पहिचान भएका छन्। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जिल्लामा क्षयरोगका २०१ बिरामी पहिचान भएका हुन्। स्वास्थ्य कार्यालयका अनुसार त्यसमध्ये नसर्ने खालका १३० रहेका छन्। जिल्लामा क्षयरोगको ८२.१ प्रतिशत उपचार सफल भएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। छ महिना नियमित औषधि सेवन गरे क्षयरोग निको हुन्छ। क्षयरोग पहिचानका लागि कार्यालयले कारागार, इँटाभट्टामा बेला–बेलामा खकार परीक्षण गर्ने गरेको छ। क्षयरोगीको उपचारका लागि जिल्लामा ५० उपचार केन्द्र, नौ प्रयोगशाला छन्। अशिक्षा, अज्ञानता र भौगोलिक कारणले क्षयरोगी उपचारको पहुँचमा आ
काठमाडौं- स्वास्थय मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसको नेपाल भ्रमण फलदायी रहेको बताएको छ। स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी डब्ल्यूएचओका महानिर्देशक डा गेब्रेयससले नेपालको तीन दिने भ्रमण फलदायी भएको बताएका हुन्।डब्ल्युएचओका महानिर्देशक डागेब्रेयसले भेटवार्ताका क्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला विकासका बारेमा चासो लिएको उनले बताए। अत्याधुनिक आनुवंशिक प्रयोगशालाको विकास गर्न उपकरण तथा प्रशिक्षणमा सहयोग गर्ने इच्छा जाहेर गरेको मन्त्री खतिवडाले बताए।डब्ल्युएचओका महानिर्देशक डा
काठमाडौं- स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया) को अध्यक्षमा चितवनका सरोज ढकाल चयन भएका छन्। सौराहामा आज सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनले ढकालको अध्यक्षतामा नौ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।भरतपुरस्थित श्री मेडिकल एण्ड टेक्निकल कलेजका सञ्चालक ढकाल यसअघि संघको सल्लाहकार थिए।सो समितिको उपाध्यक्षमाद्वय काठमाडौँस्थित एभरेष्ट नर्सिङ कलेजका सञ्चालक केपी सिंह, विराटनगरस्थित हाम्रो स्कुल अफ नर्सिङका सञ्चालक डा शङ्करप्रसाद अधिकारी, महासचिवमा काठमाडौँस्थित नर्भिक इष्टिच्युट अफ नर्सिङ एजुकेशनका सञ्चालक केएन शर्मा, सचिवमा काठमाडौँकै सान इष्टिच्युट अफ नेपालका सञ्चालक प्रवल श
काठमाडौं– भारतमा कोभिड संक्रमण बढ्न थालेपछि बाँकेको रुपैडिया सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ।हेल्थ डेस्क स्थापना गरी दिनहुँ १५० देखि २०० जनासम्मको एन्टिजेन परीक्षण गरिएको हेल्थ डेस्कका प्रयोगशाला अधिकृत चिरन ज्ञवालीले जानकारी दिए। गत चैत महिनामा ६ हजार ४ सयको एन्टिजेन परीक्षणमा चार जनामा पोजेटिभ देखिएका थियो। सीमा क्षेत्रमा खास गरेर खोप कार्डलाई अनिवार्य गरिएको छ। ‘दोस्रो डोज लगाएको प्रमाणित खोप कार्ड छैन भने पुनः एन्टिजेन परीक्षण गर्ने गरेका छौँ,’ उनले भने। खोपका कारणले पनि विगतमा जस्तो भयावह अवस्था नभएको उल्लेख गर्दै उनले स्वास्थ्य जाँच नगराई सीमा क्षेत्रबाट नेपाल आउन
काठमाडौं– स्वास्थ्यमन्त्री विरोध खतिवडा र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस घेब्रेयससबीच भेटवार्ता भएको छ। आजै मध्यान्ह काठमाडौं ओर्लिएका डब्लुएचओका महानिर्देशक र स्वास्थ्यमन्त्रीबीच स्वास्थ्यमन्त्रालयमा भेटवार्ता भएको हो।भेटवार्ताका अवसरमा महानिर्देशक डा टेड्रोस एड्हानोम ग्रेहब्रेयससले दोस्रो कार्यकालका लागि दिएको उम्मेदवारीमा नेपालले समर्थन गरेको छ। तीन दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेका डा ट्रेडोससँग मन्त्रालयमा भएको भेटघाटमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले उनको उमेद्धारीलाई समर्थन जनाएका हुन्। 'दोस्रो कार्यकालको लागि यहाँको म
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय भारत लगायतका देशहरुमा कोभिड १९ को संक्रमण बढिरहेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ।मन्त्रालयकी प्रवक्ता डा संगीता कौशल मिश्राले बिहीबार जारी गरेको विज्ञप्तिमा संख्यात्मक रूपमा संक्रमण केहि कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम नै रहेको जनाइएको छ। कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले उच्च प्राथमिकता दिँदै यस विरुद्धको खोप अभियान संचालन गरिरहेको मन्त्रालयले जनाएको छ। 'कोभिड १९ को संक्रमणदर भारत लगाएतका छिमेकी राष्ट्रहरूमा पछिल्ला केहि दिनमा बढ्दो क्रममा रहेको वर्तमान अवस्थ
काठमाडौं– ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ। विस्फोटमा अन्य ६ जना घाइते भएकाे महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) यज्ञ विनोद पोखरेलले जानकारी दिए। 'औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा विस्फोट भएको छ। विस्फोटमा ७ जना घाइते भएकामा १ जनाको मृत्यु भएको छ,' एसएसपी पोखरेलले भने। उनका अनुसार अक्सिजन भर्ने क्रममा एउटा सिलिण्डर विस्फोट भएको थियो। एउटा सिलिण्डर विस्फोट हुँदा नजिकै रहेका अन्य सिलिण्डर पनि विस्फोट भएको जानकारी प्राप्त भएको एसएसपी
कर्णाली- कर्णाली प्रदेश सरकारले १८ वर्ष भन्दामाथिका लक्षित जनसङ्ख्याको ६६ प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाएको छ। सुर्खेतमा बुधबार ‘मुख्यमन्त्री–पत्रकार भेटघाट कार्यक्रम’मा प्रदेश सरकारका पछिल्ला उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको कूल जनसङ्ख्याको ५४ प्रतिशतले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा र दोस्रो मात्रा लगाउनुका साथै एक लाख ४० हजार १८८ जनाले बुस्टर डोजसमेत लगाएको जानकारी दिए।छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको भन्दै उहाँले सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहेको बताए। कोरोना खोप अभियानलाई तीव्रता दिनुक
काठमाडौं । सरकारले आजदेखि देशरभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरेको छ ।७५३ वटै स्थानीय तहमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन थालिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन थालिएको हो ।२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य छ । स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट औषधि खुवाउनेछन् ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.