इटहरी/ सुनसरीको इटहरीस्थित बेदान्त हस्पिटलमा बरिष्ठ अन्कोलोजिष्ट बिशेषज्ञ डा.राजिव कुमार देवको सेवा शुरु गरिएको छ। डा.देवले क्यान्सर रोगको उपचार गर्नुहुने भएको हो।लामो समय देखी बिभिन अस्पतालमा आबद्ध रहेर क्यान्सर रोगको उपचार गर्दै आउनुभएका दक्ष, अनुभवी एवं तालिम प्राप्त बरिष्ठ अन्कोलोजिष्ट बिशेषज्ञ देवको सेवा वेदान्त हस्पिटल इटहरीमा शुरु भएको अस्पतालका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठले जानकारी दिनुभयो।Dr.Rajeeb Kumar Deo, MBBS, MD (internal medicine) Consultant medical Oncologist को सेवा यहि शुक्रबार अर्थात पर्सिदेखि शुरु हुने श्रेष्ठको भनाई छ।क्यान्सरको प्रारम्भिक अवस्थामा कुनैपनि ल
बिराटनगर/ कोसी प्रदेशको बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शुक्रबार २०३औं अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस मनाइएको छ। नोबेल अस्पतालको नर्सिङ बिभागले नर्सिङ्ग दिवस बिशेष कार्यक्रम गरेको हो।कार्यक्रममा नर्सिङ्ग दिवसको शुभकामना आदानप्रदान गरी केक काटेर उत्सव मनाइएको छ। सो अवसरमा नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले नर्सिङ्ग दिवसको शुभकामना व्यक्त गर्दै बिरामीहरुको मन जित्ने गरी सेवा गर्न नर्सहरुलाई सुझाव दिनुभयो।नोबेल मेडिकल कलेजका प्राचार्य प्रा.डा.रामहरी घिमिरे, निर्देशक डा.राजेश नेपाल, नायब निर्देशक डा.मुक्ति आचार्य, जेनेरल मेनेजर रुद्रप्रसाद शर्मा, नर्सिङ्ग डाइरेक्टर रा
महोत्तरी / स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य संस्था ब्यवस्थापन तथा संचालन सम्बन्धी ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम वैशाख १६ गते बर्दिबासमा सम्पन्न भएको छ । मधेश प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य तालिम केन्द्र, पथलैयाको आयोजनामा भएको उक्त तालिमको समापनका अवसरमा बोल्नु हुँदै स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख भोला यादवले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन तालिमले मद्दत गर्ने कुरा बताउनुभयो ।“स्वास्थ्य सेवा प्रवाहको सूचकमा मधेश प्रदेश पछाडि परेको छ ।” प्रमुख यादवले भन्नुभयो “सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाह र स्वास्थ्य ब्यस्थापन समितिलाई सक्रिय बनाउ
महोत्तरी/ स्वास्थ्यकर्मीहरुका लागी स्वास्थ्य संस्था ब्यवस्थापन तथा संचालन सम्बन्धी ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम वैशाख १३ गतेबाट बर्दिबासमा शुरु भएको छ ।मधेश प्रदेश सरकार सामाजकि विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य तालिम केन्द्र, पथलैयाको आयोजनामा शुरु भएको तालिमको उद्घाटनका अवसरमा बोल्नु हुँदै तालिम केन्द्रका निर्देशक सरोज न्यौपानेले स्वास्थ्य संस्थालाई सबल र प्रभावकारी बनाउन तथा ब्यवस्थापन समतिलिाई सक्रयि बनाउनका लागी तालिम फलदायी हुने विश्वास ब्यक्त गर्नुभयो ।सोही अवसरमा बोल्नु हुँदै सहयोगी संस्था वल्र्ड भिजन इन्टरनेसनल नेपालका फिल्ड म्याने
रामधुनी / नेकपा एमाले मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा विस्तार अभियान-२०७९ सनिबार रामधुनी- ८ को डुम्राहा मा सम्पन्न भएको छ।रामधुनी -८ का पार्टी सदस्य सहभागि रहेको कार्यक्रमलाई नेकपा एमालेका कोशी प्रदेस संसदीयदलका प्रमुख सचेतक रेवती भण्डारी ले पार्टीका सिद्धान्त, विचार, भुमिका बारेमा प्रशिक्षण गर्नु भएको थियो।मिसन ग्रासरुट अन्तर्गत वडा नं ८ को अबस्थाको प्रतिवेदन वडा नं ८ का अभियन्ता डेगराज फुयालले प्रस्तुत गर्नु भएको थियो।कार्यक्रममा अभियान सफलताको लागि नेकपा एमाले रामधुनी नगरकमिटी अध्यक्ष यज्ञरा
महोत्तरी / एकिकृत ग्रामिण विकास समाज महोत्तरीद्वारा वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा महोत्तरी जिल्लामा सञ्चालन भइरहेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत स्वास्थ्य संस्थाको क्षमता सुदृढिकरणका लागि विभिन्न प्रकारका स्वास्थ्य उपकरणहरु आज वैशाख ७ गते एक कार्यक्रम बीच एकडारा गाउँपलिका लाई हस्तान्तरण गरिएको छ ।उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्नु हुँदै स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख भोला यादवले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सामाग्रीहरुले अझ मद्दत गर्ने कुरा बताउनुभयो ।“महोत्तरी जिल्लाका १५ स्थानीय तहको स्वास्थ्य सेवाको अवस्था सन्तोषजन
महोत्तरी / प्रदेश स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक समितिका अध्यक्ष तथा मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष माननीय नाथु प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भयो ।उक्त अवसरमा बोल्नु हुँदै चौधरीले मधेश प्रदेशका बालबालिकाहरुमा कुपोषणको समस्या रहेकोले सबै पक्ष मिलेर कुपोषणका विरुद्ध काम गर्नु पर्ने आवश्यकता औल्याउनुभयो । “मधेश प्रदेशले कुपोषण मुक्त प्रदेश बनाउने अभियान थालनी गरिसकेको छ ।” वहाँले भन्नुभयो “पोषणमैत्री स्थानीय तह सम्बन्धी अभिमुखीकरण तथा कार्यक्रमहरु लागु गरेर समुदाय स्तरसम्म अभियान संचालन गर्ने तथा जिल्ला र पालिका स्तरका पोषण तथा खाद्य सुरक्षा समिति
महोत्तरी / एकिकृत ग्रामिण विकास समाज, महोत्तरीद्वारा वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा महोत्तरी जिल्लामा सञ्चालन भइरहेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत स्वास्थ्य संस्थाको क्षमता सुदृढिकरणका लागि विभिन्न प्रकारका स्वास्थ्य उपकरणहरु आज चैत्र ३० गते एक कार्यक्रम बीच सम्सी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्नु हुँदै सम्सी गाउँपालिकाका अध्यक्ष रामनाथ यादवले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सामाग्रीहरुले अझ मद्दत गर्ने कुरा बताउनुभयो ।“स्वास्थ्य उपचार सबैको मौलिक अधिकार हो ।” अध्यक्ष यादवले भन्नुभयो “हस्तान्तरण गरिएका
सुनसरी - राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान)को अध्यक्षमा जगत बहादुर भट्टराई चयन भएका छन् । एशोसिएनको प्रथम साधारणसभा तथा महाधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सभाले एशोसिएसनको बरिष्ठ उपाध्यक्षमा कृष्ण बहादुर राउतलाई चयन गरेको छ । त्यस्तै उपाध्यक्ष (पुरुष) मा बालगोपाल श्रेष्ठ, उपाध्यक्ष (महिला) मा सरिता भण्डारी, उपाध्यक्ष (कोशी प्रदेश) मा डा.सञ्जिव कुमार यादव, उपाध्यक्ष (मधेस प्रदेश) मा संजय कुमार प्रसाद, उपाध्यक्ष (बाग्मती प्रदेश) दिल बहादुर श्रेष्ठ, उपाध्यक्ष (गण्डकी प्रदेश) मा डा.प्रफुल्ल चन्द्र यादब, उपाध्यक्ष (लुम्बिनी प्रदेश) मा शालिक राम भु
इटहरी । सुनसरीको इटहरीस्थित एपेक्स हस्पिटल नयाँ व्यवस्थापनमा विभिन्न योजना सहित सञ्चालन भएको छ । अस्पतालमा सञ्चालक देखि व्यवस्थापकीय समूह सबै परिवर्तन भई नयाँ योजना सहित सञ्चालन हुने भएकाे हाे । बिगत लामाे समयदेखी सेवाग्राहीहरूको मन जित्दै आएको यस अस्पतालमा लेखी सुब्बाको प्रवेश सँगै नयाँ योजना तथा व्यवस्थापनमा सञ्चालन हुने भएको जनाइएकाे छ । विगतमा निश्चित समय तोकेर सेवा दिँदै आएको अस्पतालले अब २४ सै घण्टा सेवा दिने भएकाे छ । सबै प्रकारका रोगहरूसँग सम्बन्धित वरिष्ठ चिकित्सक राखेर अस्पताल सञ्चालनमा ल्याइनुका साथै नयाँ उपकरणहरू जडान गर्ने कार्य भइरहेकाे अध्यक्ष सुब्बा बताउछन् ।अस्पताल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.