इटहरी । सुनसरीको इनरुवामा सञ्चालन भएको दुई दिने आँखा शिविरमा १ सय ३१ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । इनर ह्वील क्लब अफ पाटनको आयोजनामा माट्रीका आँखा केन्द्रको प्राविधिक सहयोग, इनरुवा नगरपालिका, जिल्ला अस्पताल इनरुवाको समन्वय, डी एन ग्रुप अफ कम्पनीज र जग्गा तथा आवास विकास संघ सुनसरको विशेष सहयोगमा निःशुल्क आँखा शिविर तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न गरेको हो । माघ १२ र १३ गते दुई दिनसम्म सञ्चालन भएको आँखा शिविरमा ४ सय जना बिरामीको चेकजाँच गरिएको र अन्य १ सय ३१ जना मोतियाबिन्दु भएका बिरामीको शल्यक्रिया गरिएको जग्गा तथा आवस बिकास संघ सुनसरी अध्यक्ष नेत्र प्रसाद चौलाग
इटहरी । सुनसरीका ४८ हजार बढी बालिकाहरुमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन लागिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाए अनुसार जिल्लाभरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका बालिकाहरुमा (एचपिभी) खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार सुनसरीमा माघको २२ गतेबाट फागुन २ गते सम्म एचपिभी खोप कार्यक्रम संचालनमा ल्याउन लागिएको छ । खोप अभियानमा सुनसरीका ४८ हजार ८ सय ५६ जना बालिकालाई समेटिने स्वास्थ्य कार्यालयले जनाएको छ । इनरुवामा सरोकारवालाहरुको उपस्थितिका बिच अभियान बारे जानकारी गराएको स्वास्थ्य कार्यालयले खोपका लागि सबै विद्यालयमा पुग्न
इटहरी । नेपाल सुनचाँदी व्यवसायी संघको आयोजनामा इटहरी उपमहा नगर पालिका अगाडि रक्तदान कार्यक्रम भएको छ । संघले आफ्नो स्थापनाको एघारौँ स्थापना दिवसको अवसरमा सो कार्यक्रमको आयोजना गरेको हो । संघका अध्यक्ष टिकाराम विश्वकर्मा को अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक राजु विश्वकर्मा हुनुहुन्थ्यो । रक्तदानकार्यक्रममा संघका पदाधिकारी, सदस्य, उद्यमी व्यवसायी, कर्मचारी र स्वतन्त्र ब्यक्तिहरूले समेत ७० जना भन्दा बढी रक्तदाताको सहभागिता रहेको संस्थाका सचिव रमेश बराइली ले बताउनुभयो । कार्यक्रममा पदाधिकारीहरू सहसचिव इन्द्र रसाइली आफ्नो धारणा राख्दै सुनचादी व्यवसायी व्यवसाय मात्र होइन। सामाज
इटहरी । सुनसरीको दुहबी नगरपालिका वडा नं. ७, भालुवामा ग्रामीण महिला उत्सुकता विकास मञ्च फरवार्डले जाडोबाट प्रभावित गरिब, विपन्न, असहाय तथा समुदायका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । आइतबार संघीय सांसद भगवती चौधरीको प्रमुख अतिथ्यतामा ५३ पिस न्यानो कपडा वितरण गरिएको हो । शीतलहर र चिसोबाट प्रभावित व्यक्ति तथा परिवारलाई सहयोग पुर्याउन स्थानीय स्तरमा जाडोको चपेटाबाट जोगाउन जेष्ठ नगरिकलाई न्यानो कपडा वितरण गरिएको हो । सो क्रममा सांसद चौधरीले आफ्नो क्षेत्रमा भइरहेका विकास निर्माणका कार्यहरूको नियमन, अनुगमन गरेको जनाउँदै स्थानीय सरकार, प्रादेशिक सरकार र केन्द्र सरकारबाट प्राप्त योजना र
इटहरी । जिल्ला अस्पताल सुनसरी इनरुवामा वृहत आँखा शिविरको आयोजना गरिएको छ । इनरुवा नगरपालिकाको कार्यालय र इनरुवा अस्पतालको समन्वयमा ईनर ह्रवील क्लब अफ पाटनले आइतबार एक दिने निःशुल्क आँखा शिविरको आयोजना गरेको हो । माट्रिका आँखा केन्द्र पुरानो बानेश्वरको प्राविधिक सहयोगमा आयोजित आँखा शिविरमा ३ सय बढीले आँखा जाँच गराएको आयोजकले जनाएको छ । शिविरमा आँखा जाँच गराएका बिरामी मध्येबाट मोतिविन्दु भएकाहरुको इनरुवामै निःशुल्क शल्यक्रियाको समेत बन्दोवस्ती मिलाइएको छ । आयोजक ईनर ह्रवीलकी अध्यक्ष बिजय लक्ष्मी शाक्यले शिविरमा बढीभन्दा बढी बिरामीको आँखा जाँच गर्ने लक्ष्य रहेको बताउनुभयो । सामाजिक क्षेत्रमा काय
काठमाडौं । रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीले अबदेखि निःशुल्क औषधि पाउने भएका छन् । निकै महँगो औषधि आवश्यक पर्ने रोगको उपचारका लागि बिरामीहरूले सरकारसँग आग्रह गर्दै आएका थिए । जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधि अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाट समेत उपलब्ध गराउनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस औषधिका लागि राज्यकोषमा भार नपर्ने गरी विश्व हिमोफिलिया महासंघमार्फत प्राप्त गर्ने मन्त्रालयअन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा। कृष्ण पौडेलले
इटहरी । विराटनगरस्थित नोबेल मेडिकल शिक्षण अस्पतालले नेपालमै पहिलो पटक ४० सेकेन्डमा क्यान्सरको उपचार गर्ने प्रविधि भित्र्याएको छ । नोबेल अस्पतालले गत असोजदेखि क्यान्सरको उपचार सेवा दिन थालेको हो । नोबेल मेडिकल कलेज शिक्षण अस्पतालका सञ्चालक एवम् प्रतिनिधि सभाका सदस्य डा। सुनीलकुमार शर्माले यो प्रविधिमा क्यान्सरको उपचार गर्ने नोबेल अस्पताल पहिलो भएको बताउनुभयो । डा। शर्माका अनुसार दक्षिण एसियामा यो प्रविधि भित्र्याउने नोबेल नवौं अस्पताल हो । भारतका अस्पतालमध्ये मुम्बईस्थित कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा एउटा, म्याक्स अस्पतालमा तीन वटा, नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा २ गर
इटहरी । खाँदबारीमा सञ्चालित तेजरत्न आँखा तथा कान उपचार केन्द्रमा ६३ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । केन्द्रले सोमबार र मंगलबार आयोजना गरेको शिविरमा पाँच सय २३ जनाको सामान्य आँखा जाँच गरिएको तेजरत्न आँखा उपचार केन्द्रका प्रमुख क्षितिज बरालले बताए। मेची आँखा अस्पताल झापाको सहयोगमा सञ्चालित शिविरमा सङ्खुवासभा, धनकुटा र भोजपुरका आँखा रोगीले उपचार सेवा लिएका छन् । मेची आँखा अस्पतालका डा पुरुषोत्तम जोशी नेतृत्वको टोलीले शिविरमा आएका बिरामीको उपचार गरेको थियो । वडा वडामा आँखा जाँच गरेर मोतिया बिन्दु लागेका बिरामीको पहिचान गरी उनीहरूलाई निःशुल्क उपचार गरिएको उपचार केन्द्रका प्र
काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ९टिचिङ हस्पिटल० ले सोमबारदेखि स्वास्थ्य बीमा कार्यक्रम पूर्णरूपमा पुनः सञ्चालनमा ल्याएको छ । गत १२ भदौदेखि आंशिक रूपमा स्थगित गरिएको यो सेवा पाँच महिनापछि पूर्ण रूपमा सञ्चालनमा आएको हो । अस्पतालका निमित्त निर्देशक डा। घनश्याम गुरुङका अनुसार स्वास्थ्य बीमा बोर्डले ल्याएको नयाँ प्याकेजप्रतिको असहमति र बोर्डबाट प्राप्त हुनुपर्ने सोधभर्ना रकम नपाएका कारण सेवा आंशिक रूपमा स्थगित गर्नु परेको थियो । अस्पताल प्रशासनका अनुसार गत पाँच महिनादेखि स्वास्थ्य बीमाबाट हुने गरेको भर्ना, शल्यक्रिया लगायत सेवा पूर्णरूपमा ठप्प थियो । स्थग
काठमाडौं । भारतको एक अदालतले योगगुरु रामदेवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । रामदेव र उनका सहयोगी आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी भएको टेलिग्राफ इन्डियाले जनाएको छ ।रामदेवको पतञ्जलि आयुर्वेदिक कम्पनीले औषधिबारे भ्रामक विज्ञापन गरेको भन्दै उजुरी परेको थियो । सोही विषयमा रामदेव र बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।पालक्कड जिल्ला अदालतले यी दुईविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पतञ्जलिले औषधिबारे भ्रामक विज्ञापन गरेको भन्दै एक चिकित्सकले तीन वर्षअगाडि उजुरी दिएका थिए ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.