स्वास्थ्य

    Showing १-१० of ५९९ items.
  • पिनाकल फिटनेसमा ५० प्रतिशतसम्म विशेष छुट अफर

    इटहरी । इटहरी–६, संगीत चोकस्थित पिनाकल फिटनेसले स्वास्थ्य तथा फिटनेसप्रति रुचि राख्नेहरूलाई लक्षित गर्दै विशेष छुट अफर सार्वजनिक गरेको छ। पिनाकल फिटनेसले यही असोज २० गतेदेखि २७ गतेसम्म सीमित अवधिका लागि सदस्यता तथा फिटनेस सेवामा ५० प्रतिशतसम्म छुट उपलब्ध गराउने जनाएको छ।दैनिक व्यस्त जीवनशैलीका कारण आफ्नो स्वास्थ्य र शारीरिक तन्दुरुस्तीमा पर्याप्त ध्यान दिन नसकिरहेका तथा नयाँ फिटनेस यात्रा सुरु गर्न चाहनेहरूका लागि यो अफर उपयोगी हुने विश्वास गरिएको छ। नियमित व्यायाममार्फत शरीरलाई स्वस्थ, तन्दुरुस्त र सक्रिय राख्न चाहनेहरूले यस विशेष अफरको अवसर लिन सक्नेछन्।सीमित अवधिका लागि मात्र लागू हुने भएका

    • प्रकाशित मितिः असोज १८, २०८३
    • १४८ पटक पढिएको
  • केराबारीमा खोरेतविरुद्ध निःशुल्क खोप अभियान सुरु

    मोरङ । मोरङको केराबारी गाउँपालिकामा पशुचौपायामा लाग्ने खोरेत रोग नियन्त्रण तथा रोकथामका लागि निःशुल्क खोप अभियान सुरु भएको छ।केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनकुमारी मगरको उपस्थितिमा खोरेत रोगविरुद्धको निःशुल्क खोप अभियान औपचारिक रूपमा शुभारम्भ गरिएको हो। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, पशु प्राविधिक तथा पशुपालक कृषकहरूको सहभागिता रहेको थियो।पशुधनमा खोरेत रोगको संक्रमण न्यूनीकरण गर्दै कृषकका पशुचौपायाको स्वास्थ्य संरक्षण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियान गाउँपालिकाका सबै वडामा सञ्चालन गरिने जनाइएको छ। कार्यक्रममा पशुचौपायालाई समयमै खोप लगाउन तथा रोगबाट बच्न आवश्यक सावधानी अपनाउन कृषकला

    • प्रकाशित मितिः असोज १७, २०८३
    • १२२ पटक पढिएको
  • दुई महिनामै फेरिँदै सुनसरी जिल्ला अस्पतालको रूपरेखा, बीमाको औषधि र ब्लड बैंक व्यवस्थापनमा तीव्रता

    इटहरी । जिल्ला अस्पताल सुनसरीमा पछिल्लो दुई महिनायता सेवा प्रवाह र व्यवस्थापन सुधारका प्रयासलाई तीव्रता दिइएको छ । नयाँ मेसु डा. सन्तोष प्रसाद साह आएपछि अस्पतालको सेवा व्यवस्थित बनाउने र सेवाग्राहीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने कामलाई प्राथमिकता दिइएको हो । अस्पतालका मेसु डा. सन्तोष प्रसाद साहले अस्पतालको सेवा सुधारसँगै अस्पतालमा उपचारका लागि आउने बिरामी तथा सेवाग्राहीको चाप बढ्न थालेको बताउनुभयो । अस्पतालमा विशेषज्ञ सेवाको विस्तारसँगै नेपालमै पहिलोपटक जिल्ला अस्पतालमा फोरेन्सिक डाक्टर सहितको सेवा सुरु गरिएको उहाँले दाबी गर्नुृभएको छ । त्यस्तै, स्वास्थ्य बीमामार्फत उपलब्ध हुने औषधिक

    • प्रकाशित मितिः असोज ८, २०८३
    • ९८ पटक पढिएको
  • स्वास्थ्य मन्त्री पराजुलीद्वारा सञ्चारकर्मीसँग अन्तरक्रिया

    विराटनगर । कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले सञ्चारकर्मीहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ। मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो चरणमा स्वास्थ्य क्षेत्रको अवस्था, आफूले अघि बढाएका काम तथा आगामी योजनाबारे मन्त्री पराजुलीले सञ्चारकर्मीलाई जानकारी गराउनुभएको हो। मन्त्री पराजुलीले प्रदेशअन्तर्गतका अस्पताल, स्वास्थ्य कार्यालय तथा आयुर्वेद केन्द्रहरूको अनुगमन र सेवा प्रवाहमा देखिएका समस्याबारे जानकारी गराउँदै स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राखेर काम अघि बढाइरहेको बताउनुभयो।उहाँले अस्पतालमा आवश्यक जनशक्ति, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन, से

    • प्रकाशित मितिः असोज ७, २०८३
    • ४५४ पटक पढिएको
  • स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीलाई भन्यो: अत्यावश्यक अवस्थाबाहेक बिदा नलिनु

    काठमाडौं । रसुवा बाढीमा प्रभावितहरूको संख्या बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन निर्देशन दिएको छ ।मन्त्रालयले सार्वजनिक बिदाको दिनमा समेत खोज, उद्धार र उपचार सेवाका लागि तयारी अवस्थामा रहन कर्मचारीलाई निर्देशन दिएको हो । मन्त्रालयको प्रशासन तथा व्यवस्थापन शाखाले शुक्रबार जारी गरेको निर्देशनमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित क्षेत्रमा खोज, उद्धार, स्वास्थ्योपचार र राहतको काम भइरहेको जनाएको छ ।मन्त्रालयले आफू मातहतका सबै कर्मचारीलाई विपद् व्यवस्थापनम

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १३० पटक पढिएको
  • दुई स्थानमा स्वास्थ्य शिविर, १५६ जनाले लिए विशेषज्ञ सेवा

    इटहरी । धनकुटाको महालक्ष्मी नगरपालिका–१ घुमाउने र सङ्खुवासभाको धर्मदेवी नगरपालिका–५ बुद्धचोकमा सञ्चालन गरिएको निःशुल्क विशेषज्ञ स्वास्थ्य जाँच तथा उपचार शिविरबाट १५६ जना लाभान्वित भएका छन् । घुमाउनेस्थित स्कुलडाँडा आधारभूत स्वास्थ्य चौकीमा आयोजित शिविरबाट ३१ जनाले सेवा लिएका छन् । शिविरको आयोजना प्रगतिशील कृषि तथा पशुपन्छीपालन कृषक समूह, घुमाउनेले गरेको हो । त्यस्तै, धर्मदेवी नगरपालिका–५ बुद्धचोक स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजित शिविरबाट १२५ जनाले स्वास्थ्य सेवा लिएका छन् । उक्त शिविर धर्मदेवी नगरपालिका–५ नम्बर वडा कार्यालयको आयोजनामा सञ्चालन गरिएको थियो । शिविरमा विशेषज्ञ चिकित्स

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १४५ पटक पढिएको
  • सिर्जनशील क्लबको आयोजनामा लोचनीमा रक्तदान कार्यक्रम हुँदै

    सुन्दरहरैँचा / सिर्जनशील क्लबको आयोजनामा रक्तदान कार्यक्रम सञ्चालन हुने भएको छ। “रक्तदान जीवनदान” भन्ने मूल सन्देशसहित आयोजना गर्न लागिएको कार्यक्रममा रक्तदान गरी मानवीय सेवामा योगदान गर्न सबैलाई आह्वान गरिएको छ।क्लबले २०८३ साल साउन ९ गते शनिबार बिहान ८ः३० बजेदेखि १०ः०० बजेसम्म सिर्जनशील क्लब भवन सुन्दरहरैँचा–लोचनीमामा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो। रगत अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीलाई सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सिर्जनशील क्लबका अध्यक्ष एकराज पोखरेलले जानकारी दिनुभयो। उहाँले स्वस्थ तथा इच्छुक व्यक्तिहरूलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • १०७ पटक पढिएको
  • भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि, विशेषज्ञ चिकित्सक थपिएसँगै सरकारी अस्पतालप्रति बढ्यो सेवाग्राहीको विश्वास

    इटहरी।  झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो एक वर्षमा दोब्बरभन्दा बढीले बढेको छ ।अस्पतालमा विशेषज्ञ जनशक्ति थपिनु, प्रसूति सेवामा सुधार हुनु तथा सरकारी अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दै जानुले प्रसूति सेवा लिनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको तथ्याङ्क शाखाका सूचना संयोजक जेनिस घलेका अनुसार आर्थिक वर्ष २०८२र८३ मा एक हजार ७०८ जनाले प्रसूति सेवा लिएका छन् । अघिल्लो आव २०८१र८२ मा जम्मा ७८७ जना मात्र यो सेवा लिएका थिए ।त्यस्तै, आव २०८०र८१ मा भने अस्पतालबाट ८१९ जनाले प्रसूति सेवा लिएका थिए । अस्पतालको तथ्याङ्कअन

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • १३० पटक पढिएको
  • इटहरीस्थित सामुदायिक सर्पदंश उपचार केन्द्र: १८ हजारभन्दा बढी बिरामीको ज्यान बचाउँदै, पूर्वी नेपालका सर्पदंश पीडितका लागि भरपर्दो स्वास्थ्य संस्थाका रूपमा स्थापित

    इटहरी । सैनिक नागरिक सम्बन्ध विस्तार अभियान अन्तर्गत पूर्वी पृतना हाताभित्र सञ्चालित सामुदायिक सर्पदंश उपचार केन्द्र पूर्वी नेपालका सर्पदंशपीडितका लागि भरोसाको केन्द्र बनेको छ । इटहरीको सामुदायिक सर्पदंश उपचार केन्द्रले स्थापनाकालदेखि अहिलेसम्म १८ हजारभन्दा बढी सर्पदंशका बिरामीको उपचार गरी जीवन जोगाएको छ । केन्द्रको स्थापना २०६९ सालमा भएको केन्द्रले सर्पदंशका बिरामीलाई प्रभावकारी सेवा प्रदान गरेको केन्द्रका अध्यक्ष दिवस पोख्रेल बताउनुहुन्छ । उहाँका अनुसार सुनसरीसँगै मोरङ, धनकुटा, सप्तरी, उदयपुरलगायत भारतीय सीमावर्ती क्षेत्रबाट समेत सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेका छन् । केन्द्रमा हा

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • ११४ पटक पढिएको
  • इटहरीका १० हजार बिद्यार्थीको आँखा परीक्षण गर्दै रोटरी

    इटहरी । रोटरी क्लब अफ इटहरीले इटहरीका १० हजार बालबालिकाको आँखा परीक्षण गर्ने लक्ष्यसहित वर्षभरि आँखा स्वास्थ्य अभियान सञ्चालन गर्ने भएको छ।क्लबले इटहरीका कम्तीमा २२ वटा विद्यालय तथा समुदायमा शिविर सञ्चालन गरी बालबालिकामा देखिने आँखा सम्बन्धी समस्या समयमै पहिचान गर्ने तयारी गरेको छ। यसै क्रममा क्लबले १४ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै बिहिबार विराटनगर आँखा अस्पतालसँग सम्झौता गरेको छ। आर्थिक अभाव वा जानकारीको कमीका कारण सामान्य समस्या पनि जटिल बन्न सक्ने भएकाले यो अभियान सुरु गरिएको क्लबका अध्यक्ष चेतन धमलाले जानकारी दिनुभयो। अभियान अन्तर्गत भदौ ६ गतेदेखि प्रत्येक महिनाको पहिलो शनिबार इटहरी

    • प्रकाशित मितिः साउन २८, २०८३
    • २८६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]