काठमाडौं । स्थानीय तहको निर्वाचनको कारण कोरिया रोजगारीका लागि लिइने कोरियन भाषा परीक्षा स्थगित भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखाले बुधवार एक सूचना जारी गर्दै वैशाख २६ गतेदेखि हुने भनिएको परीक्षा स्थगित भएको जानकारी गराएको हो ।आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका कारण परीक्षा अनिश्चित कालका लागि स्थगित गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ । सन् २०१९ पछि २ वर्ष रोकिएको भाषा परीक्षा सन् २०२२ को लागि नौ हजार ६ सय ५४ जनालाई छनोट गर्ने योजना छ । कोरियाले कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ७ सय ४१ र उत्पादनमूलक क्षेत्रमा ६ हजार ९ सय १३ नेपाली लैजाने तयारी गरेको छ ।ईपीएस अन
काठमाडौँ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि शिक्षण संस्था पनि शनिबार र आइतबार बन्द हुने भएका छन् ।शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यालय र क्याम्पस पनि दुई दिन बन्द गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए ।सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९ः ३० बजेदेखि साँझ ४ः३० सम्म सञ्चालन हुने उनले जानकारी दिए ।बिहान १० बजेदेखि ५ बजे सम्म सञ्चालन हुने कार्यालय भने बिहान साढे ९ बजे खुल्ने र साँझ साढे ५ बजे बन्द हुनेछन् ।सरकारले जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो । शिक्षामन्त्री पौडेलले परीक्षणका रूपमा मात्रै बिदा दिने निर्णय गर
इटहरी । पुर्वी नेपालको इटहरीमा स्थापना भएर शैक्षिक क्षेत्रमा महत्पुर्ण योगदान गर्दै आएको कस्तुरी कलेजले एक कार्यक्रमको आयोजना गरी आफनो २३औं स्थापना दिवस मनाएको छ । रामचन्द्र अधिकारीको अध्यक्षतामा कलेजले एक विशेष कार्यक्रमको आयोजना गरी २३औं बार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सव कार्यक्रमको अवसरमा लक्ष्मी स्मृति छात्रावृत्ति बाट नगद पाँच हजार सहित रैशा बिष्टलाई सम्मान गरियो त्यसै गरी कलेजका तर्फबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पनि नगद सहित पुरस्कृत गरियो । सोही अवसरमा राष्ट्यि कलाकार प्रमोद खरेल सहित कलेजका विद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत ग
काठमाडाैं / माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदैछ । पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २ लाख ५७ हजार ९ सय २७ छात्र र २ लाख ५७ हजार ५३ छात्रा छन् ।बाेर्डले एसईईका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तोकेको छ । विद्यार्थीहरूले ती परीक्षा केन्द्रमार्फत परीक्षा दिनेछन् । बोर्डले परीक्षालाई व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्ष
दक्षिणकाली नगरपालिका चाल्नाखेल-१ निवासी ३५ वर्षीय हरिप्रसाद बुढाथोकीका दुवै हातले काम गर्दैनन् । उनका खुट्टा पनि त्यति सबल छैनन् । सामान्य हिँडडुल गर्न पनि उनलाई कठिन हुन्छ तर उच्च शिक्षा अध्ययन गरेर नोकरी गर्ने उत्कर्ष इच्छा छ। । त्यसैले दाहिने खुट्टाका सहाराले लेख्न सक्ने बुढाथोकी शुक्रबारदेखि सुरु हुने २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुँदैछन् । उनलाई बोल्न पनि गाह्रो छ। निकै कठिनसाथ उनले भने, “क्याम्पस पढेर जागिर खाएर आफ्नो खुट्टामा उभिन्छु।”जन्मँदै शारीरिक अपाङ्गता भएका बुढाथोकीले कक्षा ४ सम्मको पढाइपछि बिरामीका कारण पढाइ छाडे। २०७० सालमा चाल्नाखेल आधारभूत विद्यालयम
शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गर्ने गरी तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । परीक्षाका लागि ती केन्द्रहरूमा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका आवश्यक सामग्री जिल्ला–जिल्ला पठाइसकेको उनले जानकारी दिए ।एसइईका परीक्षा नियन्त्रक अर्जुन रायम
सुन्दरहरैँचा । एमालेसम्बद्ध अनेरास्ववियुले सुन्दरहरैंचा १० स्थित चण्डेश्वरी आधारभूत विद्यालयमा सिलिङ पङ्खा सहयोग गरेको छ । सुकुम्बासी वस्तीभित्रका विपन्न विद्यार्थीहरु पठनपाठन गर्ने उक्त विद्यालयमा गर्मीको समयमा विद्यार्थीको सहजताको लागि आज पङ्खा सहयोग गरेको वताइएको छ ।विद्यार्थीको पक्षमा काम गर्दै आएको अनेरास्ववियुले ५ थान सिलिङ पङ्खा स्कुलका प्रधानाध्यापकसमक्ष हस्तान्तरण गरेको हो । विद्यार्थी नेता मिलन घिमिरेको नेतृत्वमा अनेरास्ववियु सुन्दरहरैंचा नगर कमिटी, सुकुना बहुमुखी क्याम्पस कमिटी र व्यक्तिगत सहयोग जुटाएर पङ्खा प्रदान गरिएको जानकारी गराइएको छ । अनेरास्ववियुले अन्य विद्यालयमा समेत शैक्ष
यसवर्ष लिन लागिएको माध्यमिक शिक्षा परीक्षा एसइइको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी शुक्रबारदेखि सुरु गर्ने एसइइ परीक्षा वैशाख २० गतेसम्म सञ्चालन हुने छ । परीक्षाका लागि मुलुकभर दुई हजार सात परीक्षा केन्द्र तोकिएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको प्रश्नपत्र बोर्डले तयार पारेको छ ।प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका परीक्षा सामग्री सबै जिल्लामा पुगिसकेको छ । सातवटै प्रदेशमा सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा एसइइ सञ्चालन हुने छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । त्यस्तै, वेदविद्याश्रमतर
इटहरी : इटहरी तथा आसपासका विरामीहरुलाई उपचारका लागि बाहिर जानु नपरोस भनेर नीजि क्षेत्रबाट इटहरीमा सञ्चालित पहिलो अस्पताल सामुदायिक अस्पतालले हाडजोर्नी, नशा तथा प्रसुती सम्वन्धी सेवाका लागि २४ घण्टे आकस्मिक सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।अस्पतालले सेवा विस्तारका विषयमा जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा हाडजोर्नी, नशा तथा प्रसुती सम्वन्धी सेवाका विशेषज्ञ चिकित्सकबाट २४ घण्टे आकस्मिक सेवा सञ्चालनमा ल्याएको जानकारी गराएको हो । वि.सं.२०५६सालमा इटहरी तथा आसपासका क्षेत्रका विरामीहरु उपचारका लागि रातको समयमा समेत धरान र विराटनगर जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै
इटहरी । विद्यार्थीहरुलाई पूर्विय संस्कार तथा वैदिक दर्शनमा आधारित भएर शिक्षा प्रदान गर्दै आएको नेपाल दयानन्द वैदिक मिसन ग्लोवल एकेडेमीले वार्षिक उत्सवको अवसर पारेर शैक्षिक प्रर्दशनी एक कार्यक्रमको आयोजना गरेको छ । संस्कारयुक्त शिक्षामा जोड दिदै आएको नेपाल दयानन्द वैदिक मिसन ग्लोवल एकेडेमीले बार्षिक उत्सवको अवसर पारेर विद्यार्थीहरुले तयार पारेका विज्ञान तथा अन्य विषय केन्द्रीत शैक्षिक प्रर्दशनी आयोजना गरेको होे। विद्यालय सञ्चालक समितिका अध्यक्ष धु्रवकुमार सुब्बाको अध्यक्षता तथा पुर्व मन्त्री रामकुमार सुब्बाको प्रमुख आतिथ्यमा आयोजना गरिएको वार्षिक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.