इटहरी २ को महेन्द्र माध्यामिक विद्यालयको खेलकुद सप्ताह कार्यक्रम २०८० सम्पन्न भएको छ । विभिन्न खेलकुदहरू सञ्चालन गरी प्रमुख अतिथि वडा अध्यक्ष माधव कोइराला तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र घिमिरे तथा पदाधिकारीहरु, अभिभाबकहरुको उपस्थितिमा खेलकुद सप्ताह कार्यक्रम २०८० समापन तथा अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशन सम्पन्न गरिएको छ ।
इटहरी/ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद महोत्सव हिसान स्पोर्टस् मिट २०८० माघ १४ गते आइतबार देखि सुरु हुदैछ।पत्रकार सम्मेलनमा नेपाल हिसानका केन्द्रिय सदस्य मुकुन्द घिमिरे, एन्फा सुनसरी बरिष्ठ उपाध्यक्ष भेषराज कार्की महासचिव कोबिद कार्की लगायतको उपस्थिति रहेको थियो ।हिसान स्पोर्टस मिट अन्तर्गत फुटबल, भलिबल, क्रिकेट, चेस, टेबल टेनिस, नृत्य प्रतियोगिताको आयोजना गरिने हिसान सुनसरीका अध्यक्ष सागर प्रसाद भट्टराईले जानकारी दिए। पहिलो दिन हिसान रन आयोजना गरेर १० औं स्पोर्ट मिट सुरु हुने स्पोर्ट मिट संयोजक सुवास लुइटेलले बताए । स्प
सुनदरहैचा / स्मृति इङलिस बोर्डिङ स्कुल नेमुवा बुढिगंगा मोरङले स्व. चुडामणि न्यौपानेको स्मृतिमा "सामाजिक संजालको प्रयोग नबिनतम ज्ञानको प्राप्ति कि समयको दुरुपयोग" विषयमा आधारीत रहेर भएको मोरङ जिल्ला स्तरीय वादविवाद प्रतियोगितामा मोरङक निजी तथा सामुदायिक ३७ बिधालयका बिध्यार्थिलाइ पछि पार्दै "सामाजिक संजालको प्रयोग नबिनतम ज्ञानको प्राप्ति " पक्षबाट सामुदायिक बिध्यालय श्री सजिलाल मावि की आरती अधिकारी प्रथम भएकी छिन् ।प्रतिनिधि सभा सदस्य ऋषि केस पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम संयोजक राजेश न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्
स्मृति इङलिस बोर्डिङ स्कुल नेमुवा बुढिगंगा मोरङ ले तेस्रो स्व. चुडामणि न्यौपाने स्मृतिमा जिल्ला स्तरीय वादविवाद प्रतियोगिता भएको छ । कार्यक्रम संयोजक राजेश न्यौपानेको अध्यक्षता तथा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा नेपाल सरकार का लेखा समिति अध्यक्ष ऋषि केस पोख्रेल को प्रमुख आतिथ्यतामा भएको थियो ।बुढिगंगा गाउँपालिकाका अध्यक्ष जित नारायण थापा उपाध्यक्ष अमृता गछदार, मनमोहन प्राबिधिक विश्वविद्यालय डा. सुवास श्री पोख्रेल, समाजसेवी राजनितिज्ञ सत्यनारायण चौधरी लगायत स्थानीय बुद्धिजीवी, समाजसेवी, शिक्षा प्रेमी बिध्यार्थी लगायतको उपस्थितिमा भएको कार्यक्रममा निर्णायक को रूपमा प्
इटहरी । नेतृत्व बिकास तथा क्षमता अभिबृद्धी गर्ने उद्धेश्यले इटहरी वडा नं ४ को कार्यालयले ७ दिने नेतृत्व बिकास, उद्घोषण तथा माइन्युट लेखन तालिम सम्पन्न गरेको छ । इटहरी उप महानगर पालिका वडा न. ४ को आयोजना तथा प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा. लि सुन्दरहरैचाको सहकार्यमा पुस २७ गते बाट उद्योग वाणिज्य संघको सभा हलमा भएको तालिम इटहरी उपमहानगरपालिका वडा नं ४ कि वडा सदस्य लक्ष्मी चापागाईंको अध्यक्षता तथा वडा अध्यक्ष भक्त लामाको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो।तालिममा वडा नं ४ का ३९ वटा टोल बिकास सस्थाबाट प्रतिनिधीत्व गर्दै ३९ जना महिला, पुरुषहरुको सहभागिता रहेको वडा सदस्य दिलु बराइलीले बताउ
इनरुवा / सुनसरीका सामुदायिक विधालय व्यवस्थापन समितिहरुको छाता संस्था विधालय व्यवस्थापन समिति महासंघको सुनसरी जिल्ला सम्मेलन फागुन १२ गते हुने भएको छ । धरानमा महासंघका कोशी प्रदेश सचिव हरीबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको जिल्लाका स्थानीय महासंघका अध्यक्षहरुको बैठकले सबै सामुदायिक विद्यालयको हितमा हुने गरि महासंघ सुनसरीको जिल्ला सम्मेलन फागुन १२ गते गर्ने निर्णय गरेको हो । महासंघ गठन भएका सबै स्थानीय तहका अध्यक्ष तथा पदाधिकारीको बैठकले जिल्ला सम्मेलन फागुन १२ गते गर्ने निर्णय गरेको जनाएको छ । पहिलो जिल्ला सम्मेलन हुने भएकाले मुल आयोजक समिति कोशी प्रदेश महासंघ रहने छ भन
इटहरी / लायन्स क्लब अफ इटहरी सुपर समृद्वि र फुजिसान सगरमाथा बोर्डिङ स्कुलको सहकार्यमा निःशुल्क आँखा, सुगर र प्रेसर जाँच सिविर आयोजना गरिएको छ ।नवदृष्टि आँखा हस्पिटल इटहरीको प्राविधिक सहयोगमा भएको सिविरमा पाँच सय जनाभन्दा बढी लाभान्वित भएका छन् ।शुक्रबार इटहरी १९ स्थित फुजिसान सगरमाथा स्कुलको प्राङ्गणमा आयोजना भएको शिविरमा पाँच सय भन्दा बढी लाभान्वित भएका छन् । जहाँ आवश्यकता, त्यहाँ लायन्स भन्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरेको लायन्स क्लबका अफ इटहरी सुपर समृद्विका अध्यक्ष राकेश श्रेष्ठले बताए । शिविरमा दुई सय वटा चस्मा निःशुल्क प्रदान गरिएको र मोतियावि
मिलन अधिकारीसंखुवासभा / अनेरास्ववियु जिल्ला कमिटी संखुवासभाको आयोजनामा ३ बर्षे अखिल रनिङ शिल्ड हाजिर जवाफ प्रतियोगिता हुने भएको हो । संखुवासभामा रहेका ७५ वटा माध्यमिक विधालयलाई समेटेर जिल्ला स्तरीय हाजिर जवाफ प्रतियोगिता हुने भएको छ ।“चेतनशिल नागरिकको काधमा राष्ट्र विकास, विद्यार्थीको बौद्धिक क्षमता वढाउने अनेरास्ववियुको प्रयास” भन्ने मुल नाराका साथ प्रतियोगिता हुने प्रतियोगिताका संयोजक विवश खत्रीले पत्रकार सम्मेलनमा वताएका हुन् । संखुवासभामा रहेका ७५ वटा माध्यमिक विधालयलाई विभिन्न ९ समुहमा विभाजन गरेको छनौट गरी प्रदेश निर्वाचन क्षेत्रिय सेमिफाईनल प्रतियोगिता माघको २२ गते सरस्वती
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका वडा २मा रहेको सरस्वती आधारभुत विद्यालयका बिद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको छ। सो विद्यालयमा रहेका ५५ जना विद्यार्थीलाई निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याबसन) नगर कार्यसमिति सुन्दरहरैंचाले ३३ औं प्याबसन दिवसको अवसर पारेर न्यानो कपडा बितरण गरेको हो। नगरलाई शिक्षा हवको रुपमा बिकास गर्न सबै पक्षको आवश्यकता अपरिहार्यता रहेको नगर शिक्षा शाखा प्रमुख लिलादेवी ओझाले बताउनुभयो । साथै संस्थागत बिधालयको ब्यबस्थापकीय क्षमता र गुणस्तरीय शिक्षाको उच्च प्रशंसा गर्नुभयो । कार्यक्रममा वडा २ का अध्यक्ष बिबस प्रधानले सामाजिक उतरदायित्व न
सामाजिक सन्जालमा सकृय इटहरी रकर्स र जनता बहुमुखी क्याम्पस इटहरीका युवा बिध्यार्थी को सहकार्यबाट निश्चला विष्ट बचाउ अभियान चलाएको छ ।ब्लड क्यान्सरले पीडित निश्चला बिष्टको उपचारमा सहयोग पुर्याउने ऊध्देस्यले जनता बहुमुखी क्याम्पस इटहरीबाट रु. २२,६६५ र इटहरी रकर्स नामक चर्चित फेसबुक ग्रुपबाट संकलन गरेको रु.३८,००० गरेर एकमुष्ट रु.६०,६६५ (साठ्ठी हजार छ सय पैसठ्ठी) रुपैयाँ निश्चला विष्टको परिवारलाई हस्तान्तरण गरेका बिध्यार्थी उज्ववल सिग्देलले बताए ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.