इटहरी / इटहरी बीपीचोक स्थित कस्तुरी कलेज पूर्वी नेपालको उदयीमान व्यापारीक तथा शैक्षिक केन्द्रको रूपमा फड्को मारिरहेको इटहरी क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको अभावलाई परिपूर्ति गर्दै शैक्षिक तथा सामाजिक क्षेत्रमा लामो समय संलग्न भई अनुभव प्राप्त व्यक्तिहरूको संलग्नतामा वि.सं. २०५५ सालमा निजी क्षेत्रको लगानीमा सञ्चालनमा आएको हो । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व तथा २०५९ सालमा इनरुवाबाट कलेज आउने क्रममा दुर्घटनामा परी मृत्यु भएकि लक्ष्मि श्रेष्ठको सम्झनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कलेजले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा विद्
इटहरी । इटहरीमा रहेको विश्वआर्दश एकेडेमीले पहिलो पटक जर्नल प्रकाशनमा ल्याएको छ ।शनिबार एक कार्यक्रमको आयोजना गरी जर्नल जोभाकलाई विमोचन गरिएको हो । पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलिया, सेडाका कार्यकारी निर्देशक प्रा डा. अर्जुन बराल, क्युएए एसेसमेन्ट कमिटिका टिम लिडर प्रा. डा. प्रदिपचन्द्र गौतम, नारायण भण्डारी, क्षेत्रीय परिक्षा नियन्त्रक डा. डिल्ली प्रसाईले संयुक्त रुपमा जर्नललाई विमोचन गरेका हुन् । विगत २१ वर्ष देखि इटहरीमा उच्च शिक्षा अध्यापन गराउदै आएको विश्व आर्दशले स्थानीय क्षेत्रका बहुविषयहरुको अध्ययन अनुसन्धान गरि अनुसन्धान मुलक जर्नल प्रकाशनमा ल्याएको
इटहरी / IDB Global Itahari ले १ औं फिनिस शिक्षा मेला (युरोप शिक्षा मेला) आयोजना गर्ने घोषणा गरेको छ। यहीँ डिसेम्बर २, सोमबार, इटहरीको आइतबारेस्थित विश्व आदर्श कलेज नजिकैको कार्यालयमा हुनेछ ।यो ऐतिहासिक मेलाले विद्यार्थीहरूलाई फिनिस विश्वविद्यालयका प्रतिनिधिहरू र युरोपेली उद्योग विशेषज्ञहरूसँग प्रत्यक्ष सम्पर्क गराई फिनल्यान्ड, डेनमार्क, स्वीडेन, जर्मनी, पोल्याण्ड तथा अन्य प्रमुख युरोपेली देशहरूमा उच्च शिक्षा अवसरहरूको खोजी गर्न सहयोग पुर्याउने लक्ष्य लिएको छ।विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट, सही अध्ययन कार्यक्रम र करियर पथ चयनमा युरोपेली विशेषज्ञहरूको मार्गदर्शन, आवेदन प
इटहरी | इटहरी वडा नं. १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो ६९औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ। यस अवसरमा विद्यालयले ७५ जना विद्यार्थीलाई एक लाख ३७ हजार ४२ रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको छ। बालविकासदेखि कक्षा १२ सम्मका साधारण तथा प्राविधिक विद्यार्थीलाई दाताहरूले स्थापना गरेको अक्षयकोषको ब्याजबाट यो छात्रवृत्ति प्रदान गरिएको हो।इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको प्रमुख अतिथि तथा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कोबित जंग कार्कीको अध्यक्षमा कार्यक्रम गरिएको थियोे ।अक्षयकोषको बढ्दो प्रभावविद्यालयले अहिलेसम्म ७५ जना दाताहरूको सहयोगमा २० लाख ८८ हजार ७७१ रुपैयाँ
बराहक्षेत्र / बराहक्षेत्र नगरपालिकामा "रोबोटिक्स कार्यशाला कार्यक्रम" प्रारम्भ भएको छ । बराहक्षेत्र नगरपालिका वडा नम्बर १० मा रहेको श्री प्रकाश मा.वि., सनसाइन ईंग्लिश बोर्डिङ , डाेबर ईंग्लिश बोर्डिङ र जय सप्तकोसीको ९,१० मा आध्यनरत बिद्यार्थी हरुको उपस्तिथिमा आज रोबोटिक्स कार्यशाला सुरु गरिएको छ ।बराहक्षेत्र -१० वडाकार्यलयको संरक्षकमा र धरान पुर्वन्चल इन्जिनियरिङ क्याम्पसका स्वबियु सभापति इन्जिनियर नवीन श्रेष्ठको संयोजनमा तथा प्रकाशपुर युवा जमातको आयोजनामा रोबोटिक्स कार्यशाला सञ्चालन गरिएको हो।आज उक्त कार्यशाला सभापतिको रूपमा प्रकाशपुर युवा जमातकोअध्यक्ष मनिस मगर रहनु भएको थियो भने प्रमुख
दुहवी / सुनसरीको दुहबी नगरपालिका वडा नम्बर १० मा लागुपदार्थ तथा दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। यो कार्यक्रमले समाजमा लागुपदार्थको दुव्र्यसनीको समस्या र यसबाट हुने नकारात्मक प्रभावहरूबारे जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। कार्यक्रमको आयोजना प्रेस नेटवर्क मेनेजमेन्टले आयोजना गरेको हो भने दुहबी नगरपालिका वडा नम्बर १० ले यसमा विशेष सहयोग गरेको थियो। हेल्पिङ युथ सुनसरी र इलाका प्रहरी कार्यालय दुहबीको सहकार्यमा कार्यक्रम सफलतापूर्वक सञ्चालन भएको हो।कार्यक्रम दुहबी वडा नम्बर १० को जनता माबि सिमरियामा आयोजना गरिएको थियो, जहाँ प्रमुख अतिथिको रूपमा दुहबी नगरपा
सुयोग ढकाल / विश्व राजनीतिको इतिहासलाई फर्केर हेर्ने हो भने राजनीतिक परिवर्तनमा होस् या राजनीतिक चेत विकास गर्न र विस्तार गर्न विद्यार्थीको भूमिका निकै महत्त्वपूर्ण छ । विद्यार्थीका कारण नेपालमा मात्र होइन, विश्वका विभिन्न देशमा ठूला राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनहरु भएका छन् ।विद्यार्थीहरुको यही योगदानलाई स्मरण गर्दै १७ नोभेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रुपमा मनाउने गरिन्छ । तर, यसको अर्थ के होइन भने यसलाई राजनीतिक दिवसको सन्दर्भमा मात्र लिने गरिन्छ । यसलाई त बरु अहिले गैराराजनीतिक तथा बहुसाँस्कृतिका दिवसका रुपमा विश्वभरका विभिन्न विश्वविद्यालय तथा कलेजहरुले मनाउने
धरान / धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ औँ दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ, जसमा विभिन्न संकायका ६५७ विद्यार्थीहरू दीक्षित भएका छन्। प्रतिष्ठानले सन् २०१० देखि २०१७ सम्मका एमबिबिएस (ब्याचलर अफ मेडिसिन एन्ड ब्याचलर अफ सर्जरी), बिडिएस (ब्याचलर अफ डेन्टल सर्जरी), एमडी (डाक्टर अफ मेडिसिन), एमएस (मास्टर अफ सर्जरी), एमडिएस (मास्टर अफ डेन्टल सर्जरी), डिएम, एमसिएच, बिएससी नर्सिङ (ब्याचलर अफ साइन्स इन नर्सिङ) र २०१२ देखि २०१८ सम्मका एएससी नर्सिङ, बिएमएलटी (ब्याचलर अफ मेडिकल ल्याबोरेटरी टेक्नोलोजी), बिएमआइटी (ब्याचलर अफ मेडिकल इमेजिङ टेक्नोलोजी), एपिएस र पिएडी (पब्लिक हेल
धरान । उपत्यका बाहिर पहिलो पटक चिकित्सा शिक्षा अध्ययन गर्न सुरु गरेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गरेका विद्यार्थीहरू अहिले नेपालका विभिन्न प्रतिष्ठान सँगै विदेशका अस्पतालहरूको नेतृत्व गरिरहेका छन्। प्रतिष्ठानको स्थापन भएको ३० वर्षमा प्रतिष्ठान भनेको विकास भने जस्ताको तस्तै छ । यसको विकास तथा प्रवर्द्धन तथा अनुभव आदान प्रदान गर्न उद्देश्यले प्रतिष्ठानका अध्ययन गरेका पूर्व विद्यार्र्थीहरु पहिलो पटक भेला हुने भएका छन् । पूर्व विद्यार्थी सङ्घ गठन गर्दै उनीहरूले प्रतिष्ठानको स्थापनाको ३० वर्ष पछि पहिलो पटक पूर्व विद्यार्थी सम्मेलन गर्न लागेका हुन् । प्रतिष्ठानमा आइतब
सुनसरी / सुनसरीको कोशी गाउँपालिकाको वडा -३ कुसाहा कान्छी चोकमा रहेकोे प्रतिष्ठित शैक्षिक संस्था "सुनसरी स्टार इङलिस बोर्डिङ स्कुल" २०६८ सालमा स्थापना भई नर्सरीदेखि ८ कक्षासम्मका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ। यस बिधालयका बिद्यार्थी हरुले विभिन्न ठाँउमा बिद्यार्थीको प्रतिभा प्रस्फुटन गरे संगै कोशी सामुदायिक युवा क्लबले आयोजना गरेको छठ पर्व विशेष सास्कृतिक कार्यक्रममा उत्कृष्ट नृत्य समेत प्रदर्शन गरेको थिए । हाल कोशी गाउँपालिकाभरि रहेको जम्मा १६ वटा निजी विद्यालयहरूमध्ये प्रशासनिक तथा शैक्षिक गुणस्तरका हिसाबले उत्कृष्ट मानिने यस विद्यालयले जिल्ला स्तरी
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.