शिक्षा

    Showing २३१-२४० of ७८९ items.
  • पूर्वाञ्चल विश्वविद्यालयका आठ हजार १५० विद्यार्थी दीक्षित

    इटहरी । प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको उपस्थितिमा मङ्गलबार पूर्वाञ्चल विश्वविद्यालयको १३ औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुनेमा कला सङ्कायका २०४, कानुनका ४०७, शिक्षाशास्त्र सङ्कायका ९०६, व्यवस्थापन सङ्कायका दुई हजार २४९, चिकित्साशास्त्र सङ्कायका दुई हजार १९८, विज्ञान तथा प्रविधि सङ्कायका ६५४ तथा इन्जिनियरिङ सङ्कायका एक हजार ४४२ विद्यार्थी रहेका छन् । प्रधानमन्त्री ओली दीक्षान्त समारोहका कार्यक्रम सकेर अहिले कोशी प्रदेशसभामा सम्बोधन गरिरहनुभएको छ ।

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • ४१० पटक पढिएको
  • अरूण गाउँपालिकामा शिक्षकहरूलाई एकीकृत पाठ्यक्रमसम्बन्धी ५ दिने क्षमता विकास तालिम सम्पन्न

    भोजपुर | भोजपुर जिल्लाको अरूण गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका शिक्षकहरूलाई लक्षित गरी एकीकृत पाठ्यक्रमसम्बन्धी ५ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ। गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा सम्पन्न उक्त तालिममा गाउँपालिका भित्रका ३५ सामुदायिक विद्यालयका कक्षा १ देखि ३ मा अध्यापन गराउने शिक्षकहरूको सहभागिता रहेको थियो।शिक्षकहरूको शैक्षिक दक्षता अभिवृद्धि गर्दै बालमैत्री, वैज्ञानिक, र प्रयोगात्मक शिक्षण पद्धतिलाई प्रोत्साहित गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको हो। हाल नेपालमा नयाँ पाठ्यक्रम लागु भएसँगै शिक्षण पद्धतिमा सुधार ल्याउने आवश्यकता महसुस गरिएको छ। यसै सन्दर्भमा शिक्षकहरूलाई

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • ९२० पटक पढिएको
  • विश्व आर्दश एकेडेमीद्वारा राष्ट्रपति रनिङ शिल्ड र हिसान स्पोर्ट्स मिटका उत्कृष्ट विद्यार्थीलाई सम्मान

    इटहरी । पढाइसँगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको इटहरीस्थित विश्व आर्दश एकेडेमीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा हिसान स्पोर्ट्स मिटमा उत्कृष्ट प्रदर्शन गर्ने ८० भन्दा बढी विद्यार्थीहरूलाई विशेष सम्मान गरेको छ।एकेडेमीले एक विशेष सम्मान समारोह आयोजना गरी विभिन्न खेल प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गर्दै हौसला दिएको हो। सम्मान समारोहमा प्रमुख अतिथिका रूपमा कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठ रहनुभएको थियो। साथै, इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख रमेश शाह, एकेडेमीका अध्यक्ष लेखनाथ घिमीरे, प्राचार्य गणेश दुलाल लगायत अन

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • ४१७ पटक पढिएको
  • जनता बहुमुखी क्याम्पसमा मतदाता नामावली प्रकाशनमा ढिलाइ, निर्वाचन अन्योलमा

    इटहरी – जनता बहुमुखी क्याम्पस, इटहरीमा स्ववियु निर्वाचनका लागि  मतदाता नामावली प्रकाशन हुन सकेको छैन । यसले गर्दा स्ववियु निर्वाचन प्रक्रिया अन्योलमा परेको छ ।त्रिभुवन विश्वविद्यालय (TU) ले स्ववियु निर्वाचन प्रयोजनका लागि माघ ११ गते सम्मको भर्नालाई अन्तिम मान्ने निर्णय गरेको थियो । तर जनता बहुमुखी क्याम्पस TU को आङ्गिक क्याम्पस नभएकाले आफ्नै परम्परा अनुसार फागुन १५ गते सम्म विद्यार्थी भर्ना लिने भनेको थियो  । यही आधारमा क्याम्पसमा विद्यार्थीहरूले तोकिएको अन्तिम मिति सम्म भर्ना लिएका थिए । तर, हाल आएर मतदाता नामावली प्रकाशनमा अवरोध सिर्जना भएको छ । माघ ११ पछाडी भर्ना भएका विधार्थीलाई

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • ६४५ पटक पढिएको
  • ब्लुमिङ्ग लोटस इङ्गलिस सेकेन्डरी स्कुलको २० औं वार्षिकोत्सव तथा अभिभावक दिवस सुरू

    इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर ५ मा अवस्थित ब्लुमिङ्ग लोटस इङ्गलिस सेकेन्डरी स्कुलले आफ्नो २० औं वार्षिकोत्सव तथा अभिभावक दिवस सुरू भएको छ। शिक्षा क्षेत्रको स्तरोन्नति, विद्यार्थीहरूको प्रतिभा अभिव्यक्त गर्ने अवसर, अभिभावक र विद्यालय प्रशासनबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम दुई दिनसम्म चल्ने भएको छ  ।कार्यक्रमको उद्घाटन ब्लुमिङ्ग लोटस इङ्गलिस सेकेन्डरी स्कुलका अध्यक्ष कृष्णबहादुर कार्कीको अध्यक्षता तथा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो। सो अवसरमा मन्त्री भण्डारीले शिक्षा नै समाजको समृद्

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • ४५३ पटक पढिएको
  • जनता बहुमुखी क्याम्पस इटहरीमा नेपाल विद्यार्थी संघबाट सुमन बाबु बस्नेत सभापति पदका उम्मेदवार

    इटहरी | इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा यही चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुमन बाबु बस्नेतले सभापति पदमा उम्मेदवारी दिने भएका छन्।नेपाल विद्यार्थी संघले बस्नेतलाई क्याम्पसमा विद्यार्थी हकहित, शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यार्थीहरूका समस्या समाधानका लागि योग्य उम्मेदवारका रूपमा अगाडि सारेको हो। लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय बस्नेतले शिक्षाको पहुँच, क्याम्पस भौतिक पूर्वाधार सुधार तथा छात्रवृत्ति व्यवस्थापनलाई आफ्नो प्राथमिकता बनाउने बताएका छन्।स्ववियु निर्वाचनलाई लक्षित गर्दै क्याम्पसमा विभिन्न विद्यार

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • ६५३ पटक पढिएको
  • ग्रामथान गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    मोरङ | मोरङको ग्रामथान गाउँपालिकाले आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी, र नागरिकमैत्री बनाउन सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाको आयोजनामा तथा कोचिला मिडिया प्रा.लि. दुहबीको सहजीकरणमा आयोजित यो कार्यक्रममा गाउँपालिकाले प्रवाह गर्दै आएका सेवा, योजना, तथा विभिन्न नीतिहरूको बारेमा नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै तिनका समस्या तथा सुझावहरू लिने अवसर प्राप्त भएको थियो।ग्रामथान गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रममार्फत नागरिकहरूका गुनासाहरू सुन्ने, उनीहरूको माग तथा आवश्यकताहरू बुझ्ने, साथै उपलब्ध सेवा तथा सुविधाहरूबारे जानकारी गराउने उद्देश्य लिएको थियो। कार्यक्

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • ४९८ पटक पढिएको
  • अध्यक्ष गुरुङद्वारा स्ववियु चुनावमा नेविसंघका उम्मेदवार विजयी बनाउन तरुणहरूलाई निर्देशन

    सुनसरी | नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवारलाई विजयी गराउन विशेष भूमिका खेल्न तरुण दलका कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।मंगलबार, अध्यक्ष गुरुङले नेपाल तरुण दलका जिल्ला कार्यसमितिहरू, केन्द्रीय सदस्यहरू तथा अन्य सक्रिय तरुणहरूलाई एक परिपत्र जारी गर्दै स्ववियु निर्वाचनमा नेविसंघको पक्षमा वातावरण निर्माण गर्न, व्यापक रूपमा प्रचारप्रसारमा जुट्न र उम्मेदवारलाई जिताउन प्रत्यक्ष भूमिका खेल्न आह्वान गरेका हुन्।परिपत्रमा उनले तरुण दलका सबै जिल्ला समिति, क्षेत्रीय समिति र सम्बन्धित

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • ५७६ पटक पढिएको
  • मकालु इङ्लिस बोर्डिङको वार्षिकोत्सवमा पत्रकार शिक्षक सहित विभिन्न व्यक्तित्व सम्मानित

    इटहरी : इटहरी वडा नं. ५ मा सञ्चालित मकालु इङ्लिस बोर्डिङ स्कुलले शनिबार २४ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार अमर खड्कासहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ ।कार्यक्रममा पत्रकारिता क्षेत्रमा खड्कासहित पूर्व विद्यार्थीबाट डाक्टर उज्जवल पौडेल र इन्जिनियर सुभाष आचार्यलाई सम्मान गरेको हो । यसैगरी विद्यालयका सहायक प्रिन्सिपल मणी पौडेल र शिक्षिका सानु शेर्पालाई सम्मान गरिएको हो ।कार्यक्रममा ७० वर्ष पार गरेका जेष्ठ नागरिक रत्नमाया कार्की, हीरालाल दर्जी, दिलमाया कार्की, पदमबहादुर विष्ट, रत्नमाया ढकाल, रुकमणी दुलाल, हरिमाया अधिकारी, गणेश गिरीलगायतलाई सम्मान गरिएको छ ।विद्

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • ३७६ पटक पढिएको
  • तरहराको एप्पल मन्टेश्वरी स्कूलको अभिभावक दिवस सम्पन्न

    इटहरी | इटहरी वडा नम्बर २०, तरहरामा रहेको एप्पल ट्री मन्टेश्वरी स्कूलले भव्य रूपमा अभिभावक दिवस मनाएको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम कट्वालको अध्यक्षतामा तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रमको मुख्य आकर्षण विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न गायन, नृत्य, नाटक तथा कला प्रदर्शनहरू रहे। विद्यार्थीहरूले मौलिक नेपाली लोकगीतदेखि आधुनिक गीतसम्मका नृत्य प्रस्तुत गरेका थिए, जसले अभिभावकहरूलाई विशेष रूपमा मोहित बनायो।विद्यालयकी प्रिन्सिपल चन्द्रकला घिमिरेले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि न

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • ३६४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]