इटहरी । कोशी प्रदेशमा उच्च माध्यमिक तहको शिक्षाको गुणस्तरमा उल्लेखनीय सुधार भइरहँदा विराटनगर, इटहरी, धरान, बिर्तामोडलगायतका सहर शैक्षिक केन्द्रका रूपमा तीव्र गतिमा विकास हुँदै गएका छन् । विशेष गरी एसइई उत्तीर्ण गरेर कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने विद्यार्थीको आकर्षणसँगै यी सहरले शिक्षाको ‘हब’ बन्ने सङ्केत देखाएका छन् । एसइई २०८१ मा कोशी प्रदेशका ७५ हजार ४६६ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ४७ हजार ८३५ जना उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्कले देखाउँछ । उत्तीर्णमध्ये करिब छ हजार २५८ विद्यार्थीले ३।६ देखि ४।० जिपिए हासिल गरेका छन् । यसले कोशीका विद्यार्थीमा अब स्थानीय तहमै ग
भोजपुर | भोजपुरको अरुण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ५१ करोड ६६ लाख ५६ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। असार १० गते सम्पन्न १५औँ गाउँसभामा उपाध्यक्ष विनिता ढकालले आर्थिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो। गाउँसभाबाट उक्त बजेट बहुमतले पारित भएको गाउँपालिका उपाध्यक्ष ढकालले जानकारी दिनुभयो।उपाध्यक्ष ढकालका अनुसार आर्थिक विधेयक २०८२ र विनियोजन विधेयक २०८२ समेत पारित भइसकेको छ। प्रस्तुत बजेटमा गाउँपालिकाको समग्र विकासलाई ध्यानमा राख्दै विभिन्न क्षेत्रका कार्यक्रमहरू समावेश गरिएका छन्।सभामा गाउँपालिकाका सभाध्यक्ष शालिकराम खत्रीले बजेटसँगै सङ्घीय सरकारबाट करिब
इटहरी । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले उच्च शिक्षा अध्यक्ष गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाले साधारण तथा प्राविधिक धार अध्ययन गर्ने १२१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेका अनुसार चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार पालिकाभित्र स्थायी ठेगाना भई हाल जिल्ला भित्रका शिक्षण संस्थाहरुमा उच्च शिक्षा अध्ययन गर्दै आएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । साधारणतर्फ अध्ययनरत ११३ जना र प्राविधिक धारतर्फ अध्ययनरत आठ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत तेम्बेले
धरान / धरानस्थित प्राइम भिजन अन्तर्राष्ट्रिय कलेजले ‘नेपालका शीर्ष १० होटल व्यवस्थापन कलेज’ को सूचीमा स्थान सुरक्षित गर्न सफल भएको छ।भारतको बेंगलोरस्थित एशियन एजुकेशन रिभ्यूले हालै सार्वजनिक गरेको सर्वेक्षणमा प्राइम भिजन कलेजले उत्कृष्ट स्थान हासिल गरेको हो।शैक्षिक गुणस्तर, पूर्वाधार, उद्योगसँगको समन्वय, व्यावहारिक तालिम तथा विद्यार्थी सीप विकास कार्यक्रमहरूलाई मूल्यांकन गर्दै उक्त सूची तयार गरिएको हो। यसमा प्राइम भिजन कलेजसहित सुदूरपश्चिमाञ्चल एकाडेमी पनि छनोट भएका छन्।कलेजका निर्देशक अनिल श्रेष्ठले भने, “हाम्रो आठ वर्षको छोटो यात्रामा यस्तो उपलब्धि पाउनु हाम्रो लागि अत्यन्त गर्वको कुरा हो। स
इटहरी | "जहाँ आवश्यकता, त्यहाँ लायन्स" भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै लायन्स क्लब अफ ईटहरी क्रिएटिभ लेडीले लायन्स वर्ष २०२५–२६ को दोस्रो दिन ऐतिहासिक कार्यको सुरुवात गरेको छ। समाजमा बालबालिकाको स्वास्थ्य र व्यक्तिगत सरसफाइप्रति जागरूकता अभिवृद्धि गर्ने उद्देश्यले क्लबले मोरङको सुन्दरहरैंचा नगरपालिका–१ मा अवस्थित जनता माध्यमिक विद्यालयमा छात्र र छात्राहरूको लागि छुट्टाछुट्टै शौचालय तथा स्वच्छ खानेपानीको सुविधा सम्पन्न संरचना निर्माण गर्ने कार्यको शिलान्यास गरेको हो।उक्त शिलान्यास कार्यक्रम भव्यता पूर्वक सम्पन्न गरिएको थियो, जसको प्रमुख आतिथ्य लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५C का गभर्नर
इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिकाले विद्यालय शिक्षाको १० बर्से शैक्षिक योजनासहित स्थानीय पाठ्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले ‘हाम्रो सान, चौदण्डीगढीको पहिचान’ भन्ने आदर्श वाक्यसहितको स्थानीय र नगरको आगामी १० बर्से शैक्षिक योजना सार्वजनिक गरिएको हो । चौदण्डीगढी तत्कालीन सेन वंशका राजाले राज्य गरेको ऐतिहासिक महत्व बोकेको आफैँमा एक महत्वपूर्ण स्थल हो । नगरपालिकाको नामकरणसमेत यही ऐतिहासिक गढीकै नामबाट राखिएको छ । नगरपालिकाले सोही ऐतिहासिक गढीको पहिचान स्थापित गर्ने गरी स्थानीय पाठ्यक्रम सार्वजनिक गरेको हो । स्थानीय पाठ्यक्रम १० बर्से शैक्षिक योजना बेल्टारमा आयोजित एक का
इटहरी । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले एसइई परीक्षामा उत्कृष्ट हुने विद्यार्थी र विद्यालयलाई पुरस्कृत गरेको छ । माध्यमिक शिक्षा परीक्षा एसइईमा नगर उत्कृष्ट हुने छात्र र छात्रालाई नगरपालिकाले ५०र५० हजार नगदसहित सम्मान गरेको हो । नगरस्तरीय सञ्चालन भएको कक्षा ४–९ सम्मको परीक्षामा पनि उत्कृष्ट हुने विद्यालय र विद्यार्थीलाई नगरपालिकाले पुरस्कृत गरेको छ । शैक्षिक सत्र २०८१ को नगर प्रथम छात्रतर्फ ३।५३ जिपिएसहित लक्ष्मी माध्यमिक विद्यालय बडहरेका गणेस कुमार दाहाल भएका छन् । छात्रातर्फ लक्ष्मी माविकै दुर्गाकुमारी कटवाल र सरस्वती मावि अर्खौलेको जेनिशा श्रेष्ठले समान ३।३१ जिपिए ल्याएर नगर प्रथम भएका छन
सुनसरी — इटहरी २० तरहरामा रहेको श्री जनसहयोग माध्यमिक विद्यालय, सुनसरीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयका डेनिस राज बानिया र सजना तामाङले जिल्लामै सबैभन्दा बढी अङ्क ल्याएर विद्यालयलाई गौरवान्वित बनाएका छन्।उत्कृष्ट नतिजा ल्याउने यी दुई विद्यार्थी मात्र नभई, विद्यालयका ७०% भन्दा बढी विद्यार्थीहरू एसईई परीक्षामा सफल भएका छन्। सम्पूर्ण उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा आगामी शैक्षिक यात्रा सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै विशेष कार्यक्रमको आयोजना गरिएको थियो।कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं २० का अध्यक्ष मणिराम श्रेष्ठ ज
भोजपुर | माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा सफलता हासिल गरेका विद्यार्थीहरू र उनीहरूलाई सफलताको मार्गमा डोहो¥याउने शिक्षकहरूलाई सम्मान गर्न सगरमाथा माध्यमिक विद्यालय, सिक्रेटारमा विशेष कार्यक्रम सम्पन्न भएको छ।अरुण गाउँपालिका–७ नम्बर वडाको आयोजनामा आयोजित उक्त समारोह शैक्षिक उत्कृष्टता र संस्थागत उत्तरदायित्वप्रति सम्मान प्रकट गर्ने उद्देश्यले आयोजना गरिएको थियो। कार्यक्रममा सफल विद्यार्थीहरूलाई माला, खादा, टीका र शुभकामनासहित बधाई दिइयो भने, शिक्षक वर्गलाई सम्मानपत्रद्वारा औपचारिक रूपमा सम्मान गरिएको थियो।समारोहका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शालिकराम खत्री रहेका थिए। विशेष अतिथिमा उपाध
इटहरी | इटहरी उपमहानगरपालिका वडा नं ९ को सहकार्य तथा तथा पकली टेक्नोलोजी इन्स्टिट्यूट प्रा. लि, को आयोजनामा युवा तथा महिला नेतृत्व विकासका लागि भएको उद्घघोषण तालिम समापन भएको छ । तालिम असार ११ गतेदेखि सुरू भएको तालिम वडा नं ९ का जनप्रतिनिधि सन्जु प्रधानको संयोजकत्वमा तालिम सुरु भएको थियो । समापन कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियोे । तालिमको प्रशिक्षक सिमा बस्नेतले गर्नु भएको थियो ।तालिममा ३० जना बढी सहभागीहरूले सक्रिय सहभागिता थिए । तालिमको उद्देश्य युवाहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै उद्घोषण तथा प्रभावकारी स
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.