सुन्दरहरैचा । नेपाल शिक्षक महासङ्घ केन्द्रीय समितिको आह्वानअनुसार शुक्रबार देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलित भएका छन्। सोही क्रममा नेपाल शिक्षक महासङ्घ सुन्दर हरैचा नगर समितिले पनि नगरस्तरीय धर्ना कार्यक्रम सम्पन्न गरेको छ।महासङ्घ सुन्दर हरैचा नगर अध्यक्ष ठाकुर प्रसाद सुबेदीको नेतृत्वमा आयोजित कार्यक्रममा सुन्दर हरैचा नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयका शिक्षकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। धर्ना कार्यक्रममा सहभागी शिक्षकहरूले हालै सरकारले ल्याएको शिक्षासम्बन्धी नीति तथा व्यवस्थाप्रति आपत्ति जनाउँदै त्यसको पुनर्विचार गर्न माग गरे।शिक्षक महासङ्घले केन्द्रदेखि स्थानीय तहस
इटहरी । शैक्षिक गुणस्तर सुधारका लागि मेरिङदेन गाउँपालिकाले विद्यालय अनुगमनको कार्य सुरु गरेको छ । गाउँपालिका अध्यक्ष डम्बर हाङ्गामले शैक्षिक गुणस्तर सुधारका लागि प्रत्येक विद्यालयमा अनुगमनको कार्य थालनी गर्नुभएको हो । ३६ वटा विद्यालय रहेको पालिकाको पहिलो चरणमा १ नम्बर वडा थिङ्लाबुको श्री सिंहकाली माध्यमिक विद्यालय र ४ नम्बर वडा लिङ्तेपको श्री देवी आधारभुत विद्यालयमा अनुगमन गरिएको पालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभयो । अनुगमनको क्रममा पालिकाको टोलीले प्रत्यक्ष विद्यार्थीसँग साक्षात्कार गरी पढाइको विषयमा प्रतिक्रिया लिएको थियो ।त्यस्तै, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक
इटहरी | किरात राई यायोक्खा वडा कार्य समिति, इटहरी–१९ र २० ले धरानका नगरप्रमुख हर्क साम्पाङ्ले सञ्चालन गरिरहेको श्रम अभियानलाई जनता सम्म पुर्याउन इटहरीमा अभियान सुरु गरेको छ ।धर्म संस्कार सस्कृती, हाम्रो पहिचान भन्ने मुल नाराका साथ, शुक्रबार तरहरा स्थित किरात राई यायोक्खाको भवनमा इन्दिरा राईको अध्यक्षता तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज साम्पाङ राइको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको होे । नगर प्रमुख राईले इटहरीमा आएर वृक्षारोपण गर्दै अभियानको विधिवत् सुरुवात गर्नुभयो । उहाँलाई सम्मान समेत गरिएको थियो । नगरप्रमुख साम्पाङ्ले सञ्चालन गरिरहेको अभियान देशभर फैलाएर श्रमद
इटहरी । सरकारले ल्याउन लागेको विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८० का प्रावधानविरुद्ध निजी विद्यालय सञ्चालक संगठनहरूले संयुक्त रूपमा विरोध जनाउँदै चरणबद्ध आन्दोलन कार्यक्रम घोषणा गरेका छन्।एपेन, हिसान, प्याब्सन र एन–प्याब्सनले शुक्रबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै “नाफारहित संस्था” भन्ने शब्द हटाउन, विद्यालयलाई आवश्यक सामग्री आपूर्ति गर्ने अधिकार जोगाउन, शुल्क निर्धारण गर्ने अधिकार विद्यालयकै जिम्मामा राख्नुपर्ने लगायतका मागहरू अघि सारेका छन्।संयुक्त विज्ञप्तिमा भनिएको छ, “विधेयक यथावत पारित भएमा शिक्षा नीतिमा गम्भीर असर पर्नुका साथै निजी विद्यालयहरूको अस्तित्व नै संकटमा पर्ने भएकाले आन्
इटहरी । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) जनता बहुमुखी क्याम्पस, इटहरीले बुधबार विशेष कार्यक्रमका बीच आफ्नै भवनको उद्घाटन गरेको छ । उक्त अवसरमा इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलसहित पाँच जना पूर्व स्ववियू सभापतिहरूलाई सम्मान गरिएको हो ।सम्मानित हुनेहरूमा मेयर पौडेलसँगै उमेश पौडेल, राजकुमार सापकोटा, किशोर कोइराला र रमेशकुमार पोखरेल रहेका छन् ।स्ववियू भवन इटहरी उपमहानगरपालिका र जनता बहुमुखी क्याम्पसको संयुक्त लगानीमा निर्माण गरिएको हो । नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको र क्याम्पसले थप रकम बेहोरेर भवन निर्माण सम्पन्न गरेको हो । नयाँ भवनमा एउटा हलसहित तीनवटा कोठा रहेका छन् ।भवनको स
इटहरी । आंशिक प्राध्यापकहरूको मागलाई त्रिभुवन विश्वविद्यालयले बेवास्ता गरेपछि सुरु भएको आंशिक प्राध्यापकहरूको चरणबद्ध आन्दोलन बुधबारसम्म जारी छ । आन्दोलनका कारण पाँच दिनदेखि क्याम्पसमा पठनपाठन पूर्णरुपमा ठप्प छ । विश्वविद्यालयले गत वर्ष साउन १८ गते ‘घ’ वर्गको क्याम्पसमा कार्यरत आंशिक शिक्षकहरूलाई शिक्षण सहायकमा नियुक्ति गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरेर पनि अहिलेसम्म नियुक्ति नदिएपछि आन्दोलन सुरु भएको थियो । क्याम्पसको ८० प्रतिशत पठनपाठन आंशिक प्राध्यापकहरुले सञ्चान गर्दै आएका ‘घ’ वर्गका क्याम्पसमा आंशिक प्राध्यापकहरु नै आन्दोलित हुँदा पठनपाठन प्रभावित भएको हो । पठनपाठन सुचारु गर्न क्याम्पस प
भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिका–६ जरायोटारस्थित श्री बालसन्सारी आधारभूत विद्यालय, माझीगाउँमा विद्यालय पोशाक वितरण, स्वास्थ्य शिविर तथा सामाजिक सुरक्षा भत्ता नवीकरण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम वडा अध्यक्ष गणेश टक्का राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कार्यपालिका सदस्य मैना राई, माओवादी केन्द्र वडा पार्टी अध्यक्ष रामबहादुर खड्का, जरायोटार स्वास्थ्य चौकी प्रमुख प्रमानन्द गिरी, श्री बालसन्सारी आ.वि. प्र.अ. कल्पना राई, विद्यालय व्यवस्थापन समिति अध्यक्ष उत्तरकुमार श्रेष्ठ, पूर्व जरायोटार गा.वि.स. उप–प्रधानपञ्च तिलकबहादुर थापा, खेलकुद विकास समिति अध्यक्ष राइस नाखोक लगायत
इटहरी । पछिल्लो समय आम मानिसको दैनिकी नै प्रविधिमा निर्भर बन्दै गइरहेको छ । हरेक व्यक्तिले प्रविधिको अधिक सदुपयोग गरेर जीवन सहज बनाउन सक्रिय रुपमा जुट्ने गरेका छन् । प्रविधिको उपयोगले नेपाली युवालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउँदै लगिरहेको छ । प्रतिस्पर्धात्मक विश्व बजारमा आफूलाई अग्रस्थानमा राख्न विद्यार्थीहरु आफ्नो भविष्यका लागि प्रविधिको उपयोग गरेर अघि बढ्ने होडबाजी नै चल्न थालेको छ । यही कुरालाई मध्यनजर राखेर विद्यार्थीको सिर्जनशीलता र प्रविधिको उपयोगले नेपाललाई समृद्धिको बाटोमा अघि बढाउन सकिने सोचले इटहरी वडा नं. ५ मा सञ्चालित जनता बहुमुखी क्याम्पसले विगत केही
इटहरी । मिक्लाजुङ गाउँपालिकाले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) तथा राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र विद्यालयलाई सम्मान तथा प्रोत्साहन गरेको छ । हिजो साउन २८ गते श्री मनोहर जनता मा।वि। मधुमल्लाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिकाभित्रका ७ सामुदायिक र ६ संस्थागत विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई मिक्लाजुङ गाउँपालिकाले प्रशंसा पत्र र नगद पुरस्कार प्रदान गरिएको हो। यसअन्तर्गत २०८१ सालको (एसइइ) परीक्षामा प्राविधिक धार (सिभिल इन्जिनियरिङ) तथा साधारण शिक्षा तर्फका १३ जना, र कक्षा १२ को परीक्षामा प्राविधिक धार,
इटहरी । नेपालमा भरपर्दो तथा शैक्षिक परामर्श सेवामा अग्रणी मानिने ओली एन्ड एसोसिएट्स एजुकेशन कन्सल्टेन्सी, इटहरी शाखाले ग्लोबल एजुकेशन एक्स्पो २०२५ सफलतापूर्वक सम्पन्न गरेको छ । इटहरी स्थित आफ्नै कार्यालयमा सोमबार सम्पन्न भएको ग्लोबल एजुकेशन एक्पो २०२५ मा विदेश जाने बिद्यार्थीहरुलाई शैक्षिक परामर्श दिईएको थियो । ओली एन्ड एसोसिएट्स इटहरीका ब्रान्च म्यानेजर राजेश कुमार शाहका अनुसार एक्पोमा दुई सय भन्दा बढी बिद्यार्थीहरुले बैदेशिक अध्यायनका लागि परामर्श लिएका छन्। विगतका बर्षहरुमा झैँ यस बर्ष पनि उच्च शिक्षाका लागि अस्ट्रेलिया, क्यानडा, बेलायत ,संयुक्त राज्य अमेरिका, फ्रान्स र न्यूजील्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.