समाज

    Showing ८५१-८६० of ११,०३५ items.
  • सिदिङ्वामा पर्माकल्चर फर्म तथा नर्सरी सञ्चालन

    इटहरी। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले पर्माकल्चर फर्म तथा नर्सरी सञ्चालन गरेको छ । कृषिको क्षेत्रमा नयाँ आयाम ल्याउने योजनासहित गाउँपालिकाले ‘पर्माकल्चर’ फर्म तथा नर्सरी सञ्चालनमा ल्याएको हो ।वातावरणमैत्री, दिगो र अर्गानिक खेती प्रणालीअन्तर्गतको पर्माकल्चर फर्म तथा नर्सरी गाउँपालिकाले गत आर्थिक वर्ष नै स्थापना गरेको हो । पारिस्थितिक प्रणालीअन्तर्गत विभिन्न सिद्धान्तमा आधारित रहेर गरिने खेती पद्धतिअनुसारको पर्माकल्चर फर्म तथा नर्सरी सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । पालिकावासी कृषकलाई बिरुवा उपलब्ध गराउनेगरी पर्माकल्चर फर्म तथा नर्सरी सञ्चालनमा ल्याइएको सिदिङ्वा गाउँपालिका, आर्थिक वि

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • ४१ पटक पढिएको
  • मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा हेल्लोक

    इटहरी। मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा मनिष हेल्लोक चयन हुनुभएको छ । शनिबार सम्पन्न प्रतिष्ठानको प्रथम साधारणसभा तथा अधिवेशनले हेल्लोकको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सीता पिरती, मणि सेम्बू र देवानसिंह मादेन चयन हुनुभएको छ । यस्तै महासचिवमा उदय भट्टराई, सचिवमा नवराज आचार्य, कोषाध्यक्षमा लीला आँसु, सहसचिवमा लक्ष्मी चुडाल र सहकोषाध्यक्षमा केबी किराँती चयन हुनुभएको निर्वाचन समितिका संयोजक युवराज गिरीले जानकारी दिनुभयो । साधारणसभाले साहित्यकार चन्द्र मादेन (आन्छन्) को संयोजकत्वमा नौ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • ५२ पटक पढिएको
  • संस्कृति जोगाउन मात्रै कोदो खेती

    इटहरी। पूर्वी नेपालका लिम्बूबहुल क्षेत्रमा विगतमा प्रमुख खाद्यान्न बालीका रूपमा व्यापक रूपमा कोदो खेती गरिन्थ्यो। तर किसानहरू आम्दानीमुखी नगदेबालीतर्फ आकर्षित हुँदै गएपछि कोदो खेती क्रमशः घट्दै गएको छ।पछिल्लो समय विशेषगरी पाँचथर, ताप्लेजुङ, तेह्रथुम र इलामका लिम्बू समुदायले मात्र सीमित क्षेत्रमा कोदो खेती गर्ने गरेका छन्। रोपिने कोदो पनि अधिकांशतः खानका लागि नभई देवतालाई चढाउनका लागि उत्पादन गरिन्छ। आफूले नखाए पनि परम्परादेखि मान्दै आएका देवतालाई कोदो चढाउनुपर्ने लिम्बू सांस्कृतिक परम्परा रहेको छ। लिम्बू संस्कृति अध्येता तथा पूर्व प्राज्ञ सदस्य हरिचन्द्र लावतीका अनुसार सृष्टिकर्ता तागेरानिङवाभ

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • ७९ पटक पढिएको
  • क्षयरोग नियन्त्रणका लागि भद्रपुरको पृथ्वीनगर स्वास्थ्य चौकीमा १५ सदस्यीय टीबी च्याम्पियन क्लब गठन

    झापा । क्षयरोग नियन्त्रण तथा न्यूनीकरणका लागि झापाको पृथ्वीनगर स्वास्थ्य चौकीमा टीबी च्याम्पियन क्लब गठन गरिएको छ।नेपाल सरकार, ग्लोबल फण्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) बीचको त्रिपक्षीय सहकार्य तथा बागमती सेवा समाज नेपालद्वारा सञ्चालित राष्ट्रिय क्षयरोग परियोजनाअन्तर्गत पृथ्वीनगर स्वास्थ्य चौकीमा टीबी च्याम्पियन क्लब गठन कार्यक्रम सम्पन्न भएको हो। पृथ्वीनगर स्वास्थ्य चौकीका प्रमुख खेमराज पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षयरोगबाट संक्रमित भई नियमित उपचार तथा औषधि सेवनपछि पूर्ण रूपमा निको भएका व्यक्तिहरू, स्वास्थ्यकर्मी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। क

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • ३०९ पटक पढिएको
  • इनरुवाको ग्रीनसिटीमा १२ हजार बिरुवा रोप्ने बृहत् वृक्षरोपण अभियान सुरु

    इटहरी । सुनसरीको इनरुवा–७ स्थित ग्रीनसिटी परिसरलाई हरियाली र वातावरणमैत्री बनाउने उद्देश्यले करिब १२ हजार विभिन्न प्रजातिका बिरुवा रोप्ने अभियान सुरु भएको छ । रोटरी क्लब अफ पाटन वेस्टको सन् २०२६–०२७ को वातावरण संरक्षण अभियान अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा इनर ह्वील क्लब अफ पाटन सह–आयोजक र डीएन ग्रुप अफ कम्पनीज मुख्य प्रायोजकका रूपमा सहभागी छन्। डीएन ग्रुप अफ कम्पनीजका सञ्चालक नेत्रप्रसाद चम्लागाईंको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रो विष्णुबहादुर कार्की प्रमुख अतिथि रहनुभएको थियो । त्यसैगरी, रोटरी क्लब अफ पाटन वेस्टका अध

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • १४८ पटक पढिएको
  • इटहरीको गजुरमुखी ज्वेलर्सले १० औँ वार्षिकोत्सव मनायो ‘मालामाल अफर’ सार्वजनिक

    इटहरी । इटहरी–६, धरान लाइनमा रहेको श्री गजुरमुखी ज्वेलर्सले आफ्नो १० औँ वार्षिकोत्सव मनाएको छ ।शनिबार ज्वेलर्स परिसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य संघ इटहरीका निवर्तमान अध्यक्ष जीवन पराजुलीको प्रमुख आतिथ्यमा केक काटेर वार्षिकोत्सव मनाइएको हो। कार्यक्रममा सहभागीहरूले गजुरमुखी ज्वेलर्सलाई वार्षिकोत्सवको शुभकामना दिँदै आगामी दिनमा थप सफलताको कामना गरेका थिए । वार्षिकोत्सवको अवसरमा ज्वेलर्सले ग्राहकलाई लक्षित गर्दै ‘मालामाल अफर’ समेत सार्वजनिक गरेको छ । सञ्चालक प्रो. राकेश श्रेष्ठका अनुसार भदौ महिनाभरि सुनका गहना खरिद गर्ने ग्राहकलाई ज्यालामा १ सय प्रतिशत छुट प

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • २२७ पटक पढिएको
  • सडक मानव उद्धारमा माया घरको उल्लेखनीय प्रगतिः एक वर्षमा १८४ को उद्धार, ११२ को पुनर्मिलन

    इटहरी । सडकमा बेवारिसे अवस्थामा रहेका अशक्त तथा असहाय व्यक्तिहरूको उद्धार र पुनःस्थापना गर्दै आएको माया घर नेपालले शुक्रबार आगामी रणनीति तथा कार्यक्रमबारे सरोकारवालासँग बृहत छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको छ। नजिकिँदै गरेको साधारणसभा व्यवस्थित रूपमा सम्पन्न गर्न तथा संस्थाको भावी सञ्चालन रणनीतिका लागि सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहभागी सामाजिक व्यक्तित्वहरूले माया घरले गर्दै आएको मानवसेवाको प्रशंसा गर्दै यस्ता संस्थालाई राज्यले संरक्षण र सहयोग गर्नुपर्ने धारणा राखे। माइती नेपाल सुनसरीकी संयोजक सुनीता कार्कीले सामाजिक सञ्जालमा फैलिएका नकारात्मक हल्लाल

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • ८३ पटक पढिएको
  • जन्मदिनमा सामाजिक सेवा,लियो क्लब अफ तरहरा इटहरीद्वारा माया घरमा खाना वितरण

    इटहरी । लियो क्लब अफ तरहरा इटहरीका प्रथम उपाध्यक्ष हृतिक कार्कीले आफ्नो जन्मदिन सामाजिक सेवामार्फत मनाउनुभएको छ । जन्मदिनको अवसर पारेर उहाँले माया घर नेपाल, इटहरी–२ मा आश्रित व्यक्तिहरूलाई खाना वितरण गर्नुृभएको हो । जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा माया घर नेपालमा आश्रितहरूलाई खाना खुवाउनुका साथै उनीहरूसँग केही समय बिताइएको थियो। व्यक्तिगत खुसीलाई सामाजिक सेवासँग जोड्दै असहाय तथा संरक्षणको आवश्यकता रहेका व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । क्लबका अध्यक्ष युगल बजगाईंको अध्यक्षता तथा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ सीका एरिया चिफ दुर्गाप्रसाद पौडे

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • ११८ पटक पढिएको
  • लेखगाउँको लयमा‍‍‍‍ तस्वीरहरू

    इटहरी । गुदाला भोजोला ताललाई छोपेर बसेको कुहिरो क्षितिजतिर उढेर गयो । छ्याङ्ग पोखरी देखियो । लामो पोखरी र वर्षायाममको हरियाली निक्कै सुन्दर देखियो । तर यो धेरै समय टिकेन । कन्याटारतिरबाट आएको कुहिरोले विस्तारै विस्तारै गर्दै पोखरीलाई ‘सिरक’ ओढाइरहेको देखिन्थ्यो ।यो दृश्य पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ को हो । मिक्लाजुङ पहाडको काखमा थुम्किला पहाडका साथ लेखगाँउ अवस्थित छ ।  डाँडाले घेरीएको ताल आर्कषकमात्र छैन यहाँको गाउँ घर, जनजीवन र दृश्य सुन्दर छ । मिक्लाजुङ पहाड धार्मीक, सास्कृतिक र प्राकृतिक रुपमा महत्त्वपूर्ण रहेको छ । यहि ठाउँको नामबाट पाँचथर र मोरङका दुईवटा गाउँपालिकाको नामकरण

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • ९४ पटक पढिएको
  • स्वास्थ्य सचेतना र लागुऔषध दुर्व्यसन न्यूनीकरणका लागि पहिलो बेल्टार रन सम्पन्न

    इटहरी  : स्वस्थ जीवनशैलीको प्रवर्द्धन, नियमित शारीरिक व्यायामप्रति नागरिकलाई प्रोत्साहित गर्ने तथा लागुऔषध दुर्व्यसन न्यूनीकरणका लागि जनचेतना फैलाउने उद्देश्यले चौदण्डीगढी नगरपालिकामा आयोजना गरिएको ‘प्रथम बेल्टार रन’ उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ।बेल्टार बजारस्थित बेलपार्कको पुष्पलाल चोकबाट सुरु भएको दौडमा बालबालिकादेखि युवायुवती र ज्येष्ठ नागरिकसम्म ३ सयभन्दा बढी नागरिक सहभागी भएका थिए। सहभागीहरूले बेल्टार बजार तथा आसपासका ग्रामीण क्षेत्र समेटिएको निर्धारित मार्ग हुँदै करिब ६.०५ किलोमिटर दूरी पार गरेका थिए। एउटै उद्देश्य र भावनाका साथ सहभागीहरू दौडिँदा बेल्टारको वातावरणसमे

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • ७२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]