इटहरी । राजयोगिनी दादी प्रकाशमणिजीको १९ औँ पुण्य स्मृति दिवसको अवसरमा ब्रह्माकुमारीज समाज सेवा प्रभाग एवं युथ विङ इटहरीको आयोजनामा इटहरी–४ स्थित ॐ शान्ति भवनमा विशाल ‘विश्व बन्धुत्व रक्तदान महाअभियान’ तथा विशेष मानसिक स्वास्थ्य कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा उत्साहजनक सहभागिता रहँदै कुल २ सय ३९ पिन्ट रगत सङ्कलन गरिएको छ। नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग तथा पूर्वेली क्लब इटहरी, लायन्स÷लियो क्लब अफ इटहरी क्रिएटिभ लेडी, लायन्स क्लब अफ इटहरी एक्जि क्युटिभ र लायन्स÷लियो क्लब अफ इटहरी एक्टिभको सह–आयोजनामा उक्त कार्यक्रम सञ्चालन भएको हो। इटहरी उपमहानगरपालिकाका प्रमुख (मेयर) हेमकर्
इटहरी। अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको भाग्यशाली एक जना दर्शकले स्कुटर उपहार पाउने भएको छ। टिकट काटेर खेल हेर्ने भाग्यशाली एक जना दर्शकले टीभीएस कम्पनी नयाँ स्कुटर उपहारस्वरूप प्राप्त गर्ने भएको हुन् ।लाखेजात्राको अवसरमा लाखेजात्रा सञ्चालन समितिले आगामी भदौ १२ गतेदेखि १९ गतेसम्म सञ्चालन गर्न लागेको प्रतियोगितामा धेरैभन्दा धरै दर्शकको सहभागिता गराउन स्कुटर उपहार अफर सार्वजनिक गरेको हो । समितिका अध्यक्ष मादेनका अनुसार क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलको टिकटलाई संयुक्त रुपमा भेला गरी गोलाप्रथा गरिनेछ । गोलाप्रथा फाइनलको दिन गरिने र भाग्यशाली विजेतालाई उपहारस्वरुप टीभीएस कम्पनी
इनरुवा । नेकपा एमाले सुनसरी प्रचार तथा प्रकाशन विभागले कम्युनिस्ट आन्दोलनका योद्धाहरूको योगदान समेटेर पुस्तक प्रकाशन गर्ने विषयमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।नेकपा एमाले सुनसरीको इनरुवा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याएका अग्रज नेता तथा कार्यकर्ताको संघर्ष, योगदान र राजनीतिक यात्रालाई दस्तावेजीकरण गर्दै पुस्तक प्रकाशन गर्ने विषयमा छलफल गरिएको हो।नेकपा एमाले सुनसरी प्रचार विभाग प्रमुख डेगराज फुयालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज जगदीशप्रसाद कुसियैत प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएक
इटहरी। निरन्तरको वर्षाका कारण ताप्लेजुङका ग्रामीण सडकहरु हिलाम्मे हुँदा यातायात सञ्चालनमा कठिनाइ भएको छ । वर्षाका कारण सडक हिलाम्मे र खाल्डाखुल्डी भएपछि यातायात सञ्चालनमा कठिनाइ भएको हो ।जिल्लाका अधिकांस ग्रामीण सडकहरु नयाँ ट्रयाक निर्माण गरिएका छन् । निरन्तर वर्षा भएपछि भर्खरै ट्रयाक निर्माण भएको कच्ची सडकहरु हिलाम्मे र खाल्डाखुल्डी भएपछि यातायात सञ्चालनमा असहजता भएको छ । हिलाम्मे र खाल्डाखुल्डी भएको सडकमा यातायातका साधन चलाउनलाई कठिन अवस्था रहेको यातायात व्यवसायी बताउँछन् । पहिले नै निर्माण भएका सडकहरु सञ्चालनमा रहे पनि नयाँ ट्रयाक र भर्खरै निर्माण गरिएका ग्रामीण सडकमा यातायात सञ्चालन गर्न क
इटहरी : पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ ।प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आव २०८२/८३ मा भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी रु २४ अर्ब २६ करोड ७४ लाखको कृषि उपज सामग्री नेपाल भित्रिएको हो । आयातित कृषि वस्तुमध्ये सबैभन्दा ठुलो हिस्सा खाद्यान्न र दलहनको रहेको उहाँले बताउनुभयो । भारतबाट रु २४ करोड २३ लाख १३ हजारको चामल र कोदो रु १८ करोड ८३ लाखको आयात भएको छ । यस्तै, अष्ट्रेलिया र भारतबाट रु १८ करोड २७ लाख ९९ हजारको एक हजार ९९६ मेट्रिकटन चना, रु
इटहरी : पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ।प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आर्थिक वर्ष २०८२/८३ मा भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी रु २४ अर्ब २६ करोड ७४ लाखको कृषिजन्य सामग्री नेपाल भित्रिएको हो। आयातीत कृषि वस्तुमध्ये सबैभन्दा ठूलो हिस्सा खाद्यान्न र दलहनको रहेको सिंहले बताउनुभयो। भारतबाट रु २४ करोड २३ लाख १३ हजारको चामल र रु १८ करोड ८३ लाखको कोदो आयात भएको छ। यस्तै, अष्ट्रेलिया र भारतबाट रु १८ करोड २७ लाख ९९ हजार बराबरको एक हजार ९९६ मेट्रिक टन च
इटहरी : हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ घर पाएका छन् ।गरिबीका कारण आफ्नै लगानीमा घर निर्माण गर्न नसक्ने तीन विपन्न परिवारलाई नगरपालिकाले प्रतिपरिवार रु पाँच लाख लगानी गरेर दुई कोठा भएको एकतले भूकम्प प्रतिरोधी घर निर्माण गरिदिएको हो । लामो समयदेखि जीर्ण घरमा बसोबास गर्दै आएका हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका देशवीर राई, हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारका भया दमाई तथा घरविहीन अवस्थाका वडा नं १० अर्खौले निवासी टेकबहादुर सार्कीलाई नगरपालिकाले घर निर्माण गरेर हस्तान्तरण गरेको छ । घर नभएका कारण लामो समयदेखि कष्टकर जीवन बिताइरहेका तीन विपन्न परिवारलाई नगरपालिकाले भूकम्प
इटहरी : जनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको सटगनसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६, आइतबारे घर भई दमक नगरपालिका–१, रातोपुलस्थित अक्षय इन्टरप्राइजेज मोटरसाइकल ग्यारेजमा काम गर्ने २० वर्षीय सुमन कर्ण रहेका छन्। शनिबार दमक नगरपालिका–४, त्रिवेणी चोकस्थित खयरबारीमा लुकाएर राखिएको अवस्थामा प्रहरीले उक्त हतियार बरामद गरेको हो। गत भदौ २३ र २४ गते भएको जनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको सटगन कर्णले लुकाएर राखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियो।इलाका प्रहरी कार्यालय दमकबाट खटिए
इटहरी। पत्रकारिता पेसाको माध्यमबाट योगदान पु-याएकोमा चार जना गोरखापत्रकर्मीलाई सम्मान गरिएको छ । नेपाल प्रेस युनियन सुनसरीको १० औँ अधिवेशनमा इटहरीमा शनिबार गोरखापत्र दैनिक उपसम्पादक राधा चालिसेलाई गोविन्द ख्यामकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो । उक्त पुरस्कारको राशि ७५ हजार १०१ रुपियाँ रहेको छ । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष विष्णु निष्ठुरीलाई पनि गोविन्द ख्यामकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । उक्त पुरस्कारको राशि पनि ७५ हजार १०१ रुपियाँ राशि रहेको छ । इटहरीका समाजसेवी राजेन्द्र पोखरेल र नारायण पोखरेलले स्थापना
इटहरी। धनकुटा उद्योग वाणिज्य संघको अध्यक्षमा रामबहादुर राय निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी कृष्णराज श्रेष्ठलाई ४३ मतान्तरले पराजित गर्दै राय अध्यक्षमा निर्वाचित हुनुभएको हो।शनिबार राति अबेर सम्पन्न मतगणनापछि रायलाई अध्यक्षमा विजयी घोषणा गरिएको थियो। रायले २०९ मत प्राप्त गर्दा श्रेष्ठले १६६ मत प्राप्त गर्नुभयो। त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा विक्रम प्रधान २०२ मतसहित निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी अम्बिकादेवी धमलाले १७१ मत प्राप्त गर्नुभयो।उपाध्यक्षमा रिदम श्रेष्ठ २५६ मतसहित निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी नगेन्द्रप्रसाद काफ्लेले १३१ मत प्राप्त
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.