समाज

    Showing ८२१-८३० of ११,०३५ items.
  • पाँचथर जिल्ला अस्पतालमा ज्वरोका बिरामीको चाप बढ्यो

    इटहरी। पछिल्लो समय सदरमुकाम फिदिमस्थित जिल्ला अस्पताल पाँचथरमा ज्वरोका बिरामीको चाप बढेको छ। वर्षायाममा मौसमी रोगका रूपमा देखिने विभिन्न प्रकारका ज्वरोको प्रकोप बढेसँगै अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको हो।अन्य रोगका बिरामीको तुलनामा ज्वरोका बिरामी दैनिक बढी सङ्ख्यामा उपचारका लागि आउने गरेको अस्पतालका सूचना अधिकारी तथा मेडिकल रेकर्ड अधिकृत नवीन रेग्मीले बताउनुभयो। उहाँका अनुसार गत साउन महिनामा मात्रै ९४० जना ज्वरोका बिरामीले जिल्ला अस्पतालमा उपचार गराएका छन्। यो तथ्याङ्क जिल्ला अस्पतालको मात्रै भएकाले जिल्लाका अन्य सरकारी तथा निजी स्वास्थ्य संस्थामा उपचार गराउने बिरामीको सङ्ख्

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • ८६ पटक पढिएको
  • राष्ट्रिय टेबल टेनिसमा इटहरीका निहित कार्की च्याम्पियन

    इटहरी। इटहरी–६ निवासी बाल खेलाडी निहित कार्कीले काठमाडौंमा जारी १३औँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबल टेनिस च्याम्पियनसिप–२०२६ अन्तर्गत अन्डर–१० बालक एकलतर्फ च्याम्पियन बनेका छन्।काठमाडौंको डल्लुस्थित Earthquake Memorial Multipurpose Covered Hall मा जारी प्रतियोगितामा निहितले उत्कृष्ट खेल प्रदर्शन गर्दै अन्डर–१० बालक एकलको उपाधि हात पारेका हुन्।काठमाडौं जिल्ला टेबल टेनिस संघको आयोजनामा भदौ ७ देखि १३ गतेसम्म अर्थात् अगस्ट २३ देखि २९ सम्म सञ्चालन भइरहेको प्रतियोगितामा देशभरका खेलाडीहरूको सहभागिता रहेको छ।निहितले इटहरी टेबल टेनिस एकेडेमीबाट प्रशिक्षण लिँदै आएका छन्। सानै उमेरदेखि टे

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १,२५५ पटक पढिएको
  • पथरी शनिश्चरेमा श्रावण महिनामा विभिन्न प्रकृतिका अपराधका घटना

    इटहरी । इलाका प्रहरी कार्यालय पथरीले २०८३ साल श्रावण महिनामा विभिन्न प्रकृतिका अपराधमा २५ वटा मुद्दा दर्ता गरी २४ जना प्रतिवादीलाई पक्राउ गरेको छ।प्रहरीको मासिक प्रगति विवरण अनुसार जबरजस्ती करणी, लागुऔषध, अभद्र व्यवहार, चोरी, अनलाइन ठगी, सवारी ज्यान, आत्महत्या, ज्यान तथा अन्य अपराधका मुद्दा दर्ता भएका हुन्। प्रहरीका अनुसार सबैभन्दा बढी ६ वटा लागुऔषध सम्बन्धी मुद्दा दर्ता भएका छन्। ती मुद्दामा ८  जनालाई पक्राउ गरिएको छ भने २५ ग्राम १७० मिलिग्राम लागुऔषध बरामद गरिएको छ । त्यस्तै, जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योग सम्बन्धी मुद्दा पनि दर्ता भएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १४३ पटक पढिएको
  • लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५सी, एरिया फोर को दुईवटा रिजन प्लानिङ मिटिङ सम्पन्न

    इटहरी । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी अन्तर्गत एरिया  फोरमा दुईवटा रिजन प्लानिङ मिटिङ सम्पन्न भएको छ । रिजन चेयरपर्सन द्वय लायन डम्बर बहादुर बस्नेत र लायन दुर्गानन्द दासको संयुक्त अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर लायन लीला प्रसाद चिमोरियाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा डिस्ट्रिक्ट पदाधिकारीहरू, क्याबिनेट अफिसरहरू तथा विभिन्न क्लबका प्रेसिडेन्ट र पदाधिकारीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी क्लबहरूले आ–आफ्ना गतिविधि, उपलब्धि तथा भावी योजनाहरूको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै, चालू लायन्स वर्षलाई अझ प्रभावकारी, परिणामम

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १४६ पटक पढिएको
  • उदयपुरको बेलका नगरपालिकामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

    इटहरी । उदयपुरको बेलका नगरपालिका–५, जहडास्थित सुपाडेमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार मदन भण्डारी लोकमार्गअन्तर्गत बेलटार–रामपुर खण्डको सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को १ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको को १ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।दुर्घटनामा अटोमा सवार पाँच जना घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा, धरान लगिएकोमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बेलका

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १४८ पटक पढिएको
  • हिमालय इङ्गलिस स्कुलमा निःशुल्क आँखा तथा दन्त शिविर सम्पन्न

    इटहरी । मोरङको सुन्दरहरैँचा–१० विराटचोकस्थित हिमालय इङ्गलिस स्कुलमा एकदिने निःशुल्क आँखा तथा दन्त परीक्षण शिविर सम्पन्न भएको छ। मोरङ क्षेत्र नम्बर ३ का पूर्व सांसद सुनिल शर्माको अगुवाइ तथा नोबेल मेडिकल कलेज, विराटनगरको सहकार्यमा आयोजित शिविरमा विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन्। बालबालिकामा देखिन सक्ने आँखा तथा दाँत सम्बन्धी समस्या समयमै पहिचान गरी सचेतना जगाउने उद्देश्यले शिविर आयोजना गरिएको हो। शिविरमा आँखा र दाँत रोग विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षणका साथै आवश्यक परामर्श र सुझाव दिएका थिए। नोबेल मेडिकल कलेजका जनसम्पर्क अ

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १९४ पटक पढिएको
  • जनता केवलद्वारा विद्यार्थी र शिक्षकलाई ब्यागसहित शैक्षिक सामग्री वितरण

    इटहरी । ‘जनजनमा जनता केवल’ भन्ने नारासहित जनता केवलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत इटहरी–१० खनारस्थित ज्ञानोदय माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरूलाई ब्यागसहित शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।‘आफ्नो उत्पादन, आफ्नो सामाजिक उत्तरदायित्व’ तथा ‘शिक्षाको यात्रामा एक कदम, आजको सहयोग, भोलिको उज्यालो भविष्य’ भन्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षकहरूलाई आवश्यक शैक्षिक सामग्रीसहितका ब्याग वितरण गरिएको हो। कार्यक्रममा जनता केवलका प्रबन्ध निर्देशक रोहन अग्रवालले व्यवसाय सञ्चालनसँगै समाजप्रतिको दायित्व पूरा गर्नु कम्पनीको जिम्मेवारी भएको बताउनुभयो। उहाँले

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १९५ पटक पढिएको
  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको मत लिँदै

    इटहरी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची रहेको कोशी प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काले जानकारी दिनुभयो ।उहाँका अनुसार नेपालको संविधानबमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लाग्नुभएको हो । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० र नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० बिच भएको पछिल्लो सहमतिअनुसार मौजुदा मन्त्रिपरिषद्मा नयाँ नियुक्त, हेरफेर र कार्यविभाजन गरिएको छ ।यसअघि उहाँको नेतृत्वमा २०८१ वैशाख २७ गते कोशी प्रदेश मन्त्रिपरिषद् गठन भएको थियो । हाल सभामा नेकपा ९एमाले० का ४० र  ने

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १०९ पटक पढिएको
  • इटहरीमा आर्म रेस्लिङ राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट, नयाँ कार्यसमितिको पदभार तथा सम्मान समारोह सम्पन्न

    इटहरी । नेपाल आर्म रेस्लिङ डेभलपमेन्ट एसोसिएसन नाउडाको आयोजनामा इटहरीको क्लब केमा राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट, नयाँ कार्यसमितिको पदभार तथा सम्मान समारोह सम्पन्न भएको छ। इटहरीस्थित क्लब केमा आयोजित कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा आर्म रेस्लिङ खेलको विकास, स्थानीय खेलाडीको क्षमता अभिवृद्धि तथा खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर सिर्जना गर्ने विषयमा चर्चा गरिएको थियो ।  प्रतियोगितामा विभिन्न तौल समूहमा खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । ६० केजीमुनि रोहन लुइँट

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • २५७ पटक पढिएको
  • झापामा १५ वर्षे किशोरले १० रुपैयाँबाट थालेको अभियान, तीन दशकपछि कसरी बन्यो गाउँकै सहारा

    इटहरी : गरिब परिवारमा कसैको मृत्यु हुँदा आर्थिक अभावले अन्तिम संस्कार गर्नसमेत कठिन हुने अवस्था देखेपछि एक किशोरले गाउँका अगुवासँग सहयोगको प्रस्ताव राखे ।गाउँलेले मृतकको घरमा सहयोगको बाकस राखेर प्रतिव्यक्ति रु १० जम्मा गर्न थाले । तीन दशकअघि रु १० बाट सुरु भएको त्यही अभियान अहिले ३७७ सक्रिय सदस्य रहेको संस्थाका रूपमा विस्तार भएको छ । झापाको अर्जुनधारा नगरपालिका–७ सरस्वती टोलस्थित ‘सामूहिक उद्धार तथा उपकार सङ्घ’को यात्रा केवल एउटा सामाजिक संस्थाको विस्तारको कथा होइन, विपत्तिमा परेको परिवारलाई समुदायले कसरी साथ दिन सक्छ भन्ने उदाहरण पनि हो । सानो सहयोगबाट सुरु भएको अभियान अहिले आफ्नै भवन, सामाजि

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १०७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]