समाज

    Showing ८११-८२० of ११,०३५ items.
  • मोरङमा सर्पले डस्दा १० वर्षीया बालिकाको मृत्यु

    इटहरी। मोरङको सुनवर्षी नगरपालिका–८ हर्चनगढीमा सर्पले डस्दा १० वर्षीया बालिकाको मृत्यु भएको छ ।प्रहरीका अनुसार स्थानीय जाग्रुदिन मियाँकी छोरी रेहाना खातुनलाई मंगलबार बिहान करिब २ः३० बजे घरमै सुतिरहेका बेला सर्पले दाहिने हातमा डसेको थियो । सर्पले डसेर अवस्था गम्भीर बनेपछि रेहानालाई उपचारका लागि अभिभावकले तत्काल रंगेली अस्पताल पुर्‍याएका थिए । तर, उपचारकै क्रममा बिहान करिब ३ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरिदिए ।प्रहरीका अनुसार बालिकालाई डस्ने सर्प कुन प्रजातिको हो भन्ने खुल्न सकेको छैन । सर्पदंशबाट बालिकाको मृत्यु भएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १७४ पटक पढिएको
  • भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

    इटहरी। किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन् । यहाँको मनमोहक दृश्यावलोकन अवलोकन गर्न र बरुवाल जातको भेडा फार्म हेर्न यहाँ नियमितरुपमा आन्तरिक तथा विदेशी पर्यटक आउने गर्छन् ।नुवाकोटको किस्पाङ गाउँपालिका–१ बरुवाल जातका भेडाको नश्ल सुधारको प्रमुख स्थल हो ।  सरकारको राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय मातहतको यो केन्द्र समुद्री सतहबाट करिब दुई हजार मिटरको उचाइमा छ । यहाँ पुग्न काठमाडौँबाट १०१ किमीको दूरी पार गर्नुपर्छ ।  स्रोत केन्द्रका नाममा ६६० रोपनी जमिन छ । बाँकी खर्क र पर्याप्त चरण क्षेत्र, यहाँ हाल तीन सय ५४ भेडा छन् । स्रोत केन्द्रका कार्या

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • ७८ पटक पढिएको
  • सिँचाइ समस्या समाधान गर्न कोशीमा बेडबार र नहर संरचना मर्मत आवश्यक : मन्त्री मेहता

    इटहरी । उद्योग, कृषि तथा सहकारीमन्त्री रामप्रसाद मेहताले सुनसरी र मोरङको सिँचाइ समस्या समाधानका लागि कोशी नदीमा बेडबार निर्माण तथा नहर संरचनाको नियमित सरसफाइ र मर्मतसम्भार आवश्यक रहेको बताउनुभएको छ।सुनसरीको इनरुवामा सञ्चारकर्मीसँगको भेटघाटमा मन्त्री मेहताले कृषिका लागि उर्वर भूमि रहेको सुनसरी र मोरङका किसानले नहर भएर पनि पर्याप्त सिँचाइ सुविधा नपाएको गुनासो गरिरहेको बताउनुभयो। समस्या समाधानका लागि कोशी नदीको चतरा क्षेत्रमा बेडबार निर्माण तथा सुनसरी–मोरङ सिँचाइ आयोजनाका नहर र संरचनाको नियमित सरसफाइ आवश्यक रहेको उहाँको भनाइ छ। उहाँले सुनसरी र मोरङको सिँचाइ समस्या समाधानका लागि कोशी नदीको इन्टेक

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १२१ पटक पढिएको
  • भारतीय पूर्वसैनिकको ड्रागन फ्रुट खेती : एउटै बिरुवाबाट सुरु गरेर कसरी गरे वार्षिक ६० लाख आम्दानी

    इटहरी : आकर्षक बगैँचा, लटरम्म फलेका फल अनि ओठमा मीठो मुस्कान—सुनसरीको रामधुनीका कृपाश्वर घले गुरुङको पछिल्लो परिचय यही हो ।देशभित्र धेरै स्थानमा ड्रागन फ्रुटको राम्रो खेती भएको सुने पनि आफ्नै जग्गामा खेती सफल होला कि नहोला भन्ने द्विविधा उनलाई पनि थियो । ‘तँ आँट, म पुर्‍याउँछु’ भन्ने आत्मविश्वासका साथ सुरु गरेको ड्रागन फ्रुट खेतीले आज कृपाश्वरलाई नाम मात्रै होइन, राम्रो दामसमेत दिएको छ । लामो समय भारतीय सेनामा सेवा गरेपछि अवकाश लिएका रामधुनीका कृपाश्वर घले गुरुङले व्यावसायिक ड्रागन फ्रुट खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । उनले दुई बिघा क्षेत्रफलमा ड्रागन फ्रुट खेती गरेर वार्षिक ५५ ला

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • ८७ पटक पढिएको
  • प्रहरीको नयाँ सुरक्षा रणनीति: अपराध नियन्त्रणमा ‘डिजिटल निगरानी’

    इटहरी। खुला सीमा, तीव्र सहरीकरण र ठुलो जनघनत्वका कारण सुरक्षा चुनौती थपिँदै गएको सुनसरीमा प्रहरीले अपराध नियन्त्रणका लागि डिजिटल प्रविधि, सूचना विश्लेषण र लक्षित निगरानीलाई मुख्य रणनीति बनाउने भएको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले प्रविधिको अधिकतम प्रयोग गर्दै अपराधको प्रकृति पहिचान, सम्भावित जोखिमको पूर्वानुमान तथा घटनापछिको अनुसन्धानलाई प्रभावकारी बनाउने रणनीति अघि सारिएको बताउनुभयो ।इनरुवामा स्थानीय सञ्चारकर्मीसँगको अन्तर्क्रियामा प्रहरी उपरीक्षक मल्लले नागरिकलाई सुरक्षित महसुस गराउने र जिल्लामा शान्ति–सुरक्षा कायम गर्ने विषयलाई आफ्नो पहिलो प्राथमिकता रहेको

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • ८१ पटक पढिएको
  • कोशीमा दस सबस्टेसन थपिने

    इटहरी। नेपाल विद्युत् प्राधिकरणले कोशी प्रदेशका पाँच जिल्लामा १० वटा सबस्टेसन थप्ने प्रक्रिया थालेको छ । प्राधिकरणले सबस्टेसनको सङ्ख्या बढाउँदै वितरण प्रणालीमा सुधार तथा ट्रान्सफर्मर अपग्रेडको कामलाई एकसाथ अगाडि बढाउने तयारी गरेको हो । गर्मीको समयमा विद्युत् वितरण प्रणालीमा हुने ओभरलोड व्यवस्थापन गर्न सुनसरीको बर्जु गाउँपालिकाको १३२ केभी सबस्टेसन र मोरङको बेलबारीस्थित केरौनमा १३२ केभी ग्रिड सबस्टेसन निर्माणको अन्तिम चरणमा रहेका छन् । जसमध्ये केरौनको सबस्टेसन अहिले चार्जिङ फेजमा राखिएको र बर्जुको काम तीन महिनामा सम्पन्न हुने जानकारी दिइएको छ । नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय को

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • ७९ पटक पढिएको
  • बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन जना पक्राउ

    इटहरी : युवती राखेर यौन व्यवसाय सञ्चालन गर्ने गरेको गुनासो बढेपछि प्रहरीले झापाको बिर्तामोडस्थित मेची आँखा अस्पताल–सैनिकमोड क्षेत्रका होटलमा छापा मारेको छ ।इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले गए राति उक्त क्षेत्रका विभिन्न होटलमा सर्च अपरेसन सञ्चालन गरेको हो ।प्रहरीले होटलमा अनैतिक क्रियाकलाप हुने गरेको गुनासोका आधारमा छापा मारिएको जनाएको छ । प्रहरीका अनुसार सर्चका क्रममा सैनिकमोडस्थित होटल सेभेन इनका सञ्चालक गंगा गुरुङसहित तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा होटलमा रहेका युवतीसमेत रहेको प्रहरी स्रोतले जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकल

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • ६८ पटक पढिएको
  • आहा, यस्तो पो झरना

    इटहरी। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा रहेको छ । ककनी खोलामा करिब ५०० मिटरको दूरीभित्र तीन ठुला र मनमोहक झरना भए पनि प्रचारमा आउन नसक्दा झरना ओझेलमा परेका हुन् ।ककनी गाउँ हुँदै बहने ककनी खोला कपल्टी भिरमा पुगेपछि झरनामा परिणत भएको छ । त्यही खोला करिब ५०० मिटरको दूरीमा तीनवटा झरनामा बदलिएको छ । पहिलो झरना गाउँ नजिकै छ । पर्यटकीय पूर्वाधार निर्माण भएका कारण गाउँबाट १० मिनेटकै पैदल दूरीमा यो झरनामा पुग्न सकिन्छ । दोस्रो झरना पहिलो झरना नजिकै रहे पनि भौगोलिक विकटताका कारण घुमाउरो बाटो भएर जानुपर्छ । करिब २० मिनेट ओरालो हिँडेपछि दोस्रो झरना पुग्न सकिन्छ

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १०३ पटक पढिएको
  • भुल्के खानेपानी आयोजना अलपत्र

    इटहरी। धनकुटाको पाख्रीबासमा सञ्चालित भुल्के खानेपानी आयोजनाको काम अलपत्र परेको छ । लामो समयदेखि आन्तरिक विवादका कारण भुल्के मुहानदेखि पाख्रीबास बजारसम्म सञ्चालित लिफ्टिङ आयोजनाको काम अलपत्र परेको हो ।  पाख्रीबास नगरपालिका–८ र १० को सिमानामा पर्ने मुगाखोलामा खानेपानी आयोजनाका लागि काम अगाडि बढेको थियो । आर्थिक वर्ष २०७८/७९ सालमा २८ करोड ५८ लाख ७२ हजार विनियोजित बजेटबाट १५ करोड रुपियाँमा टेन्डर प्रक्रिया स्वीकृति भई काम अगाडि बढेको थियो । स्थानीयले विरोध गरेपछि हाल खानेपानी योजनाको काम अलपत्र परेको छ । स्थानीय उपभोक्ताले मुहान सम्भाव्यता अध्ययन गर्ने क्रममा समेत विरोध जनाउँदै उच्च अदाल

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • ६९ पटक पढिएको
  • चिया बगानमा कमाउँदै, बगानमै रमाउँदै महिला श्रमिक

    इटहरी। बिहान ७ बज्दै थियो। पाथिभरा टी–स्टेटको आवास क्षेत्रमा चहलपहल सुरु भयो। टी–स्टेटको क्वार्टरमा बस्दै आएका श्रमिकमध्ये कसैले चिया तयार गरे, कसैले नास्ता बनाए। चिया–नास्तापछि यहाँका १० जना महिला डोको बोकेर बगानतिर लागे।करिब १५ मिनेट हिँडेपछि त्यो समूह लहलह पालुवा पलाएको चियाबारीमा पुग्यो। पानी परेपछि खुलेको मौसम, चिसो बतास र चारैतिर हरियाली। त्यहीँ चिया टिप्न थालेका महिला कहिले गीत गाउँथे, कहिले अन्ताक्षरी खेल्थे त कहिले मीठा गफ गर्दै चियाका मुना टिपेर डोको भर्ने प्रयत्नमा देखिन्थे। करिब चार घण्टा चियाका मुना टिपेर उनीहरू मध्याह्नतिर कारखाना फर्किन्छन्। आफूले टिपेको हरियो पत्ती तौलिन्छन्। त

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १०१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]