इटहरी । सुनसरीको इटहरीमा आयोजित स्वर्गीय बुद्धरानी चेम्जोङ लिम्बू स्मृति चौथो अन्तरविद्यालय सेभेन–ए–साइड फुटसल प्रतियोगिताको उपाधि पूर्वाञ्चल सेकेन्डरी स्कुल, तरहराले जितेको छ । अल स्पोट्र्स कलेक्सनको आयोजनामा इटहरी–५, काव्यबाटिकास्थित पाथीभरा फुटसल प्रालिमा आइतबार देखि सुरु भएको दुईदिने प्रतियोगितामा सुनसरीका ३२ विद्यालयका टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताको रोमाञ्चक फाइनल खेल पूर्वाञ्चल सेकेन्डरी स्कुल र सयपत्री सेकेन्डरी स्कुल, इटहरी–१९ बीच भएको थियो। निर्धारित समयमा दुवै टिमले एक–एक गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा सयपत्रीलाई ३–२ गोलले पराजित गर्द
इटहरी । धनकुटाको महालक्ष्मी नगरपालिका–१ घुमाउने र सङ्खुवासभाको धर्मदेवी नगरपालिका–५ बुद्धचोकमा सञ्चालन गरिएको निःशुल्क विशेषज्ञ स्वास्थ्य जाँच तथा उपचार शिविरबाट १५६ जना लाभान्वित भएका छन् । घुमाउनेस्थित स्कुलडाँडा आधारभूत स्वास्थ्य चौकीमा आयोजित शिविरबाट ३१ जनाले सेवा लिएका छन् । शिविरको आयोजना प्रगतिशील कृषि तथा पशुपन्छीपालन कृषक समूह, घुमाउनेले गरेको हो । त्यस्तै, धर्मदेवी नगरपालिका–५ बुद्धचोक स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजित शिविरबाट १२५ जनाले स्वास्थ्य सेवा लिएका छन् । उक्त शिविर धर्मदेवी नगरपालिका–५ नम्बर वडा कार्यालयको आयोजनामा सञ्चालन गरिएको थियो । शिविरमा विशेषज्ञ चिकित्स
इटहरी । अखिल नेपाल महिला संघ कोशी प्रदेश कमिटीको दोस्रो प्रदेश सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले सिर्जना राईको अध्यक्षतामा नयाँ प्रदेश कमिटी चयन गरेको छ । महिलाको राजनीतिक, सामाजिक तथा आर्थिक अधिकारका सवाललाई प्रभावकारी रूपमा उठाउँदै आगामी दिनमा महिला आन्दोलनलाई थप सशक्त बनाउने उद्देश्य सहित सम्मेलन सम्पन्न भएको अखिल नेपाल महिला संघ कोशी प्रदेश कमिटीले जनाएको छ। सम्मेलनको उद्घाटन नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्नुभएको थियो। कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुका भद्रा हमाल, केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले, केन्द्रीय सचि
इटहरी । मोरङको दक्षिणी सीमावर्ती क्षेत्रबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएका ५१ वटा सुँगुरका पाठा प्रहरीले बरामद गरेको छ । धनपालथान गाउँपालिका–३ स्थित चेका खोलाबाट मंगलबार बिहान प्रहरीले सुँगुरका पाठा बरामद गरेको हो ।इलाका प्रहरी कार्यालय मायागन्जबाट खटिएको टोलीले ६ वटा साइकलमा प्लास्टिकका बोराभित्र राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सुँगुरका पाठा फेला पारेको थियो । प्रहरी टोलीलाई देखेपछि सुँगुरका पाठा बोकेर भारततर्फ जाँदै गरेका व्यक्तिहरू साइकल र पाठा छाडेर भारततिर नै भागेका थिए । मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार घटनास्थलबाट ५१ वटा सुँगुरका पाठासहित ६ वटा साइकल बरा
इटहरी : सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्दै जिल्लामा अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।सुनसरीको नेतृत्व सम्हालेपछि पहिलोपटक सदरमुकाम इनरुवामा सोमबार सञ्चारकर्मीसँगको अन्तर्क्रियामा प्रहरी उपरीक्षक मल्लले प्रविधिमैत्री प्रहरी सेवा विस्तारमा जोड दिएका हुन् । समाजमा शान्ति सुरक्षा कायम गर्न कुनै किसिमको कसर बाँकी नराख्ने प्रतिबद्धता उनले व्यक्त गरे । खुला सीमाका कारण जिल्लामा उत्पन्न हुने सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै उपलब्ध स्रोतसाधनको प्रभावकारी प्रयोग गरी सुरक्षा व्यवस्था थप मजबुत बनाउने उनले ब
इटहरी। खोटाङमा चार ट्रक उत्तिसको काठ बरामद गरिएको छ । जिल्लाको साप्सु खोला किनारबाट सवडिभिजन वन कार्यालय दिक्तेलले चार ट्रक उत्तिसको काठ बरामद गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –९ निर्मलिडाँडा र साकेला गाउँपालिका –१ बाँझेच्यानडाँडाको सिमानामा अवस्थित साप्सु खोला किनारमा छरपस्ट रहेका काठ बरामद गरिएको हो । अवैधानिकरुपमा काठ कटान गरेर निकासी गर्न लागेको भन्ने सूचनाको आधारमा वन कार्यालयका कर्मचारीले निरीक्षण गरेका थिए । निरीक्षणको क्रममा काठ काट्नेहरु बेपत्ता भएपछि काठ बरामद गरिएको सवडिभिजन वन कार्यालय दिक्तेलका प्रमुख सरोज घिमिरेले बताउनुभयो । वन कार्यालयबाट करिब ८ दिन निरीक्षण ह
इटहरी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित रही पत्रकारिता गरिनु पर्ने आवश्यकतामा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशद्वारा आयोजित ‘पत्रकार दुर्घटना बिमा’ कार्यक्रमको शुभारम्भ गर्दै उहाँले सत्य र तथ्यको आधारमा गरिने पत्रकारिताले मात्र समाजलाई बलियो बनाउने बताउनुभयो ।मुख्यमन्त्री कार्कीले बिमा कम्पनील बीमितको भुक्तानीे सहज र सरल ढङ्गबाट गर्ने व्यवस्थाका लागि आग्रह गर्दै प्रदेश सरकारले स्थापना गरेको प्रदेश सञ्चार प्रतिष्ठानले पत्रकारको हकहितमा काममा बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफनो नेतृत्
इटहरी : महाकुलुङ गाउँपालिका–२ बोदेलस्थित हुंगा खोला जलविद्युत् आयोजनामा प्रयोग हुने डिजेल चोरी गरी बिक्री गर्ने चार चालकसहित चोरीको डिजेल खरिद गर्ने एक जना गरी पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार आयोजनामा कार्यरत चालकहरूले इन्धन चोरी गरी सस्तो मूल्यमा बिक्री गर्ने गरेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो । प्रहरीले चोरी गरिएको डिजेल खरिद गर्ने व्यक्तिसहित चार चालकलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूबाट ६६५ केजी अर्थात् करिब ८०० लिटर डिजेल बरामद गरेको जनाएको छ । पक्राउ परेकामाथि चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको
इटहरी। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको पाँच वटै वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। दोभानस्थित सामुदायिक स्वास्थ्य इकाईमा रहेको बर्थिङ सेन्टरबाट समेत प्रसूति सेवा सुरु भएपछि पालिकाका सबै वडामा संस्थागत प्रसूति सेवा उपलब्ध भएको हो।गाउँपालिकाले सबै वडामा आवश्यक सुविधासहितका बर्थिङ सेन्टर स्थापना गरी सञ्चालनमा ल्याउने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको थियो । सोही अभियानअन्तर्गत दोभान सामुदायिक स्वास्थ्य इकाईबाट पहिलो पटक प्रसूति सेवा प्रदान गरिएको छ। उक्त केन्द्रबाट पहिलो पटक एक जना महिलाले प्रसूति सेवा लिँदै नवजात शिशुलाई जन्म दिनुभएको थियो । पाँचवटै वडामा बर्थिङ सेन्टर सञ्चालनमा आए
इटहरी : लागुऔषध मुद्दामा कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सुनसरी जिल्ला अदालतको २०८३ जेठ २६ गतेको फैसलाअनुसार चार महिना २१ दिन कैद र पाँच हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका मोरङको केराबारी गाउँपालिका–६ का २३ वर्षीय याकु भन्ने प्रकाश लिम्बुलाई पक्राउ गरेको हो । प्रहरीले उनलाई सोमबार करिब ४ बजे खोजतलासका क्रममा घरबाट पक्राउ गरेको हो ।पक्राउ परेका लिम्बुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.