इटहरी : झापा जिल्ला अदालतबाट कैद तोकिए पनि सजाय भुक्तान नगरिकन फरार रहेका एक व्यक्तिलाई मोरङमा प्रहरीले पक्राउ गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका–५ का ४४ वर्षीय सुरेन्द्रप्रसाद राजवंशीलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । सवारी अंगभंग मुद्दामा दोषी ठहर भई कैद सजाय तोकिएका उनी लामो समयदेखि फरार रहँदै आएका थिए ।मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार राजवंशीलाई साँझ करिब ७ बजेतिर कानेपोखरी–५ स्थित आफ्नै घरबाट नियन्त्रणमा लिइएको हो । पक्राउपछि उनलाई अड्डासार गरी झापा लगिएको छ । झापा जिल्ला अदालतले २०८१ साल पुस १६ गते राजवंशीलाई सवारी अंगभंग मुद्दामा दोषी ठहर ग
इटहरी : सुनसरीको बराहक्षेत्रमा साइकल चलाउन सिक्ने क्रममा लड्दा एक युवकको मृत्यु भएको छ।बराहक्षेत्र नगरपालिका–१० का करिब २३ वर्षीय खगेन्द्र दर्नाल आफ्नै घरको आँगनमा साइकल चलाउने क्रममा मंगलबार साँझ अचानक लडेका थिए। प्रहरीका अनुसार साँझ करिब ५ः३० बजे भएको घटनामा साइकलको पाइडलको फलामे चुच्चो भाग उनको छातीको बायाँतर्फ घुसेको थियो। गम्भीर चोट लागेका दर्नालको घटनास्थलमै मृत्यु भएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए।घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा पठाए
इटहरी : कोशीमा हरेक वर्ष सडक दुर्घटना बढ्दै गएको छ। प्रदेशका विभिन्न जिल्लामा हरेक दिनजसो साना–ठूला दुर्घटना भइरहेका छन्। यस्ता दुर्घटनामा परेर वर्षेनी सयौंले ज्यान गुमाइरहेका छन्।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको तथ्याङ्कअनुसार कोशी प्रदेशमा पछिल्ला पाँच आर्थिक वर्षमा सवारी दुर्घटनामा परी दुई हजार १ सय ९८ जनाको मृत्यु भएको छ। आर्थिक वर्ष २०७८÷७९ देखि २०८२÷८३ सम्म प्रदेशका १४ जिल्लामा २२ हजार ९ सय ३१ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा चार हजार २९७ जना गम्भीर घाइते भएका छन् भने ३३ हजार ९६२ जना सामान्य घाइते भएका छन्। पछिल्ला वर्षमा दुर्घटनाको संख्या
इटहरी : इटहरीबाट प्रहरीले लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ।इटहरी–११ भुसकलुवाबाट प्रहरीले १ हजार ६८० क्याप्सुल ट्रामाडोल र १ हजार ५७० ट्याब्लेट डाइसाइक्लोमिनसहित १८ वर्षीय समीर विश्वकर्मालाई पक्राउ गरेको हो। लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी र प्रहरी चौकी खनारबाट खटिएको संयुक्त टोलीले विश्वकर्मालाई शंका लागेर चेकजाँच गरेको थियो। उनले बोकेको झोला खानतलासी गर्दा उक्त लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।त्यस्तै, इटहरी–१० डुम्कटाबाट प्रहरीले ८० क्याप्सुल ट्रामाडोल र ४० ट्याब्लेट डाइसाइक्लोमिनसहित २४ वर्षीय आशिष सरदारलाई पक्राउ
इटहरी : बिर्तामोड नगरपालिका - ९ मा न्वारानको भोज खाएका ठूलो संख्याका मानिसमा स्वास्थ्य समस्या देखिएको छ। मंगलवार स्थानीय रामकुमार श्रेष्ठको घरमा आयोजित न्वारानको भोजमा सहभागीमध्ये अधिकांशलाई पेट दुख्ने, वान्ता हुने, झाडापखालालगायतका समस्या देखिएपछि १२ जनालाई अस्पताल भर्ना गरिएको छ।श्रेष्ठकी नातिनीको न्वारानका अवसरमा आयोजित भोजमा करिब ५० जना सहभागी भएको बताइएको छ। भोजमा सहभागीमध्ये एकपछि अर्को गर्दै स्वास्थ्य समस्या देखिन थालेपछि केहीले स्थानीयस्तरमै औषधि सेवन गरेका थिए। स्वास्थ्यमा सुधार नआएपछि उनीहरू अस्पताल पुगेका हुन्। अस्पताल भर्ना हुनेमध्ये आठ जनालाई बिर्तामोड नगर अस्पताल र चार जनालाई प्र
इटहरी : उपचारका लागि भारतबाट झापाको बिर्तामोड आउने बिरामी र उनीहरूका आफन्तलाई लक्षित गरेर सैनिकमोड क्षेत्रमा होटल तथा लज खुल्ने क्रम बढेको छ। तर, उपचारका लागि आउने मानिसको चापसँगै यस क्षेत्रमा होटल व्यवसायको आवरणमा यौनधन्दा र लागूऔषध कारोबार बढेको भन्दै स्थानीय चिन्तित छन्।बिर्तामोड नगरपालिका-३ सैनिकमोडमा सामान्य चिया- नास्ताका पसलदेखि खाने, बस्ने र अन्य सुविधा दिने गरी चार दर्जनभन्दा बढी होटल तथा लज सञ्चालनमा छन्। मेची आँखा अस्पताल, दृष्टि अस्पताल र मेची आई एण्ड एस्थेटिक अस्पताल यही क्षेत्रमा रहेकाले उपचारका लागि भारतबाट आउने बिरामी र आफन्त होटलका मुख्य ग्राहक हुन्। तर, होटल व्यवसायको बढ
इटहरी। कोशी प्रदेशका १४ जिल्लामा कार्यरत एक हजार २२७ जना पत्रकार दुर्घटना बिमा कार्यक्रममा समेटिने भएका छन् । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिले पेसागत तथा सामाजिक सुरक्षालाई ध्यानमा राख्दै पत्रकारको दुर्घटना बिमा कार्यक्रम मङ्गलबार शुभारम्भ गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख उपस्थितिमा पत्रकार बिमा कार्यक्रम प्रदेशका १४ जिल्लामा शुभारम्भ गरिएको हो । कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले पत्रकारको हकहित र संरक्षणका लागि फराकिलो व्यवहार गर्ने बताउनुभयो । कोशी प्रदेश सरकारले बीमित पत्रकारको प्रिमियमबापतको रकम एकमुस्ट उपलब्ध गराउने छ । पत्रकार
इटहरी। पाँचथरको हिलिहाङ गाउँपालिका–६, गुराँसेमा मङ्गलबार राति भएको ट्याक्टर दुर्घटनामा दुई जना घाइते भएका छन्।फिदिमबाट जोरपोखरी जाँदै गरेको मे १ त ६२१९ नम्बरको ट्याक्टर राति ९ः३० बजे सडकबाट तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा हिलिहाङ गाउँपालिका–५ का २६ वर्षीय चालक रमन पदालुङ र सोही ट्याक्टरमा सवार हिलिहाङ–५ कै डिल्ली सुहाङ घाइते हुनुभएको छ। घाइते दुवै जनाको अवस्था गम्भीर रहेकाले पाँचथर जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि झापा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रामचन्द्र साहले बताउनुभयो।उहाँका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाब
इटहरी। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा तेस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता आगामी भदौ २४ गते सञ्चालन हुने भएको छ । तिम्बुङ पोखरीको पर्यटकीय क्षेत्रको प्रचार र प्रवर्द्धनका लागि ट्रेल रन प्रतियोगिता सञ्चालन हुने भएको हो ।तेस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरिएको आयोजक तिम्बुङ पोखरी संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष अमिर राईले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष खुल्ला र महिलातर्फका विजेतालाई समान पुरस्कार प्रदान गरिने छ । समितिका अध्यक्ष अमिर राईका अनुसार खुल्लातर्फ प्रथम हुनेले ८३ हजार ५२५, दोस्रोले ६३ हजार ५२५ र तेस्रो हुनेले ४३ हजार ५२५ रुपि
इटहरी । इटहरीस्थित एमआरएस प्रणामी अस्पतालले सर्वसाधारणलाई न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । अस्पतालले स्वास्थ्य सेवालाई नाफामुखी भन्दा सेवामुखी बनाउने उद्देश्यका साथ विभिन्न उपचार तथा परीक्षण सेवा सर्वसुलभ दरमा उपलब्ध गराउँदै आएको हो। अस्पतालका अध्यक्ष हेम घिमिरेका अनुसार सर्वसाधारणको स्वास्थ्य उपचार सहज र पहुँचयोग्य बनाउने उद्देश्यले अस्पतालले न्यूनतम शुल्कमा स्वास्थ्य सेवा उपलब्ध गराइरहेको छ । उहाँका अनुसार अस्पतालमा विशेषज्ञ चिकित्सकको ओपीडी सेवा २ सय, इमर्जेन्सी शुल्क २ सय र बेड शुल्क ८ सय मा उपलब्ध छ । अस्पतालमा दैनिक बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.