समाज

    Showing ७६१-७७० of ११,०३५ items.
  • हुन सकेन सर्पदंशविरुद्धको औषधी उत्पादन

    इटहरी। सुनसरीको वराहक्षेत्र नगरपालिका–७, बेलाहामा रहेको ‘एन्टिस्नेक भेनम’ उत्पादन उद्योगले तीन वर्षदेखि बैङ्कबाट ऋण प्राप्त गर्न नसक्दा सर्पदंशविरुद्धको औषधी उत्पादन सुरु गर्न सकेको छैन । नेपालमै निजी क्षेत्रको लगानीमा स्थापना भएको उद्योगले आवश्यक मेसिनरी जडान तथा आन्तरिक संरचना निर्माणका लागि करिब २० करोड रुपियाँ लगानी आवश्यक पर्ने भए पनि बैङ्कबाट ऋण नपाउँदा उत्पादनको काम अघि बढ्न नसकेको हो । उद्योगका सञ्चालक तथा अध्यक्ष लक्ष्मीप्रसाद फुयाँलका अनुसार उद्योग सञ्चालनका लागि सरकारले वित्तीय सहुलियत तथा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि व्यवहारमा बैङ्कबाट ऋण प्राप्त हुन सकेको छ

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • ७४ पटक पढिएको
  • हालसम्म ३५९ जनाको शव फेला

    काठमाडौं । भोटेकोसी बाढीमा परी मृत्यु भएका ३५९ जनाको शव फेला परेको छ । नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार विभिन्न जिल्लाबाट उक्त संख्यामा शव संकलन गरिएको हो ।रसुवामा १७, धादिङमा ३३, गोरखामा ३०, नवलपरासी पूर्वमा २, नुवाकोटमा २, चितवनमा १३२, तनहुँमा २२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।  बाढीपछिको विपद्‌मा हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको पनि प्रहरीले जनाएको छ ।विपद्‌मा परेकाको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८ जना प्रहरी कर्मचारी खटिएका छन् । त्यस्तै, बाढीमा परी घाइते भएका ६३ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • ३७१ पटक पढिएको
  • भोटेकोशीको बाढीमा परेर उदयपुरका ६ जना बेपत्ता

    इटहरी।  बुधवार बिहान अकस्मात् रुपमा रसुवा जिल्ला हुँदै नुवाकोटतिरबाट नारायणीमा मिसिएको बाढी पहिरोमा परेर उदयपुरका ६ जना पुरुष बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय उदयपुरले दिएको जानकारी अनुसार उदयपुरको त्रियुगा नगरपालिकाका विभिन्न वडाका नागरिकहरु रोजगारीको क्रममा रसुवाका हाइड्रोपावरमा काम गर्नै मजदुरहरु, कोही गोसाईंकुण्ड घुम्न गएका कोही रसुवाको टिमुरेमा नेपाली सेनाको व्यारेकमा कार्यरत कोही माथिल्लो त्रिसुली हाइड्रो पावर ३ बि मा कार्यरत कर्मचारी रहेका छन् । जिल्ला प्रासन कार्यालय उदयपुरले दिएको जानकारी अनुसार रसुवामा आएको बाढी पहिरोबाट पीडित तथा बेपत्ता हुनेहरुमा त्रियुगा नगरपाल

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • १३९ पटक पढिएको
  • अपुष्ट सूचना, तस्बिर र श्रव्यदृश्य सामग्री प्रसारण नगर्न सञ्चार मन्त्रालयको अपिल

    काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा हालै गएको प्राकृतिक विपद्का घटनासँग सम्बन्धित मानवीय रुपमा संवेदनशील तस्बिर, श्रव्यदृश्य तथा अपुष्ट सूचना प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तासँग अपिल गरेको छ ।मन्त्रालयले विपद्को विषम परिस्थितिमा सञ्चारमाध्यम तथा आमनागरिकबाट प्रवाह हुने सूचनाले उद्धार, राहत तथा जनमानसमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले जिम्मेवार र संवेदनशील ढङ्गबाट सूचना सम्प्रेषण गर्न आग्रह गरेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता उदयबहादुर राना मगरद्वारा जारी विज्ञप्तिमा विपदबाट भएको क्षति, उद्धार तथा राहतसम्बन्धी स

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • १२५ पटक पढिएको
  • भोटेकोशीमा फेरि बाढीको खतरा,नदी किनारबाट सुरक्षित स्थानमा जान आग्रह

    काठमाडौं । भोटेकोशी नदीमा फेरि ठूलो बाढी आउन सक्ने सम्भावना देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।चीनतर्फबाट परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचनाअनुसार भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषण गर्दा भदौ १० गते विनाशकारी बाढी आएको स्थानमा नदी थुनिएर ठूलो ताल बनेको देखिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त तालमा पानीको मात्रा निरन्तर बढिरहेको र कुनै पनि बेला ताल फुटेर भोटेकोशी नदीमा पुनः ठूलो बाढी आउन सक्ने जोखिम देखिएको हो। प्रारम्भिक चिनियाँ सूचनाअनुसार छोचेन खोला र पुरेपु साङ्पो नदीको संगम आसपास करिब २० लाख घनमिटर पानी जम्मा भएको ताल ब

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • १८९ पटक पढिएको
  • अपर त्रिशूली थ्री बि आयोजनामा कार्यरत १२ जना कर्मचारी सम्पर्कविहीन

    भोटेकोशी नदीमा बुधबार आएको बाढीको कारणले अपर त्रिशूली थ्री बि हाइड्रोइलेक्ट्रिक आयोजनामा सुपरीवेक्षण परामर्शदाताको रूपमा कार्यरत १२ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । सो आयोजनामा सुपरिवेक्षणको लागि परामर्शदाताको रूपमा चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनी लिमिटेडका विभिन्न तहका १२ जना कर्मचारी कार्यरत कर्मचारी सम्पर्कविहीन भएकाले उद्धार तथा खोजी गर्नका लागि अनुरोध गरिएको छ । चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनी लिमिटेडका प्रशासन अधिकृत विमल कडरियाले कम्पनीमार्फत अपर त्रिशूली थ्रि बी हाइड्रोइलेक्ट्रिक आयोजनामा विभिन्न तहमा कार्यरत १२ जना कर्मचारी सम्पर्कविहीन भएकाले खोजी गरिदिनका ला

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • १४५ पटक पढिएको
  • बाढीपीडितका लागि कामना सेवा विकास बैंकको २५ लाख सहयोग

    काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउन २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।बैंकको सञ्चालक समितिको निर्णयअनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख रुपैयाँ र बैंकमा कार्यरत कर्मचारीको एक दिनको तलबबापत १५ लाख रुपैयाँ गरी कुल २५ लाख रुपैयाँ सहयोग गरिएको हो । बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ । बाढीबाट प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न तथा उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ ।

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • ११५ पटक पढिएको
  • रसुवाको बाढीपछि तेह्रथुमका रामभक्त नेवार सम्पर्कविहीन

    इटहरी। रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि तेह्रथुमका एक ट्रक चालक सम्पर्कविहीन भएका छन् ।सम्पर्कविहीन हुनेमा तेह्रथुमको छथर गाउँपालिका–१, आङ्दिम कोराङका करिब ३६ वर्षीय रामभक्त नेवार रहेका छन् । उनी ट्रक लिएर सामान लिन रसुवाको नाका पुगेका बेला बाढी आएपछि सम्पर्कविहीन भएको परिवारले जनाएको छ । मोरङको बेलबारी नगरपालिका–८, बुधबारे भाउन्नेमा बस्दै आएकी रामभक्तकी भाउजू कुमारी नेवारका अनुसार रामभक्तले बुधबार बिहान करिब ६ बजे घरमा फोन गरी रसुवा नाकामा सामान लोड गर्न आएको बताएका थिए । सामान लिएर काठमाडौं जानुपर्ने बताएपछि केही समयमै रसुवामा भीषण बाढी आएको खबर परिवारले पाएको थियो ।त्यसपछि रा

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • १४६ पटक पढिएको
  • ६ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

    काठमाडौं ।  रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार गरिएको छ ।नेपाली सेनाको करिब चार हजार फौजको समन्वयमा घाइतेको खोज तथा उद्धार, आपतकालीन उपचार र राहत वितरणको काम भइरहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । आज बिहानदेखि रसुवाको टिमुरे, धुञ्चे र मैलुङ इलाकाबाट छ देशका ४५ विदेशीसहित उनीहरुलाई उद्धार गरिएको हो ।

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • ७८ पटक पढिएको
  • नारायणीबाट भेटिएका ग्यास सिलिन्डर प्रशासनलाई बुझाउन निर्देशन

    चितवन ।नारायणी नदीबाट बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर भेटिए तत्काल स्थानीय प्रशासनलाई बुझाउन चितवनका प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएका छन्। बाढीपछि नदी किनारका विभिन्न स्थानमा सिलिन्डर भेटिन थालेपछि प्रशासनले त्यस्ता सामग्री घरमा लैजान वा आफैं प्रयोग नगर्न आग्रह गरेको हो ।प्रशासनले भेटिएका सिलिन्डर सुरक्षित रूपमा नचलाइ सुरक्षा निकाय वा सम्बन्धित स्थानीय तहमा बुझाउन आग्रह गरेको छ । सिलिन्डरमा ग्यास बाँकी हुनसक्ने भएकाले सावधानी अपनाउनसमेत स्थानीयलाई आग्रह गरिएको छ ।

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • ११० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]