काठमाडौं । प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।यस्तै, बैठकले गत बुधबार नेपाल(चीन सीमा रसुवागढी एवम् भोटेकोसी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति, व्यावसायिक संस्थाका लागि सहुलित तथा पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।साथै बैठकले भारतसँग जिटुजी खरिदमाध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने समेत निर्णय ग
काठमाडौं । बाढीपहिरोको कहरबीच चीनमा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार शुक्रबार दक्षिण–पश्चिमी प्रान्त सिचुआनको लोङचाङ शहरमा ५.१ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्प नेपाल–तिब्बत सीमानजिकै बाढीप्रभावित क्षेत्रबाट सयौँ माइल टाढा गएको हो । भूकम्पबाट हालसम्म कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षतिको विवरण आएको छैन । यसै साताको सुरुवातमा नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोपछि दुवै देशमा उद्धार तथा राहत कार्य जारी छ । उक्त विपद्मा सयौँ मानिसको मृत्यु भएको छ भने अझै सयौँ बेपत्ता छन् । यसैबीच, चिनियाँ राष्ट्रपति सी चिनफिङले शु
काठमाडौं । रसुवा बाढीमा प्रभावितहरूको संख्या बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन निर्देशन दिएको छ ।मन्त्रालयले सार्वजनिक बिदाको दिनमा समेत खोज, उद्धार र उपचार सेवाका लागि तयारी अवस्थामा रहन कर्मचारीलाई निर्देशन दिएको हो । मन्त्रालयको प्रशासन तथा व्यवस्थापन शाखाले शुक्रबार जारी गरेको निर्देशनमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित क्षेत्रमा खोज, उद्धार, स्वास्थ्योपचार र राहतको काम भइरहेको जनाएको छ ।मन्त्रालयले आफू मातहतका सबै कर्मचारीलाई विपद् व्यवस्थापनम
काठमाडौँ । बुधबार बिहान रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममा ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।प्रहरीका अनुसार रसुवामा १२ जना, नुवाकोटमा ३७ जना, धादिङमा २७ र चितवनमा १७९ जनाको शव फेला परेको छ । गोरखामा ४४ जना, तनहुँमा २८ जना, नवलपरासी पूर्वमा १ सय १० जनाको शव भेटिएको छ । सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारमा तिनवटै सुरक्षा निकायबाट ठुलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ ।यसैबीच,चीनको तिब्बतमा पुनः पानीको ड्याम फुट्दा फेरि बाढी आएको नेपाल प्रहरीले जनाएको छ ।
काठमाडौं– भोटेकोशी नदीमा लेदोसहितको जलसतह पुनः बढेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै भोटेकोशीमा पुनः बाढी आउन सक्ने भन्दै नदी आसपासका बासिन्दा तथा उद्धार र राहतमा खटिएका टोलीलाई विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।
ठगी गर्ने इटहरीका सुन पसले जेल चलानइटहरी : सुनसरीको झुम्का कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।रामधुनी नगरपालिका–३ का २७ वर्षीय सफरोज मियाँलाई प्रहरीले रामधुनी–५ झुम्काबाट पक्राउ गरेको हो। उनलाई ‘करीया’ नामले समेत चिनिने प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय पकली र प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा मियाँलाई पक्राउ गरेको हो। मियाँ लागूऔषध मुद्दामा झुम्का कारागारमा कैद भुक्तान गरिरहेका थिए। अघिल्लो भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए। पक्राउपछि उनलाई इलाका प्रहरी
ठगी गर्ने इटहरीका सुन पसले जेल चलानइटहरी : सुनसरीको झुम्का कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।रामधुनी नगरपालिका–३ का २७ वर्षीय सफरोज मियाँलाई प्रहरीले रामधुनी–५ झुम्काबाट पक्राउ गरेको हो। उनलाई ‘करीया’ नामले समेत चिनिने प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय पकली र प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा मियाँलाई पक्राउ गरेको हो। मियाँ लागूऔषध मुद्दामा झुम्का कारागारमा कैद भुक्तान गरिरहेका थिए। अघिल्लो भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए। पक्राउपछि उनलाई इलाका प्रहरी
रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाएका ४६९ जनाको शव फेला परेको छ । शुक्रबार बिहान साढे ७ बजेसम्म प्राप्त विवरणअनुसार हालसम्म ४६९ जनाको शव फेला परेको गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा (एनईओसी)ले जनाएको हो । फेला परेका शवमध्ये धादिङमा ३३, नुवाकोटमा ३७, रसुवामा १२, गोरखामा ४४, नवलपरासी पूर्वमा ११०, तनहुँमा २८, चितवनमा १७५ र नवलपरासी पश्चिममा २७ जना रहेका छन्। एनईओसीका अनुसार ७३ जना घाइते भएको तथा ३ हजार २ सय ५३ जनाको उद्धार गरिएको छ । विपद्का घटनामा परी हालसम्म ७३ जना घाइते भएका छन्। तीमध्ये रसुवामा ४३, धादिङमा ३ र नुवाकोटमा २७ जना छन् । उद्धार तथा राहतका
इटहरी रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि इलामका दुई पालिकाले रु ३५ लाख सहयोग गर्ने भएका छन्।जिल्लाको चुलाचुली गाउँपालिकाले रु २५ लाख र माई नगरपालिकाले रु १० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्। बिहीबार बसेको चुलाचुली गाउँपालिकाको ७६औँ कार्यपालिका बैठकले गाउँपालिका अध्यक्ष र उपाध्यक्षले सात दिन तथा वडाध्यक्ष र सदस्यले पाँच दिनको सेवासुविधा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुले बताए। अध्यक्ष केरुङका अनुसार गाउँपालिकाका विभिन्न तहका कर्मचारीको पारिश्र
इटहरी : मोरङको बेलबारीमा आफ्नै ८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ।बेलबारी नगरपालिका–८ की बालिकालाई भदौ १ गते बाबुले जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे बालिकाकी आमाले बिहीबार इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।जाहेरी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा खटिएको टोलीले आरोपित बाबुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.