इटहरी। धनकुटास्थित धनकुटा नगरपालिका–६, अमलेटारमा स्थानीय कच्चापदार्थमा आधारित घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले औद्योगिक ग्राम निर्माण गरिएको हो ।नेपालमै पहिलोपटक धनकुटामा औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्यसहित २०३६ सालमा ५८ रोपनी क्षेत्रफल जग्गा अधिग्रहण गरिएको थियो । उक्त क्षेत्रमा उद्योग सञ्चालनका लागि हाल १४ वटा ब्लक निर्माण गरिएका छन् । उद्योग सञ्चालनका लागि आवश्यक भौतिक संरचनासमेत निर्माण गरिए पनि हाल १४ मध्ये ८ वटा उद्योग मात्र सञ्चालनमा रहेका छन् ।औद्योगिक ग्रामको पूर्ण क्षमतामा उपयोग हुन नसक्दा स्थानीय कच्चापदार्थमा आधारित उद्योगको विकास तथा रोजगारी सिर्
इटहरी : मोरङका विभिन्न खोलाबाट ढुंगा तथा बालुवा उत्खनन र ओसारपसार गरिरहेको अवस्थामा पाँचवटा ट्र्याक्टर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस उर्लाबारीबाट खटिएको गस्ती टोलीले उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाका विभिन्न क्षेत्रमा सोमबार गरेको निगरानीका क्रममा ती ट्र्याक्टर नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–२ स्थित सुनझोडा खोलाबाट ढुंगा लोड गरी ल्याउँदै गरेको प्रदेश १–०४–००१ त ०३४२ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिइएको छ। उर्लाबारी नगरपालिका–१ सिमानाको बस्तीस्थित मावा खोलाबाट बालुवा उत्खनन गरिरहेको अवस्थामा प्
इटहरी । पाँचथरमा २०८३ वैशाखदेखि साउनसम्म चार महिनाको अवधिमा विपद्का ४८ घटना भएका छन् । ती घटनाबाट जिल्लामा १३ करोड ८१ लाख ४७ हजार रुपियाँ बराबरको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समिति पाँचथरले जनाएको छ ।समितिको तथ्याङ्कअनुसार चार महिनाको अवधिमा बाढी, पहिरो, आगलागी र हावाहुरीका घटनाबाट उक्त क्षति भएको हो । विपद्का कारण एक जनाको मृत्यु भएको छ भने २७१ चौपाया मरेका छन् । सबैभन्दा बढी क्षति बाढी र पहिरोबाट भएको तथ्याङ्कमा उल्लेख छ ।वैशाखदेखि असारसम्म बाढीबाट मात्रै १२ करोड १२ लाख ३० हजार रुपियाँ बराबरको क्षति भएको छ । बाढीले चारवटा जलविद्युत् आयोजना, सडक, झोलुङ्गे पुल र मकैबालीमा क्षति पुर्याएक
इटहरी : झापाको बुद्धशान्ति गाउँपालिका –५ डाँडागाउँस्थित बहुवन सामुदायिक वन क्षेत्रमा सशस्त्र प्रहरीलाई देखेपछि भ्यान र त्यसमा रहेको सामान छाडेर चालकसहितका व्यक्ति फरार भएका छन्। भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ८ कार्टुन हुक्का फ्लेवरसहित भारतीय नम्बर प्लेटको भ्यान सशस्त्र प्रहरीले बरामद गरेको छ।सशस्त्र प्रहरी बल, टिमाईबाट खटिएको टोलीले भारतीय नम्बर प्लेट डब्लूबी ७४ एस ३३६५ को मारुती सुजुकी भ्यान र त्यसमा लोड गरिएको हुक्का फ्लेवर बरामद गरेको हो। नायव निरीक्षक सुरेन्द्र ठाकुरको कमाण्डमा १० जना सशस्त्र प्रहरीको मोबाइल टोली भदौ १४ गते बिहान ७ः१० बजे ड
इटहरी स् सुनसरी र उदयपुरमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सुनसरीको हरिनगर गाउँपालिका–४ स्थित हरिनगरा–बसन्तपुर भित्री सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो।दक्षिण बसन्तपुरबाट हरिनगरातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बीआर ५० एसी ०७५५ को मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको को १३ प १८२० नम्बरको मोटरसाइकल सोमबार साँझ करिब ६ः३५ बजे ठोक्किएका थिए। दुर्घटनामा भारतीय मोटरसाइकल चालक हरिनगर गाउँपालिका–५ का करिब ३५ वर्षीय सञ्जय म
इटहरी । झापा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २५ लाख २८ हजार २८८ सहयोग गर्ने निर्णय गरेको छ ।गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ । गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले बाढी प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको जानकारी दिइन् ।सहयोग रकममध्ये गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु दुई लाख, सम्पूर्ण जनप्रतिनिधिबाट
इटहरी । सप्तकोशी नदीमा बाढीसँगै बगेर आउने बालुवा, गेगर, माटो र लेदोको उचित व्यवस्थापन हुन नसक्दा नदीको सतह उकासिँदै गएको छ । नदीको बहाब क्षेत्र गेग्य्रानले पुरिँदै जाँदा सामान्य बाढीमा समेत पानी तटबन्धको छेउसम्म पुग्ने गरेको छ । वर्षामा पहाडी तथा हिमाली क्षेत्रमा हुने भूक्षयका कारण ठुलो परिमाणमा बालुवा, गेगर र लेदो कोशीमा बगेर आउने गरेको छ । चतरा क्षेत्रमा पहाडी खोच पार गरेपछि समथर भूभागमा फैलिने नदीमा पानीसँगै आएको गेग्य्रान थुप्रिँदै जाँदा नदीको प्राकृतिक बहाब क्षेत्र पुरिँदै गएको स्थानीय हरिन्द्र राईले बताउनुभयो । वराहक्षेत्र–९ का स्थानीय गणेश निरौलाका अनुसार केही वर्षयता कोशीमा
इटहरी। धनकुटामा गत आर्थिक वर्ष २०८१/८२ मा १५१ उद्योग बन्द भएका छन् भने १४८ वटा नयाँ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा जिल्लामा प्रशासनतर्फ १२३ र वाणिज्यतर्फ २८ गरी १५१ उद्योग बन्द भएका हुन् ।सोही अवधिमा कार्यालयमा १४८ वटा नयाँ उद्योग दर्ता भएका छन् । तीमध्ये वाणिज्यतर्फ ३७ र प्रशासनतर्फ १११ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका सूचना अधिकारी अर्जुन गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रशासनतर्फ उत्पादनमूलक १५, कृषि तथा वनजन्य ५२, पर्यटन १७, सेवामूलक २२ र सूचना प्रविधितर्फ पाँच गरी १११ नयाँ उद्योग दर्ता भएका छ
इटहरी। रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीमा फसेका कोशी प्रदेशका पाँच जनाको सकुशल उद्धार गरिएको छ भने २७ जना परिवारको सम्पर्कमा आएका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार कोशी प्रदेशका १५९ जना अझै सम्पर्कविहीन छन् ।बाढी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार, पर्यटन, धार्मिक भ्रमण तथा अन्य कामको सिलसिलामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट गएका १९३ जनामध्ये हालसम्म पाँच जनाको जीवित उद्धार गरिएको र २७ जना परिवारको सम्पर्कमा आएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक शेखर खनालका अनुसार बाढीबाट प्रभावितमध्ये सोलुखुम्बुका नागरिकको
इटहरी । भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि हिमगिरि हाइजिन लिमिटेडले ७० लाख रुपियाँबराबरका व्यक्तिगत तथा घरायसी सरसफाइ सामग्री सहयोग गर्ने भएको छ ।बाढीका कारण ठुलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने सरसफाइ तथा व्यक्तिगत स्वच्छतासम्बन्धी सामग्री उपलब्ध गराउने उद्देश्यले कम्पनीले सहयोग गर्न लागेको हो । बाढीपछि विस्थापित तथा प्रभावित परिवारको दैनिक जीवनमा सरसफाइका सामग्रीको अभाव हुन सक्ने र त्यसबाट विभिन्न सङ्क्रामक रोग फैलिने जोखिमसमेत रहने भएकाले हाइजिन सामग्रीलाई राहतको महत्त्वपूर्ण हिस्सा बनाइएको कम्पनीले जनाएक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.