समाज

    Showing ६५१-६६० of ११,०१४ items.
  • नगर अस्पतालको सेवा सुरु

    इटहरी। मोरङको लेटाङ नगर अस्पतालले नयाँ भवनबाट सेवा दिन थालेको छ । लेटाङ–५ स्थित टुक्रे वन क्षेत्रको एक बिघा दुई कट्ठा जग्गामा निर्माण भएको यो अस्पताल २०७८ सालको पुस १० गते लेटाङ आधारभूत अस्पतालका रूपमा शिलान्यास भएको थियो । शिलान्यास भएको पाँच वर्षपछि लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीले अस्पतालको सेवा शुभारम्भ गर्नुभएको हो । सङ्घीय सरकारको ससर्त अनुदानबाट प्राप्त नौ करोड ९९ लाख ३६ हजार ९३१ रुपियाँमा निर्माण हुने भनिएको अस्पतालको डिजाइन परिवर्तन हुँदा निर्माणको लागत १२ करोड ९० लाख ९१ हजार ६९६ पुगेको थियो । जसमध्ये लेटाङ नगरपालिकाको स्रोतबाट तीन करोड ४३ लाख ७२ हजार ४४७ रुपियाँ थ

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • ७१ पटक पढिएको
  • जोखिममा बस्ती,अस्थायी टहरा भत्किने चिन्ता

    इटहरी । प्राविधिक अध्ययनपछि ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरोपीडित ६५ परिवारलाई सुरक्षित स्थानमा सार्ने निर्णय भएको लामो समय भइसकेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ती बस्ती स्थानान्तरण गर्ने निर्णय गरे पनि प्रक्रिया भने कानुनी झमेलाका कारण अझै टुङ्गोमा पुग्न सकेको छैन । निर्णय भइसक्दा पनि बस्ती सार्न नसक्दा पीडितहरू यसपालिको बर्खामा पनि पुराना भइसकेका र भत्किन लागेका अस्थायी टहरामै बस्न बाध्य छन् ।मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय वनेम विगत एक वर्षदेखि बस्ती स्थानान्तरणका लागि केन्द्र र प्रदेशका मन्त्रालयमा निरन्तर धाइरहनुभएको छ तर बस्ती कहिले सर्छ भन्ने

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • ७५ पटक पढिएको
  • पुस्तकालय दिवसमा दधिराजको योगदानको स्मरण

    इटहरी । १९ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर विराटनगरमा साहित्यकार तथा समालोचक स्व। दधिराज सुवेदीको साहित्यिक तथा सामाजिक योगदानको चर्चा गरिएको छ । परोपकार अभियान समूह विराटनगरद्वारा आयोजित एक विशेष समारोहमा वक्ताले सुवेदीको बहुआयामिक व्यक्तित्व र पुस्तकालय क्षेत्रमा उहाँले पुर्‍याउनुभएको सेवाको स्मरण गर्नुभयो ।मुख्य वक्ता साहित्यकार बलराम पोखरेलले दधिराज सुवेदी एक अथक साधक भएको उल्लेख गर्नुभयो । उहाँले सुवेदीको सरल जीवनशैली र साहित्यप्रतिको निष्ठाले नयाँ पुस्तालाई सधैँ ऊर्जा दिने बताउनुभयो । यस्तै प्राज्ञ एवं दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले सुवेदीको समालोचकीय

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • ६१ पटक पढिएको
  • ताप्लेजुङ गोल्डकपः फाइनल पुग्न फिदिम र झापा ११ खेल्दै

    इटहरी। ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा बुधबार दोस्रो सेमिफाइनल खेल हुने भएको छ । प्रतियोगिताको फाइलनमा पुग्नलाई पाँचथरको फिदिम स्पोर्टिङ क्लब र झापा ११ एफसीबिच खेल हुने भएको हो ।फिदिम स्पोर्टिङ क्लब र झापा ११ को सेमिफाइनल खेल दिउँसो ३ बजे हुने आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ । समितिका अध्यक्ष सागर मादेनका अनुसार काठमाडौँको चित्लाङ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा चार–तीन गोलअन्तरले पराजित गर्दै फिदिम सेमिफाइनलमा पुगेको थियो । यस्तै, नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले हराउँदै झापा ११ सेमिफाइनल पुगेको हो । फिदिम र झापा ११ बिच हुने खेल

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • ९८ पटक पढिएको
  • इटहरीमा फुजिसन सगरमाथा स्कुलमा ‘संघीय नमुना संसद २०८३’ सम्पन्न

    इटहरी । इटहरीस्थित फुजिसन सगरमाथा बोर्डिङ स्कुलको आयोजनामा तीनदिने ‘संघीय नमुना संसद २०८३’ कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरूलाई संसदीय व्यवस्था, लोकतान्त्रिक अभ्यास र नेतृत्व विकासबारे व्यावहारिक ज्ञान दिने उद्देश्यले आयोजित कार्यक्रमको समापनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर श्रेष्ठले यसको महत्त्वमाथि प्रकाश पार्नुभयो। कार्यक्रममा कोशी प्रदेशका सांसद तथा पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारी प्रमुख अतिथि तथा कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता नारायण वस्ती विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। नमुना संसदमा विद्यार्थीहरूले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १७३ पटक पढिएको
  • मिक्लाजुङमा ४० जना अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण

    इटहरी । मिक्लाजुङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सहायक सामग्री वितरण गरेको छ। गाउँपालिकाको आयोजनामा पालिकाभरिका ४० जना अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको आवश्यकता पहिचान गरी विभिन्न सहायक सामग्री वितरण गरिएको हो। गाउँपालिका अध्यक्ष बबीकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष राईले अपाङ्गता भएका व्यक्तिहरूलाई स्थानीय सरकार सहयोगीका रूपमा रहेको अनुभूति हुने गरी पालिकाले काम गरिरहेको बताउनुभयो । शारीरिक असहजताका कारण कुनै पनि नागरिक आधारभूत अधिकार तथा अवसरबाट वञ्चित हुन नहुने उल्लेख गर्दै अध्यक्ष राईले आवश्यकता पहिचानका आधारमा अपाङ्गता भएका व्यक्तिहरूका लागि वि

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • ३४३ पटक पढिएको
  • कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषणको जोखिम बढ्दो

    इटहरी। कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, उदयपुर र खोटाङमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको दर उच्च पाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार कोशीका पाँच जिल्लामा कुपोषणको दर उच्च पाइएको हो ।कार्यालयका अनुसार सुनसरीमा परीक्षण गरिएका १० हजार ३८१ बालबालिकामध्ये १३ प्रतिशतमा शीघ्र कुपोषण देखिएको छ । त्यस्तै, मोरङमा १६ हजार ७८९ बालबालिकाको परीक्षण गर्दा ९ दशमलव ९ प्रतिशत, खोटाङमा ६ हजार ४६ मध्ये ७ दशमलव २० प्रतिशत, उदयपुरमा ७ हजार ९१२ मध्ये ६ दशमलव ८८ प्रतिशत र झापामा २७ हजार ६४१ मध्ये ६ दशमलव ३६ प्रतिशत बालबालिकामा कुपोषण पाइएको छ । यस्तै, संखुवासभामा ५ दशमलव ८० प्रतिशत, धनकुटामा

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १४७ पटक पढिएको
  • भारतबाट कस्मेटिक सामानभित्र लुकाएर ल्याउँदै गरेको ५ हजार क्याप्सुल लागुऔषध बरामद

    इटहरी। मोरङको रंगेली नगरपालिका–५ धनापट्टीस्थित नेपाल–भारत सीमा नाकाबाट कस्मेटिक सामानभित्र लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५ हजार क्याप्सुल लागुऔषध मंगलबार बरामद भएको छ ।सशस्त्र प्रहरी बल नेपाल बीओपी (बोर्डर आउट पोस्ट) धनापट्टीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका एक जना व्यक्तिलाई शंकास्पद अवस्थामा देखेपछि नियन्त्रणमा लिन खोजेको थियो । मन्दिरको साइटतर्फको बाटो हुँदै टाउकोमा झोला बोकेर नेपाल प्रवेश गर्दै गरेका ती व्यक्ति प्रहरीलाई देखेपछि झोला छाडेर भारततर्फ फरार भएका थिए ।सशस्त्र प्रहरी बल मोरङका प्रमुख प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीका अनुसार प्रहरीले उक्त झोला खोलेर चे

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १३९ पटक पढिएको
  • दुहबीमा निर्माणाधीन भवनबाट खसेर ३६ वर्षीय मजदुरको मृत्यु

    इटहरी । सुनसरीको दुहबीमा उद्योगको निर्माणाधीन भवनबाट खसेर मंगलबार बिहान एक जना मजदुरको मृत्यु भएको छ।मृत्यु हुनेमा दुहबी नगरपालिका–६ का ३६ वर्षीय महेश्वर मण्डल रहेका छन्। उनी दुहबी–८ सोनापुरस्थित अरिहन्त ओम एग्रो लिमिटेडको निर्माणाधीन भवनमा मजदुरका रूपमा कार्यरत थिए। प्रहरीका अनुसार मंगलबार बिहान करिब १०ः४५ बजे फलामको तार बोकेर भवनको सिँढीबाट माथिल्लो तलामा जाने क्रममा मण्डल अचानक चिप्लिएर करिब २० फिट तल भुइँमा खसेका थिए।गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे इलाका प्रहरी कार्

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १३६ पटक पढिएको
  • धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    इटहरी। धनकुटास्थित धनकुटा नगरपालिका–६, अमलेटारमा स्थानीय कच्चापदार्थमा आधारित घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले औद्योगिक ग्राम निर्माण गरिएको हो ।नेपालमै पहिलोपटक धनकुटामा औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्यसहित २०३६ सालमा ५८ रोपनी क्षेत्रफल जग्गा अधिग्रहण गरिएको थियो । उक्त क्षेत्रमा उद्योग सञ्चालनका लागि हाल १४ वटा ब्लक निर्माण गरिएका छन् । उद्योग सञ्चालनका लागि आवश्यक भौतिक संरचनासमेत निर्माण गरिए पनि हाल १४ मध्ये ८ वटा उद्योग मात्र सञ्चालनमा रहेका छन् ।औद्योगिक ग्रामको पूर्ण क्षमतामा उपयोग हुन नसक्दा स्थानीय कच्चापदार्थमा आधारित उद्योगको विकास तथा रोजगारी सिर्

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १०८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]