समाज

    Showing ६४१-६५० of ११,०१४ items.
  • पार्टीको टिसर्ट लगाएर बैठकमा पुगे सुदन किराती

    इटहरी। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराती श्रम संस्कृति पार्टीको टिसर्ट लगाएर केन्द्रीय समितिको बैठकमा पुगेका छन् ।मंगलबारदेखि धरानमा जारी पहिलो दिनको बैठकमा किराती पक्षलाई बोलाइएको थिएन् । बुधबार बोलाएपछि पार्टीको टिसर्ट लगाएर पुगेका हुन् ।केन्द्रीय समिति बैठक अघि हर्क साम्पाङले केन्द्रीय समिति सदस्यलाई पार्टीको टिसर्ट लगाएर आउनू भनेका थिए । बैठकमा सहभागी अधिकांशले पार्टीको टिसर्ट लगाएका छन् । दोस्रो दिनको बैठक सुरु भएको केन्द्रीय सचिव शान्ति पाख्रिनले जानकारी दिएकी छन् ।

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • १०३ पटक पढिएको
  • भोटेकोशी बाढीपीडितलाई मोरङ कारागारका कैदीबन्दीको १ लाख ११ हजार सहयोग

    इटहरी। जिल्ला कारागार मोरङको ‘ए ब्लक’मा रहेका कैदीबन्दीले भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।कैदीबन्दी आफैंले स्वस्फूर्त रूपमा संकलन गरेको रकम बुधबार कारागार प्रशासक राजन घिमिरेलाई हस्तान्तरण गरेका हुन् । प्राप्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने घिमिरेले जानकारी दिए । उनका अनुसार बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले ‘ए ब्लक’का कैदीबन्दीले आफैं रकम संकलन गरेका हुन् ।जिल्ला कारागार मोरङको ‘ए ब्लक’मा हाल ५ सय ५६ जना पुरुष कैदीबन्दी रहेका छन् । कारागारमा पुरुष कैदीबन्दीलाई ‘ए’ र ‘बी’ तथा महिलालाई छुट्टै गरी तीनवटा ब्लकमा राखिएको छ ।

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • ९६ पटक पढिएको
  • विराटनगरमा राधाकृष्ण रथयात्राका लागि तयार भयो २१ फिट अग्लो नयाँ रथ

    इटहरी। विराटनगर महानगरपालिका–३ मानगढस्थित श्री राधाकृष्ण मन्दिरबाट निकालिने ३२औँ राधाकृष्ण रथयात्राका लागि २१ फिट अग्लो नयाँ रथ तयार भएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट भदौ २० गते शनिबार रथयात्रा आयोजना हुँदैछ ।रथयात्रा बिहान ८ः३० बजे मानगढस्थित राधाकृष्ण मन्दिरबाट सुरु भएर विराटनगरका मुख्य सडक तथा विभिन्न चोक हुँदै नगर परिक्रमा गरी दिउँसो १२ बजे सम्पन्न हुनेछ । रथ करिब २१ फिट अग्लो, १५ फिट चौडा र १९ फिट लामो रहेको रथयात्रा मूल समारोह समितिले जनाएको छ । समितिका संयोजक पशुपतिनाथ रेग्मीका अनुसार रथयात्रामा सहभागी भक्तजनका लागि मन्दिर परिसरमा दिउँसो १२ बजेदेखि विशाल भण्डाराको व्यवस्था गरिएको

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • १०० पटक पढिएको
  • श्रीलङ्का टापुमा बाढी तथा कटानको स्थलगत निरीक्षण

    इटहरी। सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित श्रीलङ्का टापुमा सप्तकोशी नदीले गरेको कटान क्षेत्रको प्रतिनिधिसभा सदस्य दीपककुमार साह र सृष्टि भट्टराईलगायतको टोलीले निरीक्षण गरेको छ।बाढी र कटानका कारण स्थानीयवासीले भोगिरहेको समस्या र क्षतिको अवस्थाबारे जानकारी लिन तथा प्रभावितको अवस्था बुझ्नका लागि सांसदद्धयसहित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरूसहितले स्थलगत निरीक्षण गर्नुभएको हो । बाढी तथा कटानबाट भएको क्षतिको अवलोकन गरी आवश्यक पहल तथा समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरीका सभापति सागर दाहालले जानकारी दिनुभयो ।सहभ

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • १०३ पटक पढिएको
  • बाढीपीडितका लागि रिजाल टासी इन्डस्ट्रिजको पाँच लाख एक हजार सहयोग

    इटहरी। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले इटहरीस्थित रिजाल टासी इन्डस्ट्रिज प्रालिले पाँच लाख एक हजार रुपियाँ सहयोग गरेको छ ।बाढीबाट ठुलो जनधनको क्षति भएपछि उद्योगले सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनी व्यवस्थापन तथा त्यहाँ कार्यरत कर्मचारी र मजदुरको सहभागितामा उक्त रकम उपलब्ध गराएको हो । उद्योगका अनुसार कम्पनी व्यवस्थापनको सहयोग तथा कर्मचारीको एक दिनको तलब बराबरको रकमसमेत समेटेर कुल पाँच लाख एक हजार रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । रिजाल टासी इन्डस्ट्रिजका उपमहाप्रबन्धक केदार कार्कील

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • १४३ पटक पढिएको
  • भोजपुरमा वनबाट नौ करोड ६९ लाख राजस्व

    इटहरी स्  भोजपुरमा काठ तथा गैरकाष्ठ वन पैदावारको निकासी र वन क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिबाट एक वर्षमा नौ करोड ६९ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ।डिभिजन वन कार्यालय भोजपुरका अनुसार आर्थिक वर्ष २०८२र८३ मा वन क्षेत्रबाट रु नौ करोड ६९ लाख ६३ हजार ९५० राजस्व सङ्कलन भएको हो। निजी वनबाट हुने काठ निकासी, जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको निकासी र विकास आयोजनाबाट उक्त राजस्व प्राप्त भएको कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख खुद्रुस मियाका अनुसार गत आर्थिक वर्षमा निजी वनबाट २९ लाख २४ हजार ४३० क्युफिट काठ स्थानान्तरण भएको थियो। काठ निकासीबाट मात्रै रु आठ करोड १२ लाख ९३ हजार ९२५

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • ९५ पटक पढिएको
  • विराटनगरमा ६० किलो गाँजासहित अस्पतालको नाम लेखिएको भ्यान बरामद, चालक फरार

    इटहरी स्  मोरङको विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकबाट सशस्त्र प्रहरीले करिब ६० किलो गाँजा बरामद गरेको छ। गए राति करिब ११ बजे दरैयाबाट खटिएको सशस्त्र प्रहरी बल नेपाल टोलीले ‘दिव्य ज्योति अस्पताल प्रालि’ लेखिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यानलाई रोकेर जाँच गर्न खोजेको थियो।प्रहरीका अनुसार टोलीले भ्यान रोक्न खोजेपछि चालक गाडी छाडेर फरार भएका थिए। त्यसपछि भ्यानको जाँच गर्दा दुई बोरामा राखिएको अन्दाजी ६० किलो लागूऔषध गाँजा फेला परेको हो। बरामद गाँजासहित भ्यानलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट  बीओपी  दरैयामा ल्याएर राखिएको छ। घटनाबारे थप अनुसन्धान तथा कानुनी का

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • ९६ पटक पढिएको
  • नेमुवामा बिहानै आगलागी, दुई पसलका सामान जलेर नष्ट

    इटहरी स्  मोरङको बूढीगंगा गाउँपालिका–३ नेमुवामा बुधबार बिहान आगलागी हुँदा दुईवटा पसलका सामान जलेर नष्ट भएका छन्। स्थानीय निर्मल पौदारको दुईतले पक्की घरको माथिल्लो तलाबाट बिहान करिब ३ बजे आगलागी सुरु भएको प्रहरीले जनाएको छ। आगलागी भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय नेमुवाबाट प्रहरी नायब निरीक्षक ९सई० खड्ग राईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।विराटनगर महानगरपालिका र दुहबी नगरपालिकाको दमकल तथा स्थानीयवासीको सहयोगमा आगलागी बिहान ५ः१० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलागीबाट पौदारको घरमा आंशिक क्षति पुगेको छ। घरका दुईवटा सटरमा सञ्चालन हुँदै आएको हार्डवेयर

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • ८१ पटक पढिएको
  • भोटेकोशी बाढीमा मामा–भान्जा सम्पर्कविहीन स् कहाँ होलान् मोरङका मामा–भान्जा रु

    इटहरी स् ‘हामी अहिले टिमुरे पुग्यौँ, अब १० मिनेटमा भोटेखोला पुग्छौँ।’  भोटेकोशीमा विनाशकारी बाढी आएको दिन गत बुधबार बिहान करिब ८ः४४ बजे सोमप्रसाद कट्टेलले परिवारलाई फोनमा भनेको यही वाक्य अहिले उनका आफन्तका लागि अन्तिम सम्झना बनेको छ।त्यसपछि सोमप्रसादको फोन आएन।विराटनगर महानगरपालिका–५ का सोमप्रसाद काठमाडौंस्थित सम्राट ट्राभल्स एन्ड टुरिजम ट्रेकिङ सेन्टरमा कार्यरत थिए। घुमफिरका लागि रसुवा पुगेका उनी भोटेकोशीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन छन्। बाढी आएको दिनदेखि उनको अवस्था अज्ञात छ।सोमप्रसादसँगै उनका भान्जा बेलबारी नगरपालिका–११ का अनोज धमला पनि रसुवा पुगेका थिए। बाढी प्रभावित क्षेत्रमा पु

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • १२८ पटक पढिएको
  • सुनसरीका दुई स्थानबाट ४५ किलो गाँजासहित दुई मोटरसाइकल चालक पक्राउ

    इटहरी। सुनसरीका दुई अलगअलग स्थानबाट प्रहरीले ४५ किलोभन्दा बढी गाँजासहित दुई जना मोटरसाइकल चालकलाई पक्राउ गरेको छ।दुहबी नगरपालिका–११ स्थित नहरचोकको भित्री सडकखण्डबाट २८ किलो गाँजासहित एक जना पक्राउ परेका छन्। अस्थायी प्रहरी चौकी तनमुनाबाट खटिएको प्रहरी टोलीले नहरचोकबाट शुक्रबारेतर्फ जाँदै गरेको को २१ प ७९८० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो। गाँजासहित सुनसरीको देवानगन्ज गाउँपालिका–३ का २३ वर्षीय एम।डी। जावेद मियाँलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। त्यस्तै, कोशी गाउँपालिका–१ लौकहीबाट १७ किलो १४० ग्राम गाँजासहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसर

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • ७९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]