समाज

    Showing ६२१-६३० of ११,०१४ items.
  • ‘५० हजार नगद पुरस्कारका सहित सान्वी र नुबाहाङले चुमे ‘जुनियर फेस अफ सुनसरी’को उपाधि

    इटहरी । बालबालिकामा लुकेर रहेको प्रतिभा, सौन्दर्य र बौद्धिक क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजित ‘जुनियर फेस अफ सुनसरी’ को दोस्रो संस्करणको ग्रान्ड फिनाले इटहरीमा सम्पन्न भएको छ । इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा गल्र्सतर्फ झुम्काकी सान्वी गिरी र ब्वाइजतर्फ इटहरीका नुबाहाङ लिम्बू विजेता घोषित भएका छन्। विजेताद्वयले २५–२५ हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी, क्राउन र आकर्षक उपहारहरू प्राप्त गरे। इटहरी, झुम्का, इनरुवा र कालाबञ्जार क्षेत्रबाट छनोट भएका ४२ जना बालबालिकाहरूले फाइनलमा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा गल्र्सतर्फ इटहरीकी समृद्धि सुवेदी फस्ट रनरअप र

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • ४६२ पटक पढिएको
  • इटहरीमा टेबल अन टेल्स रेस्टुरेन्टको सफ्ट ओपनिङ, १८ वर्ष हङकङको अनुभवपछि लावा लिम्बुको नयाँ सुरुवात

    इटहरी । इटहरी–४ आइतबारेमा टेबल अन टेल्स रेस्टुरेन्टको सफ्ट ओपनिङ शुभारम्भ भएको छ । १८ वर्ष हङकङमा काम गरेर स्वदेश फर्किनुभएकी लावा लिम्बुले आफ्नै अनुभव र सीपलाई व्यवसायमा रूपान्तरण गर्दै नयाँ रेस्टुरेन्ट सञ्चालनमा ल्याउनुभएको हो । साढे दुई कठ्ठाभन्दा बढी क्षेत्रफलमा फैलिएको रेस्टुरेन्टले परिवार मैत्री वातावरण सहित गुणस्तरीय आतिथ्य सेवा प्रदान गर्ने जनाएको छ। रेस्टुरेन्टमा चाइनिज, कन्टिनेन्टल, इन्डियन लगायत विभिन्न मल्टी–कुजिन परिकार उपलब्ध हुने सञ्चालकले बताउनुभयो । युरोपियन, जापान्डी तथा मल्टी–डिजाइन शैलीको आकर्षक इन्टेरियर र एक्स्टेरियर डिजाइनमा तयार गरिएको रेस्टुरेन्टमा सी–फुड, इटालियन पिज्

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • ११९ पटक पढिएको
  • भेडेटारबाट गाँजासहित तीन जना पक्राउ

    इटहरी । धनकुटाको साँगुरीगढी गाँउपालिका–६  भोडेटार चोकबाट प्रहरीले १५ किलो ६३ ग्राम गाँजा र दुईवटा मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ ।बिहीबार बिहान करिब ७ बजेतिर उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  धनकुटाबाट धरानतर्फ जाँदै गरेको को २८ प ७२७७ नम्बरको मोटरसाइकल चालक साँगुरीगढी–४ ज्यामिरे घर भएका अन्दाजी ४४ वर्षीय भीमबहादुर लिम्बू र मोटरसाइकलमा पछाडि सवार फाक्सिब बस्ने अन्दाजी २३ वर्षीय सागर लिम्बूलाई पक्राउ गरेको हो ।यसैगरी धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२–५८ प ६००९ नम्बरको मोटरसाइकल चालक वीरबहादुर लिम्बूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • १४२ पटक पढिएको
  • जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

    इटहरी : जेनजी आन्दोलनका क्रममा झुम्का कारागार, सुनसरीबाट फरार भएका एक बन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।आपराधिक प्रवेश तथा आपराधिक उपद्रव मुद्दामा झुम्का कारागारमा बन्दी रहेका सुनसरीको इनरुवा नगरपालिका–९ का ४४ वर्षीय विनोद चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार बिहान ८ बजेतिर अस्थायी प्रहरी पोष्ट पोखरीचोक, सुनसरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा इनरुवा नगरपालिका–६ स्थित हलेसी चोकबाट चौधरीलाई पक्राउ गरेको जनाएको छ ।पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई आवश्यक प्रक्रिया पूरा गरी पुनः झुम्का कारागार पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • १०८ पटक पढिएको
  • रुपाटारमा लहलहाउँदो धान खेती

    इटहरी। कोशी लोकमार्गअन्तर्गत पाख्रीबास–खाँदबारी सडक खण्डमा पर्ने धनकुटाको पाख्रीबास नगरपालिका–५ स्थित माङमाया खोला छेउमा रहेको रुपाटार खेत यतिबेला धानले हरियाली बनेको छ ।तराई क्षेत्रमा उत्पादन हुने धानसरह उत्पादन हुने भएकाले रुपाटारको जमिनलाई धान खेतीका लागि निकै उपयुक्त मानिन्छ । अरुण उपत्यका क्षेत्रमा अवस्थित यस खेतमा स्थानीय किसानले वर्षमा तीन पटकसम्म विभिन्न बाली लगाउने गरेका छन् । उक्त खेत किसानका लागि उर्वर भूमि र आम्दानीको महत्वपूर्ण स्रोत बनेको छ । समुद्री सतहबाट तुलनात्मक रूपमा कम उचाइमा रहेको अरुण उपत्यका क्षेत्रमा पर्ने रुपाटारमा तराईकै झल्को दिने गरी धान उत्पादन हुने गरेको स्थ

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • ११८ पटक पढिएको
  • प्रहरीको नियन्त्रणबाट फुत्किएका हस्दा हातहतियार र अखेटोपहारसहित पक्राउ

    इटहरी स् प्रहरीको हत्कडीसहित फरार भएका भद्रपुरका २४ वर्षीय सन्देश हस्दा हातहतियार र वन्यजन्तुको अखेटोपहारसहित पक्राउ परेका छन्। भदौ १४ गते आइतबार राति बिर्तामोड नगरपालिका–६ स्थित देउनियानजिक चोरीमा संलग्न रहेको सूचनाका आधारमा हस्दालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक निरीक्षक राजकुमार श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो।पक्राउपछि हत्कडी लगाएर प्रहरी कार्यालयतर्फ ल्याउँदै गर्दा हस्दा प्रहरीको नियन्त्रणबाट फुत्किएका थिए। हत्कडीसहित फरार भएपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो। खोजीका क्रममा बिर्तामोड नगरपालिका–६ स्थित सेन्ट जेभि

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • १४६ पटक पढिएको
  • ताप्लेजुङ गोल्डकप : उपाधि जित्ने दाउमा सलहेस र फिदिम

    इटहरी । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेका दुवै टोली उपाधि जित्ने दाउमा छन् । फाइनलमा पुगेको सिराहाको सलहेस युवा क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लब उपाधि जित्ने दाउमा रहेका हुन् ।लाखेजात्रा सञ्चालन समितिले बिहीबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा फाइनल पुगेको टोलीका मुख्य प्रशिक्षक तथा कप्तानले आफूहरू प्रतियोगिताको उपाधि जित्ने दाउमा रहेको बताएका छन् । सलहेस युवा क्लबका मुख्य प्रशिक्षक राजिपकुमार यादवले उपाधि जित्नेगरी आफ्नो टोलीले खेल खेल्ने बताउनुभयो । ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करणदेखि सलहेसले सहभागिता हुने अवसर प्राप्त भएको र अ

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • १५१ पटक पढिएको
  • पर्यटकीय गन्तव्य बन्दै ‘अरुण डाँडा’

    इटहरी  । भोजपुरको पौवादुङमा गाउँपालिकामा अवस्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय स्थापित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।गाउँपालिकाले आवश्यक पूर्वाधार निर्माण तथा संरक्षणका कामलाई प्राथमिकता दिएसँगै अरुण डाँडामा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो । गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा यहाँ बुद्ध, शिव र यलम्बरका मूर्ति, विश्रामस्थललगायतका आवश्यक संरचना निर्माण गरिएको छ । समुद्री सतहबाट करिब दुई हजार ३०० मिटर उचाइमा रहेको यस क्षेत्रबाट विभिन्न हिमशृङ्खला, समथर फाँट तथा आसपासका प्राकृतिक मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ । धार्मिक आस्थाका कारण पूजाआजाका लागि यहाँ

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • १०० पटक पढिएको
  • काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

    इटहरी स् नेपालको पूर्वी नाका काँकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो क्यामेरा’ जडान गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाले सीमा क्षेत्रको निगरानी, सूचना सङ्कलन तथा आपराधिक गतिविधि नियन्त्रणका लागि उच्च प्रविधिको ‘गोप्रो क्यामेरा’ जडान गरेको जनाएको छ । अवाञ्छित वा आपराधिक घटना घटेमा प्रत्यक्ष प्रमाण सङ्कलन गरी अनुसन्धानलाई पारदर्शी र प्रभावकारी बनाउन यो प्रविधि उपयोगी हुने विश्वास लिएको सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले बताए ।हाल गणले दुई थान ‘गोप्रो क्यामेरा’ सञ्चालनमा ल्याएको उनले जानकारी दिए । सीमा क्षेत्रमा हुने अवैध तस्करी, चोरी–निकासी तथा अन्य अपराध नियन्त्रणम

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • ५३ पटक पढिएको
  • बाढी प्रभावितको राहतका लागि जीवन विकास लघुवित्तद्वारा २५ लाख ५ हजार सहयोग

    इटहरी। भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनस्थापनाका लागि जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ । कोशी प्रदेश मधेश प्रदेश र बागमती प्रदेशका ३१ जिल्लामा नागरिकको घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गर्दै आएको जीवन विकासले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो ।जीवन विकासमा कार्यरत कर्मचारीहरूले एक दिनको पारिश्रमिक र संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत २५ लाख ५ हजार रुपैयाँ कोषमा जम्मा गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए । विपद्को कठिन घडीमा सामाजिक उ

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • ८८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]