समाज

    Showing ६११-६२० of ११,०१४ items.
  • सन्देश बेपत्ता भएपछि खुल्यो ग्लोबल ओरियन्सको रहस्य स् तालिमदेखि स्वास्थ्य जाँचसम्म रकम असुली

    इटहरी  स्  तेह्रथुमको छातेढुंगाका २१ वर्षीय सन्देश सापकोटा एक सातादेखि सम्पर्कविहीन छन्। बिर्तामोड–५, मित्रनगरस्थित ग्लोबल ओरियन्सको कार्यालयमा काम गर्न आएका उनीसँग परिवारको अन्तिमपटक सम्पर्क हुँदा ‘तालिम’का लागि ३० हजार रुपैयाँ मागिएको थियो।परिवारले उक्त रकम दिन नसक्ने बताएपछि उनलाई घर फर्किन आग्रह गरिएको थियो। त्यसपछि सन्देश परिवारको सम्पर्कमा आएनन्। छोराको खोजीमा बिर्तामोड आएका उनका बुवा नरबहादुर सापकोटाले दिएको विवरण र प्रहरीमा परेको निवेदनपछि प्रहरीले ग्लोबल ओरियन्सको कार्यालयमा छापा मारेको थियो। कार्यालयबाट प्रहरीले ४१ जनालाई नियन्त्रणमा लिएपछि सन्देश बेपत्ता भएको घटन

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ४९ पटक पढिएको
  • ‘दश मिनेटको बाटो, ९४ वर्षकी आमालाई बोकेर सदरमुकाम पुग्नुपर्‍यो’

    इटहरी स् हिलिहाङ गाउँपालिका–४ पञ्चमीकी ९४ वर्षीया धनमाया योङहाङ लिम्बू भूमि प्रशासन कार्यालय पाँचथरको सेवाग्राही बस्ने बेन्चमा सुतिरहेकी थिइन् ।१६ वर्षदेखि दृष्टिविहीन भएर ओछ्यानमा रहेकी धनमायाका हातखुट्टा पनि चल्न छाडेका छन् । सामान्य हिँडडुल गर्नदेखि शौचालय जानसमेत उनलाई सहारा चाहिन्छ । तर, जग्गा अंशवण्डा तथा नामसारीका लागि बायोमेट्रिक अनिवार्य भएपछि उनलाई छोरा रिकुमार योङहाङले बोकेर सदरमुकाम फिदिम ल्याएका हुन् । धनमाया बेन्चमा सुतिरहँदा आफन्तले उनलाई पटकपटक शौचालय लैजाने र ल्याउने गरिरहेका थिए । छोरा रिकुमार भने बाबुको नाममा रहेको जग्गा आमा धनमाया र आफ्नो नाममा अंशवण्डा तथा नामसारी गर्न कार

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ७१ पटक पढिएको
  • भोजपुरका गाउँघरमै देखिन थाल्यो गोमन, किन बढ्यो सर्पको जोखिमरु

    इटहरी स् भोजपुरका ग्रामीण क्षेत्रमा विषालु गोमन सर्प देखिन थालेपछि स्थानीयवासीमा त्रास बढेको छ ।पछिल्लो समय पौवादुङमा गाउँपालिका–३ मार्से र अरुण गाउँपालिका–५ याकुको होङरायोमा गोमन सर्प देखिएको स्थानीयले बताएका छन् । पौवादुङमा गाउँपालिका–३ का स्थानीय सन्तोष कोइरालाका अनुसार मार्से गाउँमा गोमन सर्प देखिएपछि स्थानीयवासी त्रसित बनेका छन् । खेतीपाती तथा घाँसदाउरा गर्न वन र खेतबारीमा जाने स्थानीयलाई सर्पको जोखिम बढेको उनले बताए ।‘विगतका वर्षमा यस्तो सर्प देखेका थिएनौँ’, उनले भने, ‘अहिले गाउँघरमै गोमन सर्प देखिन थालेपछि त्रास बढेको छ ।’ सर्पसम्बन्धी विशेषज्ञले गाउँमा देखिएको सर्प गोमन नै भएको बताएको

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ७५ पटक पढिएको
  • छथर गाउँपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि २२ लाख २४ हजार सहयोग

    इटहरी : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत, उद्धार र पुनःस्थापनाका लागि तेह्रथुमको छथर गाउँपालिकाले २२ लाख २४ हजार ३५० रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।गाउँपालिकाले प्रेस विज्ञप्तिमार्फत विपद्को कठिन घडीमा मानवीय कर्तव्य र सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको जनाएको हो। गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्नु स्थानीय सरकारको मानवीय दायित्वसमेत भएकाले गाउँपालिकाको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको बताए। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आए

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ६९ पटक पढिएको
  • संखुवासभाको मकालुमा गोली हानेर शिक्षकको हत्या

    इटहरी। संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा भरुवा बन्दुकको गोली प्रहार गरी एक शिक्षकको हत्या गरिएको छ। कालिका आधारभूत विद्यालयका ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको गएराति करिब ७ बजे गोली हानेर हत्या भएको हो।जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार शिक्षक राईमाथि खाना खाएर हात धुन बाहिर निस्किएको अवस्थामा विद्यालय नजिकैबाट गोली प्रहार भएको थियो। कालिका आधारभूत विद्यालय परिसरमै बस्दै आएका शिक्षक राई खाना खाएपछि हात धुन बाहिर निस्कँदा भरुवा बन्दुक प्रहार भएको थियो। बन्दुकको आवाजलगत्तै उनी भुइँमा ढलेका थिए। गोली उनको देब्रे कोखमा लागेको छ।घटनालगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ७२ पटक पढिएको
  • ‘छोरा-बुहारी फर्केलान्’ भन्ने आशामा ९० वर्षीय बुवा, इटहरीको घरमा अझै बजेन अम्बरकाजीको फोन

     इटहरी : जीवनभरको एउटा ठूलो सपना थियो—कैलाश मानसरोवरको दर्शन गर्ने। त्यसपछि परिवारसँग घुम्ने, रमाउने र बाँकी जीवन खुसीसाथ बिताउने योजना थियो। तर तीर्थयात्राका लागि घरबाट निस्किएका सुनसरी तरहराका ६५ वर्षीय अम्बरकाजी खड्का र ६४ वर्षीया मनकुमारी खड्काको यात्रा रसुवामा आएको भीषण बाढीपहिरोपछि कहाँ पुगेर रोकियो, परिवारलाई अझै थाहा छैन।सुनसरीको इटहरी–२० तरहरास्थित घरमा अहिले उनीहरूले छाडेर गएको मौनता छ। ढोकातिर आँखा पुग्छ, मोबाइलमा फोनको घण्टी बज्दा मुटु ढुक्क हुन खोज्छ। तर परिवारले पर्खिरहेको त्यो एउटा खबर अहिलेसम्म आएको छैन—अम्बरकाजी र मनकुमारी जीवितै छन् भन्ने खबर। जिन्दगीभर पसिना बगाएर

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ५८ पटक पढिएको
  • माटोको घारमा मौरीपालन

    इटहरी। मोरङको केराबारी–५, सतिसालेका ३३ वर्षीय राजु राईले दुई वर्षअघि माटोको घारमा स्थानीय जातको ९सेरेना० मौरीपालन सुरु गर्दा गाउँघरका कसैले पत्याएका थिएनन् । घरवरिपरिको ढुङ्गामाटो मिलाएर आफैँले पाँच घार बनाई त्यही घारमा काठको डुडबाट रानो सारेर सेरेना जातको मौरीपालन सुरु गरेका राई यतिबेला २७ घारमा मौरीपालन गरिरहनुभएको छ । सेरेनाले नस्ल सुधार गरिएको मेलिफेरा जातले भन्दा कम उत्पादन दिन्छ तर मूल्य राम्रो पाइन्छ । त्यसैले राजु यतिबेला केराबारी गाउँपालिकाका १० वटा वडामा एक घर माटोको एक घार मौरी पाल्ने अभियान चलाइरहनुभएको छ ।  बर्खायाममा मेलिफेरालाई जस्तो सातु, चिनी दिनु पर्दैन तर लामो झरी

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ५६ पटक पढिएको
  • ताप्लेजुङ गोल्डकपः सलहेस र फिदिमबिच उपाधि भिडन्त आज

    इटहरी। अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल शुक्रबार हुँदैछ । साविक विजेतासमेत रहेको सिराहाको सलहेस युवा क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लबबिच फाइनल खेल हुने भएको हो ।आयोजक लाखेजात्रा सञ्चालन समितिका अनुसार फाइनल खेल दिउँसो २ बजे हुने छ । प्रतियोगिताको फाइनलमा पुगेका सलहेस युवा क्लब र फिदिम फिदिम स्पोर्टिङ क्लबबिच उपाधि भिडन्त हुने आयोजक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । अध्यक्ष मादेनका अनुसार भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिङ्पोङलाई २–० गोलअन्तरले हराएर सलहेस युव क्लब फाइनलमा पुगेको हो । यस्तै सेमिफाइनलमा झापा ११ फुटबल क्लबलाई १–०

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ७८ पटक पढिएको
  • इटहरी चौकलाई रेड लाइट एरिया बनाउन खोजेको आरोपको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायद्वारा खण्डन

    इटहरी । इटहरी चौकलाई रेड लाईट एरिया बनाउन खोजेको भन्ने आरोप प्रति यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले खण्डन गरेका छन् । इटहरीस्थित त्रियुगा होटलमा बिहिबार यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको राजनीतिक समावेशिता, प्रतिनिधित्व, हक, अधिकार र समानताका विषयमा आयोजना गरिएको कार्यक्रममा अधिकारकर्मी एवं संविधानसभा सदस्य शुनिल बाबु पन्तले राज्य, समाजले पितृसत्तात्मक सोचका कारण एकपक्षिय ढंगले यस समुदायप्रति आरोप लगाएको बताउनुभयो । अधिकारकर्मी पन्तले पुरुषहरु ग्रहाकका रुपमा नजाने भए कोही पनि विषमलिङ्गि महिला वा पारलिङ्गि महिलाहरु सडकमा नउभिने बताउनुभयो । केही व्यक्तिहरुले गलत गरेमा कानुनी उपचारमा जान

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • ६६६ पटक पढिएको
  • बराहक्षेत्र नगरपालिका आगामी मंसीरभित्र बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाको तयारीमा, विद्यालयको भूमिका विषयक अन्तक्र्रिया सम्पन्न

    इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिकाले आगामी मंसीर २७ गतेभित्र नगरलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने लक्ष्यसहित तयारी तीव्र पारेको छ । बालबालिकाको अधिकार, संरक्षण, सहभागिता र विकासलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रमहरू प्रभावकारी रूपमा लागू गर्न नगरपालिका लागि परेको सामाजिक विकास शाखाका प्रमुख अरुणकुमार मेहताले जानकारी दिनुभएको छ। सोही सन्दर्भमा बिहीबार नगरभित्र रहेका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूको सहभागितामा वडा तथा नगरलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा र दिगोपनामा विद्यालयको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ। संघीय

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • १०९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]