समाज

    Showing ६०१-६१० of ११,०१४ items.
  • संखुवासभामा गोली हानेर शिक्षकको हत्या

    इटहरी। संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको छ ।मकालु –१ चिर्खाङ स्थित कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताए । प्रहरी नायव उपरीक्षक मैनालीका अनुसार गएराति ७ बजे शिक्षक राई माथि गोली प्रहारबाट हत्या भएको हो । गोली प्रहारबाट शिक्षक राईको देब्रे कोखमा रगत बगेको देखिएको छ । कालिका माध्यमिक विद्यालयमा बस्दै आएका शिक्षक राई गएराति खाना खाएर हात धुन बाहिर निस्किएपछि बरुवा बन्दक प्रहार भएको थियो । बन्दुकको आवाजसँगै उ

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ११७ पटक पढिएको
  • भोटेकोशी बाढीपीडितका लागि उदयपुरबाट ४१ लाख ९६ हजारभन्दा बढी सहयोग

    इटहरी। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि उदयपुरबाट ४१ लाख ९६ हजार ३८२ रुपैयाँ सहयोग जुट्ने भएको छ। जिल्लाका विभिन्न स्थानीय तह तथा निजी क्षेत्रबाट घोषणा तथा विनियोजन भएको रकम उक्त परिमाण पुगेको हो।भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि पीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उदयपुरका स्थानीय तह तथा निजी क्षेत्रले सहयोग घोषणा गरेका हुन्। उदयपुरको ताप्ली गाउँपालिकाले सबैभन्दा बढी १९ लाख ४० हजार ८२७ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। गाउँपालिकाका अध्यक्ष ढुंगराज विश्वकर्माका अनुसार पालिकाले वि

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ९५ पटक पढिएको
  • बालअधिकारका समाचारमा संवेदनशीलता र आचारसंहिता पालना गर्न पत्रकारलाई जोड

    इटहरी स् बालबालिकासँग सम्बन्धित समाचार सम्प्रेषण गर्दा उनीहरूको पहिचान, गोपनीयता, सम्मान र सर्वोत्तम हितलाई प्राथमिकता दिनुपर्नेमा पत्रकारहरूले जोड दिएका छन्। बालअधिकारका सवाललाई समाचारमार्फत उजागर गर्दा पत्रकारिता आचारसंहिताको पूर्ण पालना गर्दै थप संवेदनशील र जिम्मेवार भएर प्रस्तुत हुनुपर्नेमा सहभागीहरूले जोड दिएका हुन्।उदयपुरको गाईघाटमा सञ्चालित बाल संवेदनशीलता तथा डिजिटल रिपोर्टिङसम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिम शुक्रबार सम्पन्न भएको छ। तालिममा बालबालिकाका अधिकार तथा सवालमा पत्रकारको भूमिका, समाचार लेखनमा अपनाउनुपर्ने संवेदनशीलता र डिजिटल माध्यमबाट समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • १०० पटक पढिएको
  • बाढीपीडितका लागि बीपी प्रतिष्ठान धरानद्वारा ३७ लाख सहयोग

    इटहरी स् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाढी प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ३७ लाख दुई हजार रुपैयाँ सहयोग गरेको छ।प्रतिष्ठानमा कार्यरत पदाधिकारी, शिक्षक तथा चिकित्सक, कर्मचारी, विद्यार्थी र पेन्सनरबाट एक दिन बराबरको पारिश्रमिक, भत्ता तथा पेन्सन संकलन गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। प्रतिष्ठानका अनुसार संकलित रकममध्ये पदाधिकारी तथा शिक्षकरचिकित्सकबाट १० लाख ३४ हजार, कर्मचारीबाट १८ लाख १२ हजार, सुपर स्पेसियालिटी, स्नातकोत्तर तथा इन्टर्न विद्यार्थीबाट सात लाख १५ हजार र पेन्सनर तथा अन्यबाट एक लाख ४१ हजार रुपैयाँ रहेको छ।उक्त रकम दुई हजार

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ९५ पटक पढिएको
  • खाजा खर्चबाट बाढीपीडितलाई विद्यार्थीको सहयोग

    इटहरी। पाँचथरको फिदिम माध्यमिक विद्यालयका विद्यार्थीहरूले खाजा खर्च कटाएर भोटेकोशी बाढी प्रभावितका लागि सहयोग गरेका छन् । आफ्नो खाजा खर्च तथा व्यक्तिगत बचतबाट रकम जुटाएर सहयोग गरेका हुन् । कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले स्वेच्छिक रूपमा संकलन गरेको ५१ हजार ८ सय ४० रुपियाँ बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको विद्यायका प्रधानाध्यापक लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिनुभयो । विपद्मा परेका नागरिकको पीडामा आफ्नो तर्फबाट पनि सहयोग गर्नुपर्छ भन्ने भावनाले विद्यार्थीले रकम संकलन गरेको बाल क्लवका अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।विद्यार्थीले ‘साना हा

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ११८ पटक पढिएको
  • एक रुपैयाँ जोड्दै पहिलो पाइलाले जुटायो ३७ हजार ९ सय ९५, राहत कोषमा जम्मा

    इटहरी : भोटेकोशी बाढी प्रभावितका लागि ‘रु. १ अभियान’ सञ्चालन गरेको पहिलो पाईला नेपालले संकलित ३७ हजार ९ सय ९५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ।संस्थाले विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले विभिन्न व्यक्ति तथा शुभेच्छुकबाट प्रतिव्यक्ति सानो रकम संकलन गर्दै अभियान सञ्चालन गरेको थियो। पहिलो पाईला नेपालका अध्यक्ष कृष्णबहादुर राउतका अनुसार अभियानबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो। उनका अनुसार थोरै–थोरै सहयोग संकलन गर्दा पनि विपद्का बेला प्रभावित परिवारलाई उल्लेख्य सहयोग गर्न सकिने सन्देश दिन अभियान सञ्चालन गरिएको थियो।राउतले ‘रु. १ अभियान’लाई दैनिक एक रु

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ७२ पटक पढिएको
  • न मेहनत धेरै, न खर्च ठूलो, कमाइ लाखौँ स् इलामका किसानको रोजाइमा स्कुस खेती

    इटहरी स् इलामका किसानले नेपालको मध्यपहाडी तथा उच्च भेगमा उत्पादन हुने बहुगुणी तरकारी स्कुसबाट राम्रो आम्दानी गरिरहेका छन् । कम मेहनतमा राम्रो आम्दानी हुने भएपछि यहाँका किसान स्कुस खेतीतर्फ आकर्षित भएका हुन् ।वैशाखदेखि कात्तिकसम्म उत्पादन हुने स्कुसबाट किसानले मनग्य आम्दानी गरिरहेका छन् । यहाँका किसानले नगदेबालीका रूपमा व्यावसायिक स्कुस खेती गरिरहेको पाइएको छ । सूर्योदय नगरपालिका–८ का किसान दिनेश महतले ४० रोपनी क्षेत्रफलमा व्यावसायिक स्कुस खेती गर्दै आएका छन् । चार वर्षदेखि व्यावसायिक स्कुस खेती गर्दै आएका महतको आम्दानीको मुख्य स्रोत नै स्कुस बनेको छ । उनले विसं २०७९ मा ‘बीएन्डएम कृषि तथा पशुपा

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ७६ पटक पढिएको
  • विराटनगरमा राति व्यावसायिक सटरमा भीषण आगलागी, ६८ लाखको सामान जलेर नष्ट

    इटहरी स्  विराटनगर महानगरपालिका–३ साइबाबाचोकमा शुक्रबार बिहान व्यावसायिक सटरमा आगलागी हुँदा करिब ६८ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।मेघराज कोइरालाको घरमा भाडामा लिएर विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका सटरमा बिहान करिब २ः३० बजे आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट विद्युतीय सवारीसाधनको शोरुम, दुईवटा मोटर पार्ट्स पसल र एउटा नास्ता पसलमा ठूलो क्षति पुगेको हो। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार विराटनगर–२ का श्याम साहले सञ्चालन गरेको विद्युतीय सवारीसाधनको शोरुमका दुई सटरमा आगलागी हुँदा चारवटा विद्युतीय सिटी सफारी, एउटा विद्युतीय स्कुटर, चारवटा

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ६४ पटक पढिएको
  • सुनसरीमा ८१ विद्यार्थीलाई वित्तीय साक्षरता र सुरक्षित आवासबारे जानकारी

    इटहरी स्  सुनसरीको बर्जु गाउँपालिका–२ स्थित श्री राम–सीता माध्यमिक विद्यालयमा वित्तीय साक्षरता तथा सुरक्षित आवाससम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल र सहारा नेपालको संयुक्त सहकार्यमा सञ्चालित ‘हाउजिङ अपर्च्युनिटी एन्ड माइक्रोफाइनान्स एम्पावरमेन्ट सोलुसन्स ९होम्स० नेपाल परियोजना’ अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा विद्यालयको व्यवस्थापन तथा प्राविधिक धारमा अध्ययनरत ८१ जना विद्यार्थी सहभागी थिए। सहारा नेपाल र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालका प्रतिनिधिको समेत सहभागिता रहेको कार्यक्रममा विद्यार्थीलाई वित्तीय व्यवस्थापनदेखि डिजिटल वित्तीय स

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ४७ पटक पढिएको
  • तीजको अवसरमा इलाममा स्वास्थ्य शिविर, १२० महिलाको क्यान्सर परीक्षण

    इटहरी स्  तीजको अवसर पारेर इलाममा महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षणसहित परिवार नियोजनसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।  नेपाल परिवार नियोजन संघ इलाम शाखाको आयोजना तथा महिला उद्यमी बचत तथा ऋण सहकारी संस्था इलामको समन्वयमा इलाम उद्योग वाणिज्य संघको सभाहलमा एकदिने स्वास्थ्य शिविर आयोजना गरिएको हो।शिविरमा करिब १२० जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन्। महिलामा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक अवस्था पहिचान गर्न दृश्य परीक्षण विधिबाट परीक्षण गरिएको थियो। त्यस्तै, शिविरमा लामो अवधिका परिवार नियोजनका साधन, गर्भनिरोधक छडी, पाठेघरभित्र राखिने साधन, यौन तथा प्रजनन मार्गम

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ७३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]