इटहरी। लाखेजात्रा पर्वको अवसरमा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको टिकट बिक्रीबाट सवा ३८ लाख रुपियाँ बढी रकम सङ्कलन भएको छ । खेल हेर्ने दर्शकलाई टिकट बिक्री गरेर आयोजकले उक्त रकम सङ्कलन गरेको हो ।आयोजक लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार यसवर्ष गोल्डकपको टिकट बिक्री गरेर कुल ३८ लाख २९ हजार ९०० रुपियाँ रकम सङ्कलन भएको छ । उक्त रकम खेल हेर्न मैदान प्रवेश शुल्कको टिकट बिक्रीबाट सङ्कलन भएको कोषाध्यक्ष शेर्पाले जानकारी दिनुभयो । शेर्पाका अनुसार प्रतियोगिताको क्वार्टरफाइनलका चार खेलबाट ११ लाख ९१ हजार २०० रुपियाँ सङ्कलन भएको छ । त्यस्तै,
इटहरी स् कला सीमाना नाघेपछि त्यो केवल कलाकारको प्रस्तुति रहँदैन, देशको पहिचान बोल्ने माध्यम बन्छ। यही विश्वास बोकेर झापाको बाह्रदशी गाउँपालिकामा कार्यरत राजु गिरी दोस्रोपटक अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मञ्चमा पुगेका छन्। नृत्यलाई माध्यम बनाएर नेपाली मौलिक कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउने उनको यात्राले बाह्रदशीसँगै झापाको सांस्कृतिक पहिचानलाई समेत अन्तर्राष्ट्रिय मञ्चसँग जोडेको छ।ग्रीसको सलोनिकीमा आयोजित साताव्यापी ‘लोकसांस्कृतिक मेला तथा लोकसांस्कृतिक आदानप्रदान २०८३’ सम्पन्न भएको हो। अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेलामा ग्रीस, भारत, सर्बिया, मोन्टेनेग्रो र नेपालल
इटहरी। भोटेकोशी क्षेत्रमा भएको विपद्का कारण घाइते तथा उपचाररत बिरामीका लागि मधेस युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा ६० पाउण्डभन्दा बढी रगत सङ्कलन भएको आयोजक संस्थाका उत्तम कार्कीले जानकारी दिए । विपद्का समयमा घाइते तथा बिरामीका लागि आवश्यक रगतको अभाव हुन नदिन सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको कार्कीले बताए । कार्यक्रममा युवालगायत विभिन्न क्षेत्रका व्यक्तिले उत्साहपूर्वक रक्तदान गरेका थिए ।‘रक्तदान जीवनदान’ भन्ने भावनासहित आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गरेको थियो । कार्कीका अनुसार विपद्का बेला मानवीय सेवामा
इटहरी धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अधुरै छ । पुल निर्माण सम्पन्न नहुँदा धरान–४ र ५ का स्थानीयवासी र विद्यार्थीले बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता छ । धरान–५ का दीपक मगर भन्नुहुन्छ, “पानी पर्छ, बाढी आउँछ । स्कुल हिँडेका बिद्यार्थी बर्खामा खोला बढेपछि पानी घट्ने प्रतीक्षामा घण्टौँ खोलाको किनारमा बस्नुपर्ने अवस्था छ । बाढी नघट्दा कहिलेकाहीँ विद्यार्थी विद्यालय नै नगई घर फर्किनुपर्ने अवस्था छ ।पुल निर्माणका लागि २०७७ साउन ४ गते कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वल्र्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीबीच रु एक करोड २१ ल
इटहरी। सुनसरीको वराहक्षेत्र नगरपालिका–५ कालाबन्जरमा सञ्चालित सुनौलो प्लाइउड उद्योग प्रालिले भेनियर उत्पादनसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्दै आएको छ । उद्योगले दैनिक ८० हजारदेखि १ लाख स्क्वायर फिटसम्म भेनियर उत्पादन गर्दै आएको छ ।जितमाया श्रेष्ठ र सुरेश साहको संयुक्त लगानीमा स्थापना भएको उद्योग २०८१ माघ ७ गते दर्ता भएको थियो । प्लाइउड उद्योगका लागि आवश्यक भेनियर उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको उद्योगले २०८२ वैशाखदेखि व्यावसायिक उत्पादन सुरु गरेको उद्योगका व्यवस्थापन तथा लेखा प्रमुख दीपक राना मगरले बताए । करिब डेढ करोड रुपैयाँ लगानीमा ७२ कट्ठा जग्गा लिजमा लिएर सञ्चालनमा आएको उद्योग
इटहरी स् ‘राम्रोसँग पढ्नु है’—घरबाट टाढा हुँदा पनि ५३ वर्षीय मोहन माझीले छोरा मनिषलाई बारम्बार सम्झाउने गर्थे। परिवारसँग फोनमा कुरा गर्दा छोराको पढाइदेखि घरको अवस्थासम्म सोध्ने उनी आफ्नो काममा पनि उत्तिकै जिम्मेवार थिए।भारतीय सेनाको हवलदार पदबाट १२ वर्षअघि अवकाश लिएका मोहनका लागि अरूको सुरक्षा गर्नु जागिरको जिम्मेवारी मात्र थिएन, जीवनभर बोकेको संस्कार थियो। त्यसैले रसुवास्थित २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा ‘सेफ्टी सुपरभाइजर’का रूपमा काम गर्दा पनि उनले आफ्नो सुरक्षाभन्दा पहिले अरूको सुरक्षालाई प्राथमिकता दिए। आज त्यही बानी उनका परिवारका लागि कहिल्यै नसकिने पर्खाइ बनेको छ।
इटहरी स् धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अधुरै छ । पुल निर्माण सम्पन्न नहुँदा धरान–४ र ५ का स्थानीयवासी तथा विद्यार्थीले बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता छ ।धरान–५ का दीपक मगरका अनुसार बर्खामा पानी परेपछि लेदुवा खोलामा बाढी आउने र विद्यालय हिँडेका विद्यार्थी खोला बढेपछि पानी घट्ने प्रतीक्षामा घण्टौँसम्म किनारमा बस्नुपर्ने अवस्था छ । ‘पानी पर्छ, बाढी आउँछ । स्कुल हिँडेका विद्यार्थी बर्खामा खोला बढेपछि पानी घट्ने प्रतीक्षामा घण्टौँ खोलाको किनारमा बस्नुपर्ने अवस्था छ । बाढी नघट्दा कहिलेकाहीँ विद्यार्थी विद्यालय नै नगई घर फर्किनुपर्ने
इटहरी । विराटनगरमा शनिबार ५९औँ राधाकृष्ण रथयात्राका क्रममा प्रहरीले चोरी, पाकेटमारी तथा शंकास्पद गतिविधिमा संलग्न भएको आशंकामा एक सय १३ जनालाई नियन्त्रणमा लिएको छ । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार नियन्त्रणमा लिइएकामध्ये एक सय १२ जना पुरुष र एक जना महिला छन् । उनीहरूलाई वडा प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ । रथयात्रामा ठुलो संख्यामा श्रद्धालुको सहभागिता हुने भएकाले भिडमा हुनसक्ने चोरी, पाकेटमारी, झैझगडा तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले यसपटक सुरक्षा निगरानी बढाएको थियो । भिडको अवस्था र शंकास्पद गतिविधिको निगर
इटहरी । बर्सौँदेखि खोलाखोल्सी र कुवा पँधेरोको पानीबाट जीवन गुजारा गर्दै आएका उदयपुरको दुर्गम स्थानमा अवस्थित तीन वटा पालिकाका आमउपभोक्तालाई लक्षित गरी सञ्चालनमा ल्याइएको सुनकोशी खानेपानी आयोजनामा ढिलाइ भएको छ । उदयपुरको ताप्ली गाउँपालिका–५, कुनाहीस्थित सुनकोशी किनारामा सम्पवेल राखेर निर्माण गर्न लागिएको कोशी प्रदेशकै सबैभन्दा ठुलो खानेपानी योजनाको काममा ढिलासुस्ती भएपछि उपभोक्ता स्वच्छ खानेपानी उपभोगबाट वञ्चित हुँदै आएका छन् । खानेपानी तथा ढल व्यवस्थापन कार्यालय विराटनगरले उक्त आयोजनामा सञ्चालन गरेको हो । त्यस क्षेत्रका स्थानीयमा सुनकोशी नदीको स्वच्छ खानेपानी उपभोग गर्न पाउने समय कहिले आउ
इटहरी। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि धनकुटाबाट सहयोग जुटाउन थालिएको छ । धनकुटाका स्थानीय तह, स्थानीयवासी तथा विभिन्न संघसंस्थाले राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न थालेका हुन् ।हालसम्म धनकुटाका पाख्रीबास नगरपालिका, महालक्ष्मी नगरपालिका र साँगुरीगढी गाउँपालिकाले कार्यपालिका बैठकमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् । पाख्रीबास नगरपालिकाले ३० लाख २३ हजार ६ सय १४ रुपियाँ सहयोग गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले विपद्बाट प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको नगर प्रमुख ज्ञान
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.