समाज

    Showing ४९१-५०० of ११,००२ items.
  • मोरङमा ४० वर्षसम्म फरार हत्याका दोषी घरबाटै पक्राउ

    इटहरी । मोरङमा ४० वर्षअघि भएको हत्याका दोषी तीन जना लामो समयपछि पक्राउ परेका छन् । अदालतबाट कैद सजाय तोकिए पनि फरार रहेका बेलबारी नगरपालिका–४ का रामकुमार राई, बालकुमार राई र बाबुराम राईलाई प्रहरीले पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले विशेष सूचनाका आधारमा बुधबार राति उनीहरुलाई आफ्नै घरबाट पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए । तीनै जनाविरुद्ध चलाइएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङले २०६१ जेठ १० गते कैद सजायको फैसला गरेको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै मुद्दा सर्वोच्च अदालतस

    • प्रकाशित मितिः भदौ २६, २०८३
    • ८५ पटक पढिएको
  • विपद्मा मुस्लिम समुदायको मानवीय हात स् सुनसरीबाट ६२ लाखभन्दा बढी सहयोग

    इटहरी स् सुनकोशीलगायत क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपत्तिपछि राहत तथा उद्धार अभियानमा मुस्लिम समुदायको उल्लेखनीय सहभागिता देखिएको छ ।देशभरका मुस्लिम बस्ती, मस्जिद, मदरसा, सामाजिक संस्था, व्यापारी तथा विदेशमा रहेका नेपाली मुस्लिम संघ–संस्थाले आर्थिक सहयोगसँगै प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गरिरहेका छन् । विपद्को तेस्रो–चौथो दिनदेखि नै विभिन्न संघ–संस्था, समूह तथा व्यक्तिहरूले खाद्यान्न, लत्ताकपडा, औषधिलगायत आवश्यक सामग्री प्रभावित परिवारसम्म पुर्‍याइरहेका छन् । यसै क्रममा सुनसरी मुस्लिम समाजले जिल्लाका विभिन्न मुस्लिम बस्ती, मस्जिद, मदरसा, सामाजिक संस्था तथा व्यापारीबाट संकलि

    • प्रकाशित मितिः भदौ २६, २०८३
    • ९० पटक पढिएको
  • दुईजना पत्रकारलाई पर्यटन पत्रकारिता पुरस्कार

    इटहरी । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन हाफ म्याराथन प्रतियोगिताको अवसरमा दुईजना पत्रकार पुरस्कृत हुनुभएको छ । पत्रकारितामार्फत पर्यटन क्षेत्रमा योगदान पु¥याएकोभन्दै आयोजकले ताप्लेजुङ र पाँचथरका एक–एक जना पत्रकारलाई पुरस्कृत गरेको हो ।  पुरस्कृत हुनेमा ताप्लेजुङका अग्रज पत्रकार किशोरकुमार राई र पाँचथरका गिरीराज बाँस्कोटा रहनुभएको छ । तिम्बुङ पोखरी पर्यटन विकास समितिले पत्रकार राई र बाँस्कोटालाई जनही ३० हजार रुपियाँ नगद पुरस्कारसहित सम्मान गरेको हो । सम्मानित पत्रकार राई र बाँस्कोटालाई प्रतिनिधिसभा सदस्य क्षितिज थेबे, सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राई लगायतले नगद पुरस्कार र

    • प्रकाशित मितिः भदौ २६, २०८३
    • ५९ पटक पढिएको
  • सीमा प्रशासन कार्यालय कर्मचारीविहीन

    इटहरी । पाँचथरको सुदूर उत्तरपूर्वी उच्च भेगका नागरिकलाई घरआँगनमै प्रशासनिक सेवा दिने उद्देश्यले स्थापना भएको सीमा प्रशासन कार्यालय, च्याङथापु लामो समयदेखि कार्यालय सहयोगीको भरमा छ । पहिले सरकारले खटाएका कर्मचारी उपस्थित भएर छोटो समय काम गरे पनि पछिल्लो समय यहाँ सरकारले नै कर्मचारी पठाएको छैन । २०७६ सालदेखि यो कार्यालयबाट सम्पादन गर्नुपर्ने काम भएका छैनन् । प्रमुख जिल्ला अधिकारीले अख्तियारी दिएर सीमा प्रशासन कार्यालयबाट नागरिकता वितरणसमेत गरिन्छ ।   उपल्लो तहका कर्मचारी अभावमा कार्यालय सहयोगीले कार्यालय खोल्ने र बन्द गर्नेबाहेक अन्य सेवा दिन सकेका छैनन् । यो कार्यालय दुर्गमका नागरिकला

    • प्रकाशित मितिः भदौ २६, २०८३
    • ७० पटक पढिएको
  • हुङ्गा खोलामा पहिरो खसेर ड्याम बनेपछि नदी तटीय क्षेत्रमा सतर्कता

    इटहरी । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ र ४ नम्बर वडास्थित हुङ्गा खोलामा पहिरो खसेर खोलामा ड्याम बनेपछि नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।  शुक्रबार बिहान करिब ७ बजे गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब एक सय मिटर तल, वडा नम्बर २ तर्फ करिब ३५ मिटर अग्लो पहिरो खसेको हो ।  पहिरो खसेपछि खोलामा करिब एक सय मिटर लामो र १५ मिटर अग्लो ड्याम बनेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक नविन राज बुढाथोकीले जानकारी दिनुभयो ।हुङ्गा खोलाको पानी महाकुलुङ गाउँपालिका–२ बोदेलमा थुनिएको स्थानबाट सोताङ गाउँपालिका, थुलुङ दूधकोशी गाउँपालिका र नेचासल्यान गाउँपालिका

    • प्रकाशित मितिः भदौ २६, २०८३
    • ६४ पटक पढिएको
  • श्रीमानको हत्या गरी शव फालेको आरोपमा श्रीमती र छोरा पक्राउ

    इटहरी। पाँचथरको मिक्लाजुङ गाउँपालिकामा आफ्नै श्रीमानको हत्या गरी घटनालाई आत्महत्याको रूप दिन खोजेको आरोपमा प्रहरीले मृतककी श्रीमती र छोरालाई पक्राउ गरेको छ ।  प्रहरीका अनुसार पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–३, आहालेका इन्द्रकुमार नेपालीकी ४५ वर्षीया श्रीमती र उहाँका १६ वर्षीय छोरा हुनुहुन्छ । उहाँहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।  गत भदौ २० गते स्थानीय ४८ वर्षीय इन्द्रकुमार दमाईको घाँटीमा सल बेरिएको अवस्थामा शव फेला परेको थियो । घटनास्थलको अवस्था र शवको प्रकृति शङ्कास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।प्रारम्भिक अनुसन्धानका क्रममा दमाईलाई आफ्नै घरमा बन्चर

    • प्रकाशित मितिः भदौ २६, २०८३
    • ६१ पटक पढिएको
  • प्याब्सन सुनसरीद्वारा बाढीपीडितका लागि ४७ लाख संकलन, ५० लाख पु¥याउने लक्ष्य

    इटहरी । बाढी तथा विपद् प्रभावितको राहतका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीले हालसम्म करिब ४७ लाख रुपैयाँ संकलन गरेको छ। प्याब्सन केन्द्रीय कमिटीको देशभरिबाट १० करोड रुपैयाँ सहयोग जुटाउने निर्णय अनुसार जिल्लामा यो अभियान तीव्र पारिएको हो। सुनसरीमा ५० लाख रुपैयाँ संकलन गरी हस्तान्तरण गर्ने लक्ष्य राखिएको प्याब्सन सुनसरीका अध्यक्ष नेशनल थानेश्वर ढकालले जानकारी दिनुभयो । जिल्लाभर प्याब्सनसँग सम्बद्ध १९७ विद्यालय मध्ये हालसम्म १८० वटा विद्यालयले सहयोग रकम हस्तान्तरण गरिसकेका छन्। क्षेत्रगत रूपमा संकलित रकमको विवरण अनुसार सबैभन्दा बढी इटहरी क्षेत्रबाट १६ लाख रुपैयाँ स

    • प्रकाशित मितिः भदौ २५, २०८३
    • २०१ पटक पढिएको
  • ज्येष्ठ नागरिक समाजद्वारा पिता सम्मान कार्यक्रम सम्पन्न,२०० बढी ज्येष्ठ नागरिक पिता सम्मानित

    इटहरी । मोरङको सुन्दरहरैँचा–३ मा रहेको ज्येष्ठ नागरिक सेवा समाज नेपालले कुशे औँसीको अवसर पारेर पिता सम्मान कार्यक्रम–२०८३ सम्पन्न गरेको छ । सुन्दरहरैँचा–३ स्थित लक्ष्मीनारायण मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा दुई जना ज्येष्ठ नागरिकलाई नगदसहित विशेष सम्मान गरिएको छ भने करिब २ सय जना ज्येष्ठ नागरिकलाई गम्छा, ब्याग र फलफूलसहित सम्मान गरिएको ज्येष्ठ नागरिक सेवा समाज नेपालकी सहजकर्ता रीता दाहालले जानकारी दिनुभयो । कार्यक्रमको अध्यक्षता ज्येष्ठ नागरिक सेवा समाज नेपाल, सुन्दरहरैँचा–३ का अध्यक्ष भीमबहादुर कार्कीले गर्नुभएको थियो । कार्यक्रममा सुन्दरहरैँचा–३ का अध्यक्ष विदुर ढुंगाना प्रमुख अतिथिका रू

    • प्रकाशित मितिः भदौ २५, २०८३
    • १९२ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकाका प्रवक्ता दिवस पोख्रेलले एक वर्षको अवधिमा सामान्य क्षति भएका कार्यालय मर्मत भएर सञ्चालनमा आउनु सकाराजेनजी आन्दोलनको एक वर्ष स् पाँच जनाको सनाखत अझै बाँकी

    इटहरी  । जेनजी आन्दोलनका क्रममा गत वर्ष भदौ २३ र २४ गते कोशी प्रदेशका विभिन्न जिल्लाका ११ जना सहिद भए । नेपाल सरकारले आन्दोलनका व्रmममा मृत्यु भएकालाई सहिद घोषणा गरेको थियो । सरकारले कोशी प्रदेशका विभिन्न स्थानका ११ जना सहिद घोषणा गरेको थियो । आन्दोलनका क्रममा धरान र विराटनगरका भाटभटेनी सुपर स्टोरमा जलेको अवस्थामा भेटिएका पाँच जनाको भने अहिलेसम्म सनाखत हुन सकेको छैन ।   गृह मन्त्रालयको आधिकारिक सूची अनुसार मोरङका श्रीयम चौलागाईं, सुनसरीका अभिषेक श्रेष्ठ, मोहन सरदार र साजन राई, झापाका ज्ञानिन्द्र सेढाईं र दिनेश राजवंशी, पाँचथरका कमल भण्डारी, उदयपुरका सन्तोष विश्वकर्मा र सारकुमार

    • प्रकाशित मितिः भदौ २५, २०८३
    • ६७ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकाका प्रवक्ता दिवस पोख्रेलले एक वर्षको अवधिमा सामान्य क्षति भएका कार्यालय मर्मत भएर सञ्चालनमा आउनु सकाराजेनजी आन्दोलनको एक वर्ष स् पाँच जनाको सनाखत अझै बाँकी

    इटहरी  । जेनजी आन्दोलनका क्रममा गत वर्ष भदौ २३ र २४ गते कोशी प्रदेशका विभिन्न जिल्लाका ११ जना सहिद भए । नेपाल सरकारले आन्दोलनका व्रmममा मृत्यु भएकालाई सहिद घोषणा गरेको थियो । सरकारले कोशी प्रदेशका विभिन्न स्थानका ११ जना सहिद घोषणा गरेको थियो । आन्दोलनका क्रममा धरान र विराटनगरका भाटभटेनी सुपर स्टोरमा जलेको अवस्थामा भेटिएका पाँच जनाको भने अहिलेसम्म सनाखत हुन सकेको छैन ।   गृह मन्त्रालयको आधिकारिक सूची अनुसार मोरङका श्रीयम चौलागाईं, सुनसरीका अभिषेक श्रेष्ठ, मोहन सरदार र साजन राई, झापाका ज्ञानिन्द्र सेढाईं र दिनेश राजवंशी, पाँचथरका कमल भण्डारी, उदयपुरका सन्तोष विश्वकर्मा र सारकुमार

    • प्रकाशित मितिः भदौ २५, २०८३
    • ७१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]