इटहरी। ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनादेखि उडान ठप्प हुँदा यात्रु सेवाबाट बञ्चित भएका छन् । प्रतिकूल मौसम लगायतका कारणबाट तीन महिनायता सुकेटारमा उडान नहुँदा यात्रुहरु हवाई सेवाबाट बञ्चित भएका हुन् ।नेपाल वायु सेवा निगमका ताप्लेजुङस्थित स्टेसन इन्चार्ज नारायणकुमार कार्कीका अनुसार मौसम प्रतिकूलताकै कारण सुकेटार विमानस्थलमा हालसम्म उडान हुन नसकेको हो । यस अवधिमा प्रतिकूल मौसमसँगै कुनैबेला यात्रु नभएका कारण पनि उडान हुन नसकेको स्टेशन इन्चार्ज कार्कीको भनाइ छ । उहाँका अनुसार असारयता अधिकांस समय वर्षा भएको र वर्षासँगै बाक्लो हुस्सु र कुहिरो लागेर मौसम प्रतिकूल भई दिँदा सुकेटारमा उडान अवरुद
इटहरी । युवाहरुको सामाजिक संस्था टिम नेपोले जिल्ला कारागार कार्यालय धनकुटालाई १५० थान भन्दाबढी पुस्तक हस्तान्तरण गरेको छ। पुस्तक परियोजना मार्फत कारागारमा रहेका कैदीबन्दीहरुका लागि संस्थाले पुस्तक हस्तान्तरण गरेको हो। संस्थाका जिल्ला प्रतिनिधि दिपिका दाहालले कारागार कार्यालय धनकुटाका सुचाना अधिकारी शुभास भण्डारीलाई पुस्तक हस्तान्तरण गर्नुभएको हो। टिम नेपोले कारागार सुधार परियोजना अन्तर्गत नेपालमा रहेका विभिन्न कारागारहरुमा पुस्तकालय स्थापना गर्दै आएको र कैदीहरुको पुनस्र्थापना, पठन संस्कृतिको प्रवद्र्धन साथै कारागारलाई सुधारगृहको रुपमा स्थापित गर्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको दाहालले ब
इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिका–२ स्थित बसन्तपुर बजारमा विभिन्न व्यापारिक तथा व्यवसायिक प्रतिष्ठानको संयुक्त बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय तेह्रथुमको नेतृत्वमा लालीगुराँस नगरपालिका, स्वास्थ्य कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, इलाका प्रहरी कार्यालय बसन्तपुर, स्थानीय तहका प्रतिनिधि, उद्योग वाणिज्य संघ तथा पत्रकार सहितको टोलीले बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा मूल्यसूची, साइनबोर्ड, प्यान तथा भ्याट दर्ता, व्यवसाय दर्ता तथा नवीकरण, नापतौल प्रमाणपत्र, सामानको लेबल, खरिद तथा बिक्री बिल, खाद्य अनुज्ञापत्र लगायतका विषयमा जाँच गरिएको थियो । त्यस्तै, खाद्य सामग्रीक
इटहरी। इलाका प्रशासन कार्यालय दमकले राहदानी तथा राष्ट्रिय परिचयपत्रका लागि अनलाइन फाराम भर्न सेवाग्राहीलाई निःशुल्क सहजीकरण गर्न सुरू गरेको छ ।कार्यालयले बुधबारदेखि राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीका लागि कार्यालयबाटै निःशुल्क फाराम भरिदिने सेवा सुरू गरेको हो । यससँगै कार्यालय आसपास खुलेका विभिन्न सेवा केन्द्रमा पुगेर अनलाइन फाराम भरेबापत शुल्क तिर्नुपर्ने बाध्यता अन्त्य भएको कार्यालयले जनाएको छ । यसअघि कतिपय सेवाग्राहीले फाराम भर्नका लागि बाहिरका व्यक्तिलाई शुल्क तिर्ने गरेका थिए । एक सय रुपियाँ शुल्क लिएर फाराम भरिने गरिएको थियो । इलाका प्रशासन कार्यालयले जारी गरेको स
इटहरी स् रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएको १७ दिनसम्म पनि पार्थिव शरीर फेला नपरेपछि उदयपुरका देवेन्द्र घिमिरेको कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरिएको छ।त्रियुगा नगरपालिका–४ बगाहाका ४० वर्षीय देवेन्द्र भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीमा परी बेपत्ता भएका थिए। उनी त्रिशूली हाइड्रो प्रोजेक्टमा कार्यरत थिए। बाढी आउनुभन्दा करिब आधा घण्टाअघि मात्र परिवारसँग फोनमा कुराकानी गरेका देवेन्द्र त्यसपछि सम्पर्कविहीन भएका थिए। त्यसयता परिवारले उनको अवस्था पत्ता लाग्ने र कुनै न कुनै दिन पार्थिव शरीर घरसम्म आइपुग्ने आशामा खोजी गरिरहेको थियो। तर १७ दिनसम्म निरन्तर खोजी गर्द
इटहरी । निजी विद्यालयका संस्थापक, प्रिन्सिपल तथा लेखा प्रमुखहरूका लागि दुईदिने ‘लेखा, कम्पनी तथा सामाजिक सुरक्षा कोषसम्बन्धी तालिम कार्यक्रम’ सम्पन्न भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेशको आयोजनामा विराटनगरस्थित घिमिरे परिषद् भवनमा सम्पन्न भएको हो । निजी विद्यालय सञ्चालनका क्रममा आवश्यक पर्ने लेखा व्यवस्थापन, कम्पनीसम्बन्धी कानुनी प्रक्रिया तथा सामाजिक सुरक्षा कोषका विषयमा सहभागीलाई व्यवहारिक र समसामयिक जानकारी दिने उद्देश्यले तालिम आयोजना गरिएको हो। तालिमको उद्घाटन सत्रमा प्रमुख अतिथि सामाजिक विकास मन्त्री गीता तिम्सिनाले शैक्षिक क्षेत्रमा नि
इटहरी। सुनसरीको कोशी गाउँपालिका ३ का ७८ वर्षीय छेवीलाल उराँव घर नजिकै रहेको ऐतिहासिक इनार संरक्षणमा जुट्नुभएको छ । उराँव समुदायको जातीय संस्कार, संकृतिसंग जोडिएको पौराणिक तथा सयौं वर्ष पुरानो ऐतिहासिक इनार संरक्षणमा जुट्नुभएको हो ।टुबेल ९कल० धारा र मोटरको पानी आउन थालेपनि हराउँदै गएको इनारलाई संरक्षण गर्न उराँव समुदायका अगुवा छेवीलालले इनारकै पानी प्रयोग गर्ने, इनार वरीपरी सरसफाई गर्ने, विवाहबारीमा इनारको पानीको उपयोग गर्ने काममा लाग्नुभएको छ । उहाँले आफ्नो घर नजिकै रहेको ऐतिहासिक इनार संरक्षणमा जुट्नुको मुख्य कारण संस्कृति संरक्षण र नयाँ पुस्तालाई इतिहास देखाउनु पनि रहेको बताउनुभएको छ ।
इटहरी। धनकुटास्थित निसान मन्दिर परिसरमा रहेको एउटा विशाल घण्टी धार्मिक पर्यटक तथा आगन्तुकका लागि आकर्षणको केन्द्र बनेको छ । निसान मन्दिर पुग्ने मात्र होइन, धनकुटा आउने अधिकांश पर्यटक उक्त घण्टीमा तस्बिर खिचेर फर्कने गरेका छन् ।साना साना घण्टीलाई जोडेर बनाइएको यो ‘महाघण्टी’ मा करिब ५०० भन्दा बढी घण्टी समेटिएका छन् । यसको तौल करिब १५० किलोभन्दा बढी रहेको निसान मन्दिर व्यवस्थापन समितिका सचिव जनार्दन घिमिरेले जानकारी दिए । उनका अनुसार यस महाघण्टीमा १९३१ सालभन्दा अघिदेखिका घण्टीसमेत सङ्ग्रहित रहेका छन् ।घिमिरेले महाघण्टी निर्माणले पुराना घण्टीको संरक्षण हुनुका साथै मन्दिरको सौन्दर्य र पहिचानसमेत थप
इटहरी। जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्लामा रहेका सुरक्षा निकायहरूलाई विपद् व्यवस्थापन सामग्री वितरण गरेको छ ।प्रशासनले जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नं। ६ हेडक्वटार छिन्ताङ र श्री भीमदल गण सल्लेरी व्यारेक धनकुटालाई विपद् व्यवस्थान सामाग्री वितरण गरेको हो । धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले तीन वटै सुरक्षा निकायका प्रमुखहरूलाई विपद् व्यवस्थान सामग्री हस्तान्तरण गर्नुभएको थियो । उहाँले जिल्ला प्रहरी कार्यालयलाई रूख काटने मेसिन ९चेन–स० एक थान, फायर इस्टिनगुसर चार थान, क्लाम्बीड रोप ९डाइनामिक० दुई सय मिटर, क्याराविनर दुई थान र रिङ लाईफ बोयज दुई थान हस्तान्तर
इटहरी : भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितको राहत तथा पुनर्स्थापनाका लागि इटहरी उपमहानगरपालिका–२० तरहरामा ७ लाख ४८ हजार ९ सय ५१ रुपियाँ संकलन गरिएको छ ।नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाको संयोजन तथा इटहरी–२० को आयोजनामा विभिन्न राजनीतिक दल, सामाजिक तथा जातीय संस्था, टोल विकास संस्था, क्लब र सामाजिक व्यक्तित्वको सहयोगमा उक्त रकम संकलन गरिएको हो । शुक्रबार पत्रकार सम्मेलन गरी रेडक्रस हाँसपोसा उपशाखाका सभापति उमेश राईले संकलित रकमबारे जानकारी दिए । आफूहरूले व्यक्ति तथा संस्थाबाट प्राप्त गरेको सहयोग रकम स्पष्ट रूपमा राखिएको उनको भनाइ छ । संकलित रकम वडाध्यक्ष मणिर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.